३ माघ २०७८, सोमबार

एमाले अध्यक्ष ओलीसहित पदाधिकारबाट पदभार ग्रहण

प्रकाशित मिति :  १७ मंसिर २०७८, शुक्रबार ०८:२६



काठमाडौँ । चितवनको सौराहामा सम्पन्न दसौँ महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीले पदभार सम्हाल्नु भएको छ । उहाँहरुले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गर्नुभएको हो । पदबहालीका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष,महासचिवसहितका पदाधिकारी पनि थापाथलीस्थित केन्द्रीय कार्यालय पुग्नुभएको थियो ।

पदबहालीपछि संक्षिप्त सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले एमालेले निष्कासन गरेका व्यक्तिलाई संसद हल भित्र राखेर संसद चल्न नसक्ने जनाउँ दिनुभयो ।

‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद चल्न सक्छ ?,’ ओलीले भन्नुभयो, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं ।’ सरकारले यहि २८ गते संसदका बैठक आह्वान गरिसकेको सन्दर्भमा ओलीले यस्तो चेतावनी दिनुभएको हो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..