२१ मंसिर २०७९, बुधबार

६० प्रतिशत बढी मत ल्याएर स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्छौः उपमहासचिव गुरुङ

प्रकाशित मिति :  ४ बैशाख २०७९, आईतवार ११:०१



काठमाडौँ । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बहुमतसहितको नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्ने बताउनु भएको छ । नेकपा (एमाले) प्रचार विभागले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आजबाट सुरु गरेको फेसबुक लाईभ कार्यक्रममा कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बहुमतसहितको नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्छ,’ उपमहासचिव गुरुङले भन्नुभयो, ‘अरु राजनीतिक दलहरु सिंहदरबारमा बसेर गठबन्धनको गफ गरिरहेका छन् । हामी चुनावी प्रचार अभियानमा गाउँगाउँमा पुगेका छौँ । हिजोको भन्दा अहिलेको एमाले शक्तिशाली छ । हामी स्थानीय र प्रदेश–संघको निर्वाचनमा ६० प्रतिशत बढी मत ल्याएर स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्छौ ।’

उहाँले गुमेको भ–ूभाग फिर्ता लिन र समृद्धिको सपना छ पूरा गर्न पनि नेकपा एमालेले पाँच वर्ष सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो । ‘अहिले सत्ता गठनबन्धन मुखमा पसेको छुचुन्द्रो जस्तो भएको छ, सिंहदरबारमा बसेर कुन पद कस्ले पाउने भन्ने झगडामा छन्,’ उहाँले भन्नुभयो, ‘हामी कहाँ–कहाँ उम्मेदवार उठाउने भन्ने तयारीमा जुटेका छौँ । एमालेको यो तयारी निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल सुखी नेपालीलाई सार्थक बनाउने हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको सपना पूरा गर्नका लागि हो ।’

प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहनु भएका उहाँले एमालेसँग मुलुकभरी नै अभूतपूर्व आकर्षण बढेको पनि दाबी गर्नुभयो । ‘वामआन्दोलनप्रति निष्ठा भएका सबै पार्टीका मान्छे एमालेमा प्रवेश गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘जतिसुकै गठबन्धन गरे पनि हामी ६० प्रतिशत कटाउछौँ । हिजो विभाजित एमाले चुनावमा गएको थियो, अहिले त्यस्तो अवस्था छैन, कमाण्डर एउटै छ । त्यसले ठूलो उर्जा प्राप्त भएको छ ।’ उहाँले एकिकृत पार्टी भएका कारण अहिलेको परिस्थितिमा एमाले पहिलो भन्दा थप उचाई र उर्जाका साथ चुनावी मैदानमा जाँदै गरेको पनि उहाँले बताउनुभयो । ‘एमाले विदेशीसँग घुँडा टेक्दैनन् भन्ने सन्देश पुगेको छ,’ उहाँले भन्नुभयो, ‘जनताको आशा र भरोसाको पार्टी एमाले बनेको छ ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..