एमालेमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना बढ्यो, पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई

सौराहा । नेकपा (एमाले) को दसौँ महाधिवेशनको जारी बन्दसत्र हलले मा सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नाम प्रस्ताव गर्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । एमाले महाधिवेशनको बन्दसत्र हलमा उपमहासचिव विष्णु पौडेलले राख्नु भएको उक्त प्रस्तावलाई हलले समर्थन जनाएको हो ।
उद्घाटनसत्रपछि बसेको नवौँ महाधिवेशनपछिको अन्तिम केन्द्रीय कमिटी बैठकले सर्वसम्मत नेतृत्व चयनको प्रयासका लागि भन्दै पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई पनि हलले सम्र्वसम्म रुपमा पारित गरेको छ । अध्यक्ष पदको उम्मेदवार घोषणा गर्नुभएका उपाध्यक्ष भिम रावलले भने निर्वाचनमै जान आफू तयार रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।