४ भाद्र २०७९, शनिबार

ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशनपछिको दोश्रो बैठक,यस्तो छ अति महत्वको १५ बूँदे कार्यसूचि

प्रकाशित मिति :  २२ मंसिर २०७८, बुधबार १४:३१


काठमाण्डौ । अभूतपूर्व रुपमा ऐतिहासिक दशौं राष्ट्रिय महाधिबेशन सम्पन्न गरेको नेकपा (एमाले) ले अब झन् सशक्त रुपमा कार्यक्रम अघि बढाउदैछ ।
चितवनमा उत्साह र उल्लासमय तरिकाले सम्पन्न महाधिबेशन लगत्तै केन्द्रीय कमिटीको अर्को ऐतिहासिक बैठक भक्तपुरस्थित जर्मन हाउस हस्पिटालिटी गट्ठाघरमा बस्दैछ ।

चितवनमा उर्लिएको जनसागरलाई धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्व काठमाण्डौ फर्किएको छ । राजधानीमा बस्ने बैठकले गर्ने निर्णय अति ऐतिहासिक हुनेछन् ।
मंसिर २५ र २६ गते हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यो बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुनेछ ।


बैठकमा जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान लगायतको कार्य सूचि हुनेछ ।
महाधिबेशन प्रचार कमिटीका सहसंयोजक सूर्य थापाका अनुसार महाधिवेशनपछिको यो दोश्रो बैठकले महाधिबेशनका कार्यदिशा कार्यन्वयन गर्न निकै ठूलो अर्थ राख्ने छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..