केन्द्रीय कमिटीको अन्तिम नाम प्रस्ताव गर्न अध्यक्ष ओली बन्दसत्र हलमा प्रवेश, अध्यक्ष मण्डलमा छलफल हुँदै

काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छनोट गर्ने अन्तिम प्रयास स्वरुप नेकपा एमालेको बन्दसत्र अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।
विभिन्न नेताहरुसँग सामूहिक र पदका आकांक्षी नेताहरुसँग पनि पटक–पटक छलफल गरेपछि अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित तयार पारेको ३ सय १ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नामसहित अध्यक्ष मण्डलको बैठक सुरु भएको हो ।
प्रस्तावित नाम अध्यक्ष मण्डलमा रहनु भएका ईश्वर पोखरेल, भीम रावल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, युवराज ज्ञवालीलगायतसँग छलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका छ । केन्द्रीय कमिटीको अन्तिम सूचिसहितको नाम लिएर बन्दसत्र हलभित्र अध्यक्ष ओली प्रवेश गर्दा कार्यकर्ताले भब्य स्वागत गरेका थिए ।