३० श्रावण २०७९, सोमबार

प्रतिनिधि नतिजा अन्तिम चरणमा

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार १३:४५


काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ६७ जिल्लाबाट प्रतिनिधि चयन भएका छन् ।
एमाले केन्द्रीय कार्यालयमा बिहीबार साँझसम्म प्राप्त अनौपचारिक विवरणअनुसार अब १० जिल्लामा मात्रै प्रतिनिधि चयन हुन बाँकी छ । कैलाली र बझाङमा प्रतिनिधि चयनमा विवाद भएर रोकिएको छ भने बाँकी जिल्लामा प्रतिनिधि चयनको कार्य भइरहेको छ ।
६७ जिल्लाबाट अहिलेसम्म १ हजार १८२ जना प्रतिनिधि छनौट भइसकेका छन् । तीमध्ये खुलाबाट ७४०, महिला ३०४, उत्पीडित १३६ र २ जना मजदुरबाट चयन भएका छन् । एमालेले पार्टीका हरेक निकायमा ३३ प्रतिशत महिला सुनिश्चित गरेसँगै प्रतिनिधि छनौटमा महिला उपस्थिति उल्लेख्य रहेको छ । एमाले संगठन विभागले प्रतिनिधिको अभिलेखीकरण गरिरहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिनिधि छनौट भएको छ भने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी र रौतहट तथा सुदूरपश्चिम प्रदेशका बाजुरा र कैलालीमा प्रतिनिधि छनौटले पूर्णता पाउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..