२० मंसिर २०७९, मंगलवार

सुरु भयो नेकपा(एमाले)को बहुप्रतिक्षित दोश्रो केन्द्रीय कमिटी बैठक

प्रकाशित मिति :  २५ मंसिर २०७८, शनिबार ०८:४५


भक्तपुर । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन पश्चातको बहुप्रतिक्षित दोश्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
भक्तपुरस्थित जर्मन होम्स गठाघरमा सुरु भएको बैठकमा विभिन्न १५ वटा एजेण्डामा छलफल र निर्णय हुँदैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा चितवनमा सपथ लिन बाँकी केन्द्रीय सदस्यहरुले सपथ लिनुभएको छ ।
बैठकले केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा अमृत कुमार बोहोरालाई चयन गरेको छ । उहाँले पनि बैठकमा सपथ लिनुभएको छ ।
त्यसअघि बैठकको अन्तिम तयारी स्वरुप बिहान ११ बजे सचिवालयको बैठक बसेको थियो ।
बैठकमा महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन, स्थायी कमिटी गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन लगायतका निर्णयहरु हुनेछन् ।
त्यस्तै बैठकमा जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान लगायतको कार्यसूचि छ ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रचार बिभागका निवर्तमान उपप्रमुख सूर्य थापाका अनुसार बैठक आईतबारसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..