१५ आश्विन २०७९, शनिबार

एमाले रोज्नेहरु झन् बढ्दै, अध्यक्ष ओलीद्वारा स्वागत

प्रकाशित मिति :  ३ बैशाख २०७९, शनिबार १७:१९


जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव लगायत कयाैं जनप्रतिनिधि र नेता, कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नु गर्नुभयो।

काठमाडौं । स्थानीय निर्वाचन नजिकिएसंगै नेकपा एमालेलाई रोज्ने र रुचाउनेहरुको संख्या झन् बढ्दै गएको छ ।
पछिल्लोपटक सर्लाहीमा जनप्रतिनिधिसहित ठूलो संख्यामा एमाले प्रवेश गर्नुभएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव लगायत कयाैं जनप्रतिनिधि र नेता, कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नु गर्नुभयो।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख यादवलगायत विभिन्न पार्टीबाट विजयी वडाअध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो।

एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले भन्नुभयो, ‘झन्डै पाँच हजार जना आज एमाले प्रवेश गरेका छन ।’ आमसभालाई अध्यक्ष ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
पार्टी प्रवेश कार्यक्रमा लालबन्दी नगरपालिका–११ मा माओवादीबाट विजयी वडाअध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा विजयी वडाअध्यक्ष भीखारी साहसहित कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत विभिन्न पार्टीका जिल्लास्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..