२७ श्रावण २०७९, शुक्रबार

१८ सय ३७ मतसहित अध्यक्षमा ओली विजयी, उपाध्यक्षमा अष्ट र सचिवमा गोकर्णको सबै भन्दा बढी मत (मत परिणामसहित)

प्रकाशित मिति :  १४ मंसिर २०७८, मंगलवार ११:१६



सौराहा । नेकपा एमालेको दसौँ महाधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएको अन्तिम परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १८ सय ३७ मतको लोकप्रिय मतसहित विजयी हुनुभएको छ । ओलीले १८ सय ३७ ल्याउँदा अर्का उम्मेदवार भिम रावलले २ सय २३ मत ल्याउनुभयो ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका केही पदमा निर्वाचन भएको थियो । निर्वाचनमा एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल निर्विरोध हुनुभएको छ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६ मत ल्याउँदा अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले १९२५ मत ल्याउनुभयो । सुवास नेम्बाङको १८६५ आयो भने विष्णु पौडेलले १८५६ मत ल्याउनुभयो । युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत ल्याउँदा घनश्याम भुसालले ७२५ मत ल्याउनुभयो ।

अध्यक्ष
केपी शर्मा ओली १८४० (निर्वाचित)
भीम रावल २२३
खाली मत ३३
उपाध्यक्ष
अष्टलक्ष्मी शाक्य १९७६ (निर्वाचित)
सुरेन्द्र पाण्डे  १९२५ (निर्वाचित)
सुवासचन्द्र नेम्वाङ १८६५ (निर्वाचित)
विष्णु पौडेल १८५६ (निर्वाचित)
युवराज ज्ञवाली १८४२ (निर्वाचित)
रामबहादुर थापा १७६८(निर्वाचित)
घनश्याम भूसाल ७२५
सचिव
गोकर्ण विष्ट १९७ (निर्वाचित)
योगेश भट्टराई १९६० (निर्वाचित)
पद्मा अर्याल १७९९(निर्वाचित)
छविलाल विश्वकर्मा १८०३(निर्वाचित)
लेखराज भट्ट १७०४ (निर्वाचित)
टोपबहादुर रायमाझी १८०४ (निर्वाचित)
रघुवीर महासेठ १५०० (निर्वाचित)
भीम आचार्य ७८८
टंक कार्की ५५९

बन्दसत्रको म्याण्डेट अनुसार अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको नामप्रति असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसैगरी महासचिवमा शंकर पोख्रेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत हुनुभएको छ । ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको थियो । प्रस्तावित ७ जना नै सचिव विजयी हुनुभएको छ । प्रस्तावित नाम भन्दा फरक उम्मेदवारी दिनुभएको भिम आचार्य र टंक कार्की पनि पराजित हुनुभएको छ ।

मत परिणाम अनुसार गोकर्ण विष्टले सबै भन्दा बढी १९७, योगेश भट्टराईले १९६०, पद्मा अर्यालले १७९९ ल्याउनु भएको छ । त्यसैगरी छबिलाल विश्वकर्माले पनि १८०३ मत ल्याउँदा लेखराज भट्टको १७०४ मत आएको छ । टोपबहादुर रायामाझीले १८०४ र रघुबीर महासेठले १५०० मत ल्याउनु भएको छ । प्रस्तावित नाम भन्दा फरक उम्मेदवारी दिनुभएका भीम प्रसाद आचार्यको ७ सय ८८ मत आएको छ । टंक कार्कीेले ५ सय ५५९ मत ल्याउनु भएको छ ।

चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलबार बिहान विद्युतीय मेसिनमार्फत् मतदान प्रक्रिया अघि बढाइएको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..