२७ श्रावण २०७९, शुक्रबार

एमालेको जारी महाधिवशेन बन्दसत्र हलमा प्रतिनिधिहरुको कढा सुरक्षाकाबिच प्रवेश सुरु

प्रकाशित मिति :  १२ मंसिर २०७८, आईतवार ०५:४५



सौराहा । नकेपा एमालेको दसौँ महाधिवेशनस्थलको बन्दसत्र हलमा अहिले प्रतिनिधिहरु कढा सुरक्षाकाबिच प्रवेश गर्न सुरु गरेका छन् । नेतृत्व सर्वसम्मत नेतृत्व गर्ने बारे पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेता छलफलमा रहेकाले बन्दसत्र सञ्चालनमा केही ढिलाई भएको छ । अहिले पनि सर्वसम्मत नेतृत्व चयनबारे अध्यक्ष ओलीले छलफललाई निरन्तरता दिनुभएको छ ।

नकेपा एमालेको दसौँ महाधिवेशनस्थलको बन्दसत्र हलमा अहिले प्रतिनिधिहरु कढा सुरक्षाकाबिच प्रवेश गर्न सुरु गरेका छन्

शनिबारको बन्दसत्रको हलबाट नेतृत्व चयनका लागि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएपछि उहाँले पनि सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाउन छलफललाई घनिभूत बनाउनु भएको छ । प्राप्त जानकारी अनुसार अध्यक्षका उम्मेदवार भिम रावललाई समेत मनाएर नेतृत्व चयन गर्ने तयारीमा रहेका कारण बन्दसत्र केही ढिलाई भएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..