२७ श्रावण २०७९, शुक्रबार

लोकप्रिय मतसहित केपी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित, औपचारिक घोषणा हुन बाँकी

प्रकाशित मिति :  १४ मंसिर २०७८, मंगलवार १०:०४


सौराहा । नेकपा एमालेको दसौँ महाधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएको अन्तिम परिणामको जानकारी अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १८ सय ४० मतको लोकप्रिय मतसहित विजयी हुनुभएको छ ।

ओलीले १८ सय ४० ल्याउँदा अर्का उम्मेदवार भिम रावलले २ सय २३ मत ल्याउनु भयो । निर्वाचन आयोगका अनुसार औपचारिक घोषणा भने हुन बाँकी छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका केही पदमा निर्वाचन भएको थियो । निर्वाचनमा एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..