महाधिवेशनको मूल नारा र लोगो

काठमाडौँ – नेकपा (एमाले) को १०औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक भएको छ ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गर्नु भएको हो ।
‘दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ ।
सार्वजनिक कार्यक्रमा एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, प्रचार बिभाग उपप्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेललगायतको उपस्थिति थियो ।