एमाले दसौँ महाधिवेशनमा मतदान जारी, मतदान लगत्तै परिणाम सार्वजनिक

चितवन । नेकपा एमालेको दसौँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्षका प्रत्यासी वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भिम रावलले मतदान गरिसक्नु भएको छ ।
त्यसैगरी अन्य पदाधिकारी र सदस्यसहित प्रतिनिधिले लाइनमा बसेर मतदान गरिरहेका छन् । सौराहास्थित होटल सेभेन स्टारमा भइरहेको मतदान सकिएसँगै केहीबेरमै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । एकजना मतदातालाई मतदान गर्न कम्तीमा १५ मिनेट लाग्ने देखिएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले पनि करीब १५ मिनेटमा मतदान गरिसक्नु भएको थियो ।