२७ श्रावण २०७९, शुक्रबार

बन्दसत्र साँझ ७ बजेबाट सुरु, सर्वसम्मत नेतृत्व छनोटको नजिक–नजिक एमाले

प्रकाशित मिति :  १२ मंसिर २०७८, आईतवार ११:५६



सौराहा । नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने भएको छ । नेतृत्व छनोटका लागि सर्वसम्मतको प्रयास जारी रहेकाले निर्धारित समय भन्दा बन्दसत्र निकै ढिला सुरु हुने भएको हो ।

सौराहमा जारी नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले मुलुकभरीबाट उपस्थित कार्यकर्ताको भावना अनुरुप पार्टीलाई एकताबद्ध भएको सन्देश दिन सर्वसम्मत नेतृत्व छनोटको प्रयासलाई जारी राखेको हो ।

सौराहमा जारी नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले मुलुकभरीबाट उपस्थित कार्यकर्ताको भावना अनुरुप पार्टीलाई एकताबद्ध भएको सन्देश दिन सर्वसम्मत नेतृत्व छनोटको प्रयासलाई जारी राखेको हो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सर्वसम्मत नेतृत्व छनोटका लागि विभिन्न नेतासँगको छलफललाई निरन्तरता दिनुभएको छ । एमाले युवा नेता महेश बस्नेतका अनुसार अब बन्दसत्र साँझ ७ बजेबाट सुरु हुनेछ । उक्त बन्दसत्रमा अध्यक्ष ओलीले हलबाट प्राप्त अधिकार अनुसार पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नाम प्रस्ताव गर्नुहुनेछ । बन्दसत्र ७ बजेबाट सुरु हुने माइकिङपछि महाधिवेशन प्रतिनिधिहरु खाना खान बाहिर निस्कन थालेका छन् ।

बन्दसत्र निर्धारित समय भन्दा ढिला सुरु हुने भएपछि प्रतिनिधिहरुले एक–आपसमा भेटघाट गर्ने, तस्बिर खिच्ने, भावना आदन–प्रदान गर्ने जस्ता कार्य गरेर रमाइलो गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..