२७ श्रावण २०७९, शुक्रबार

एमाले महाधिवेशनको बन्दसत्रमा चार देशका सात कम्युनिष्ट नेताको सम्वोधन

प्रकाशित मिति :  ११ मंसिर २०७८, शनिबार १४:२४


सौराहा । नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा सुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको हो । ‘बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताउनुभयो,’ प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता र उत्साहले अहिले विरोधीहरु अताल्लीन थालेको छन्, जनताको उत्साहले आगामी निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न सक्दैन ।’

विज्ञप्तिमा अध्यक्ष ओलीले एकता र अनुशासित पार्टीका नेता कार्यकर्ताको पङ्क्तिले पार्टी बलियो बनाउने र देश जोगाउने बताएको उल्लेख छ । ‘पार्टीमा सहमति, समझदारी र एकताले सक्षम नेतृत्व निर्माण हुने छ । मुलुकको भविष्य जोगाउनका निम्ति पार्टीलाई एकताबद्ध र संगठित बनाउने जिम्मेवारी तपाईहरुकै काँधमा छ । अध्यक्ष ओलीले बन्दसत्रमा व्यक्त गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ ।’

‘पार्टीमा सहमति, समझदारी र एकताले सक्षम नेतृत्व निर्माण हुने छ । मुलुकको भविष्य जोगाउनका निम्ति पार्टीलाई एकताबद्ध र संगठित बनाउने जिम्मेवारी तपाईहरुकै काँधमा छ । अध्यक्ष ओलीले बन्दसत्रमा व्यक्त गर्नुभयो,’

बन्दसत्रमा महाधिवेशनमा आउनुभएका विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरु तथा शुभकामना सन्देश पठाउनु हुनेहरुप्रति अध्यक्ष ओलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बन्दसत्रमा विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ । ‘बन्दसत्रमा कम्युनिष्ट पार्टी अफ बंगलादेशका मो. हसन तारिक्यू चौधरी, हसनसिन चौधरी, अब्दुल्लाह अल काफी, भारतीय कम्युनिष्ट पार्टी (माक्र्सबादी) का जोगिन्द्र शर्मा, जनता विमुक्ति पेरामुनाका विजिथा हेराथ, कम्बोडियन पिपुल्स पार्टीका स्वोस यारा, कम्यनिष्ट पार्टी अफ इण्डिया माले लिबरेशनका सन्दिप सौरभले महाधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘यसैगरी बन्दसत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चाओले पठाउनुभएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । भारतको काँग्रेस आइका अध्यक्ष सोनिया गान्धी लगायत भाइचारा तथा मित्र पार्टीले पठाएका शुभकामना सन्देश बाचन गरिएको थियो ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..