१५ मंसिर २०७९, बिहीबार

भव्यताका साथ सम्पन्न भयो केन्द्रीय कमिटीको बहुप्रतिक्षित दोश्रो बैठक, यस्ता भए थप निर्णयहरु

प्रकाशित मिति :  २६ मंसिर २०७८, आईतवार १६:५५


अध्यक्ष केपी शर्मा ओलीले सबै एक जुट भएर अघि बढ्न निर्देशन दिनुभयो । पार्टीभित्र सबै कुरा सरसल्लाह र छलफलबाट अघि बढ्ने बताउदै उहाँले जुनसुकै परिस्थितीमा पनि सहन र बहन सक्नुपर्ने बताउनुभयो ।

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको बहुप्रतिक्षित दोश्रो बैठक भव्यताका साथ सम्पन्न भएको छ ।
भक्तपुरमा दुईदिनसम्म सञ्चालन भएको बैठकले पार्टीलाई अझ शक्तिशाली बनाउने दीर्घकालीनदेखि दैनिक कार्यसञ्चालनसम्मका ऐतिहासिक निर्णयहरु गरेको छ ।
बैठकको समापन समारोहलाई विशेष सम्वोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै एक जुट भएर अघि बढ्न निर्देशन दिनुभयो । पार्टीभित्र सबै कुरा सरसल्लाह र छलफलबाट अघि बढ्ने बताउदै उहाँले जुनसुकै परिस्थितीमा पनि सहन र बहन सक्नुपर्ने बताउनुभयो ।

बैठकबाट स्थायी कमिटी सदस्य र केन्द्रीय प्रचार विभाग प्रमुखमा चयन हुनु भएका पृथ्वी सुब्वा गुरुङले बैठक ऐतिहासिक भएको बताउदै पार्टीलाई थप मिडियामैत्री बनाउने बताउनुभयो । उहाँले बिगतमा प्रचार बिभाग सम्हालेका साथीहरुको अनुभव लिएर थप प्रभावकारी काम गर्ने जानकारी गराउनुभयो ।
शनिबार सुरु भएर आइतबार सम्पन्न भएको बैठकमा पूर्व कार्यसूचि अनुसार १५ वटै एजेण्डामा छलफल र निर्णय भएर बैठक समापन भएको बैठकमा सहभागि,नवनियुक्त पोलिटब्यूरो सदस्य तथा प्रचार विभागका निवर्तमान उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकबाट स्थायी कमिटी सदस्य र केन्द्रीय प्रचार विभाग प्रमुखमा चयन हुनु भएका पृथ्वी सुब्वा गुरुङले बैठक ऐतिहासिक भएको बताउदै पार्टीलाई थप मिडियामैत्री बनाउने बताउनुभयो । उहाँले बिगतमा प्रचार बिभाग सम्हालेका साथीहरुको अनुभव लिएर थप प्रभावकारी काम गर्ने जानकारी गराउनुभयो ।


दोश्रो दिनको बैठकले गरेका पछिल्ला निर्णयहरु यस्ता छन् ।


पदाधिकारीको वरियताक्रम
अध्यक्ष
केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल
उपाध्यक्ष
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णु पौडेल
सुवास नेम्वाङ
सुरेन्द्र पाण्डे
महासचिव
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुविर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल

कार्यविभाजन
केपी ओली : समग्र पार्टी
ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
विष्णु पौडेल : पार्टी संगठन अनुगमन
सुवास नेम्वाङः ससदिय अनुगमन
सुरेन्द्र पाण्डेः राजकीय मामिला
शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग
कार्यालय सचिव : भीष्म अधिकारी
संगठन विभाग : खगराज अधिकारी

स्थायी कमिटी
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
मबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे

सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णुप्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त

भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभू साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङ्फे
हिक्मत कार्की

प्रदेश इन्चार्जहरु
प्रदेश १ – देवराज घिमिरे
प्रदेश २ -रघुवीर महासेठ
वागमती-काशिनाथ अधिकारी
गण्डकी-पद्मा अर्याल
लुम्बिनी-छबिलाल विश्वकर्मा
कर्णाली-यमलाल कँडेल
सुदूरपश्चिम-लेखराज भट्ट

बैठकका निर्णयहरुको थप आधिकारिक दस्तावेजहरुका लागि प्रतिक्षा गर्नुहोला ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..