अब राष्ट्रिय राजनीतिको नेतृत्व एमालेले गर्छः अध्यक्ष ओली

काठमाडौँ । थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष केपी शर्मा ओलीलेसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादलले पनि आ–आफ्नै कार्यकक्षमा पदभार ग्रहण गर्नुभयो ।
त्यसैगरी महासचिव शंकर पोख्रेल र सचिवहरुले पनि आ–आफ्नै कक्षमा पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहणपछि सम्वोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिको नेतृत्व नेकपा एमालेले गर्ने बताउनुभयो । पदबहाली कार्यक्रममा केन्द्रीय सदस्यहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।