यस्तो छ अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको र हलबाट पारित नेकपा एमालेका पदाधिकारीको सूची

सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सर्वसम्मत प्रस्ताव गर्नुभएको सूची यस्तो छ । अध्यक्ष ओलीले सर्वसम्मत रुपमा नाम प्रस्ताव गरे पनि उपाध्यक्षमा नाम प्रस्ताव गरिएका भीम रावलले अध्यक्ष र उपमहासचिवमा प्रस्ताव गर्नुभएको नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदावरी दिनुहुने तयारी गरेपछि र उहाँहरुले प्रस्ताव गरेको पद अस्वीकार गरेपछि उहाँहरुको नाम हटाएर प्रस्ताव गर्नुभएको छ । पूर्वसचिव भीम आचार्यले पनि सचिवमै उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।
पदाधिकारीको प्रस्तावित र हलबाट स्वीकृत सूची
अ
ध्यक्षः केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल
उपाध्यक्षः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ
महासचिवः शंकर पोखरेल
उपमहासचिवः प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल
सचिवः टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल
अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुको नाम पनि सर्वसम्मत् चयन गर्नुभएको छ ।