१५ मंसिर २०७९, बिहीबार

अध्यक्षमा ओली र रावलको उम्मेदवारी

प्रकाशित मिति :  १३ मंसिर २०७८, सोमबार ०४:१८



सौराहा । नेकपा एमालेको जारी दसौँ महाधिवेशनमा उम्मेदवारी दिने क्रम जारी रहेको छ । अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिनुभएको छ । ओलीको प्रस्तावक विष्णु पौडेल र समर्थक शंकर पोखरेल रहनुभएको छ । पौडेल उपाध्यक्ष र पोखरेल महासचिवको उम्मेदवार हुनुहुन्छ । त्यसैगरी उपाध्यमा विष्णु पौडेल, युवराज ज्ञवालीलगायतले पनि उमेम्दवारी दर्ता गर्नुभएको छ । सचिवमा योगेश भट्राई, भीम आचार्यलगायतले दर्ता गर्नुभएको छ ।

अहिलेसम्म उम्मेदवारी दर्ता गराउनु भएका रावल, भुसाल र आचार्य आइतबार मध्यरातमा अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा प्रस्ताव गर्नुभएको पदाधिकारी सूचिमा अटाउनु भएको छैन । निर्वाचन आयोगले अब उम्मेदवारी दर्ता प्रक्रिया सकेपछि निर्वाचनको काम थाल्ने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..