२ भाद्र २०७९, बिहीबार

अहंकारी नेता हुँदैन, नेता हुन अहंकार त्याग्नुपर्छः अध्यक्ष केपी शर्मा ओली

प्रकाशित मिति :  १४ मंसिर २०७८, मंगलवार १४:०७



सौराहा । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अध्ययनशील हुन र नेताले नेता जस्तो व्यवहार गर्न आग्रह गर्नुभएको छ । नवनिर्वाचित कमिटीलाई सपथ ग्रहण गराएपछि सम्वोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । ‘अहंकारी नेता हुँदैन । नेता हुन अहंकार त्याग्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामी जनताका सेवक हुँ भन्ने भाव राखेर जनता र देशको सेवामा विनम्रताका साथ सम्मान र सहिष्णुताका साथ लाग्न आग्रह गर्छु ।’

उहाँले हतियार ठिक ढंगले चलाए सुरक्षा गर्छ गलत ढंगले चलायो भने हात काट्छ भन्दै परस्पर विरोधी काम नगर्न आग्रह गर्नुभयो । उहाँले सामाजिक सद्भाव, साम्प्रदायिक सद्भाव कायम गर्ने दिशामा लाग्न आग्रह गर्नुभयो । ‘घृणाभाव त्याग्नुपर्छ, त्यो भयो भने देश समृद्ध बन्छ,’ उहाँले भन्नुभयो, ‘हामीले त्यसका लागि विविधतामा भाँजो हालेरउल्टोबाटो हिड्नु हुँदैन ।’ उहाँले अब जनतामा जाने अभियान चलाउने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..