२६ श्रावण २०७९, बिहीबार

अन्तर्वार्ता पार्टी एकता सही थियो, जुनसुकै विभाजन गलत हो केपी शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार १५:३५


झन्डै तीन वर्ष बन्द भएर सुरु भएको नवयुगको यस नयाअंकमा अध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ ! पार्टीको पछिल्लो अवस्थाबाटै सुरु गरौ“ । करिब सवा तीन वर्षअगाडि यहा“कै पहल र निर्णायक नेतृत्वमा दुई पार्टी (नेकपा एमाले र माओवादी केन्द्र)बीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । उक्त पार्टी मुलुकको सबैभन्दा ठुलो र झन्डै दुई तिहाइ सामथ्र्यसहितको शक्तिका रूपमा स्थापित भयो । त्यस पार्टीबाट निकै धेरै अपेक्षाहरू पनि थिए । तर, अन्तरसङ्घर्ष र आन्तरिक द्वन्द्वका शृङ्खलामा फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलास“गै त्यो एकीकरण भङ्ग भयो । फेरि नेकपा एमालेबाट भदौ २ गते मात्रै माधव नेपाललगायत केही नेता बाहिरिनुभएको छ । यो एकदमै अस्वभाविक ढङ्गले भएको आरोहअवरोहपूर्ण यात्रालाई कसरी हेरिरहनुभएको छ ?
पहिलो कुरा त नवयुग पुनः प्रकाशन गर्न लाग्नुभएकोमा धन्यवाद भन्न चाहन्छु । अब यसले निरन्तरता पाओस् र यसले नेपाली राजनीतिको सही विश्लेषण गर्न र त्यसलाई जनतासम्म पु¥याएर अनेक प्रकारका जालझेल, षड्यन्त्र, तिकडम जो देश र जनताविरुद्ध हुने गरेका छन्, तिनीहरूबाट जनतालाई सजग, सचेत रहने स्थितिमा पु¥याउन योगदान गर्न सकोस् । मेरो शुभकामना छ । यहा“ले गरेको प्रश्न मलाई अलिकति फरक जस्तो लागिराखेको छ । पार्टी विभाजन अथवा नेकपा (एमाले) र माओवादी केन्द्रको एकीकरणलाई टुङ्ग्याएको २०७७ फागुन २३ गतेको सर्र्वोच्चको फैसलाले होइन भन्ने मलाई लाग्छ । त्यो एकतालाई असफल त नेताहरूले पहिले नै बनाइसक्नुभएको थियो । माधव नेपाल, प्रचण्डलगायत नेताहरूले असफल बनाई नै सक्नुभएको थियो । २०७५ जेठ ३ गतेको एकता र एकीकरणको त्यस कामलाई, त्यस अभियानलाई, जो महाअभियान थियो, त्यो महान् सफलता थियो, त्यस सफलतालाई टुङ्गो लगाउने, टुङ्ग्याउने र सफलताको बिन्दुमा पु¥याउने दिशातर्फ उहा“हरू कहिल्यै लाग्नुभएन । त्यो सफलताको बिन्दु हुन्थ्यो । एकताबद्ध ढङ्गले पार्टीका सबै तहका सङ्गठनहरूको एकीकरण टुङ्ग्याउनु, जनवर्गीय, पेसागत सङ्गठनहरूको एकीकरण टुङ्ग्याउनु र एकताबद्ध ढङ्गले एकताको महाधिवेशन जो भनेका थियौ“ हामीले, त्यो महाधिवेशन सम्पन्न गर्नु र त्यसलाई एउटा नया“ उचाइमा विधिसम्मत, थितियुक्त ढङ्गले पु¥याउनुपर्ने थियो । त्यस दिशामा उहा“हरूले काम नै गर्नुभएन, काम गर्न दिनु पनि भएन ।

अन्ततोगत्वा २०७७ कात्तिक २८ गते उहा“हरूले विभाजनका लागि एउटा बलियो आधार, त्यो एकीकरणको अन्त्यका लागि एउटा बलियो आधार प्रस्तुत गर्नुभयो, त्यो झुटो (१९ पृष्ठको आरोप–पत्र–सं.) आरोपपत्र लाञ्छनासहितको थियो । त्यसमा पार्टी अध्यक्षलाई अध्यक्षबाट हटाउने, प्रधानमन्त्रीलाई पहिले दलको नेताबाट हटाउने र दलको नेताबाट हटाएपछि राजीनामा गर्नुपर्छ भन्ने र राजीनामा गराउने भनिएको थियो । स्वाभाविक रूपमा दलको नेताबाट हटेपछि, पार्टीले निर्णय गर्ने र संसदीय दलले निर्णय गरिसकेपछि त प्रधानमन्त्रीबाट हट्नुपथ्र्याे । त्यो राम्रो मुखले सल्लाहस“गै हुन सक्थ्यो । त्यसको आवश्यकता थियो कि थिएन, त्यो आफ्नो ठाउ“मा छ । म संसदीय दलको नेतामा जब २०७० माघ २१ गते निर्वाचित भए“, त्यसपछि पार्टीले वैचारिक धार स्पष्टतः समात्यो र पार्टीमाथिको जेन्डर (लिङ्ग) छुट्टिएन भन्ने जुन आरोप थियो, त्यस स्थितिलाई अन्त्य ग¥यो । पार्टी निर्माणको प्रक्रिया फरक ढङ्गले जनतामा र कार्यकर्तापङ्क्तिमा एउटा आत्मविश्वास जगायो । देशमा बेग्लै सकारात्मक तरङ्ग सिर्जना भयो, आन्दोलनमा सिर्जना भयो । त्यसपछि म नवौ“ महाधिवेशनबाट २०७१ साउन १ गते अध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि त्यसयता संविधान निर्माण गर्ने कुरामा होस्, अथवा राष्ट्रियताका अनेक प्रश्नमा होस्, सरकार गठन गर्ने कुरामा होस्, यी विभिन्न कुरामा हामीले उच्चस्तरीय सफलता हासिल गर्दै गयौ“ । र, पार्टीले एउटा गौरवको स्थिति, आफ्ना कामहरूप्रति गर्व गर्न सक्ने अवस्था सिर्जना भयो । राष्ट्रियताको लडाइ“का सन्दर्भमा भन्ने हो भने हामी नाकाबन्दीविरुद्ध नझुकेर एउटा स्वाभिमानपूर्ण लडाइ“, न्यायोचित लडाइ“ लडेर एउटा नया“ इतिहास रच्दै अघि बढ्यौं । चीनतिरबाट बाटो खोल्ने, पारवहन, यातायात सम्झौता गर्नेजस्ता कुराबाट हामीले एउटा उचाइ, राष्ट्रिय आत्मविश्वाको एउटा उचाइ हासिल ग¥यौं । । स्थानीय तहहरूका निर्वाचनमा हामीले प्राप्त गरेका सफलता अथवा राष्ट्रिय निर्वाचनमा हामीले प्राप्त गरेको सफलता, त्यसपछि पार्टी एकीकरणको ऐतिहासिक अभिभारालाई सफलतापूर्वक सम्पन्न गरेको एउटा नया“ रेकर्ड र नया“ इतिहास नै हो । विकाससम्बन्धी दृष्टिकोणहरू, हाम्रा गन्तव्यहरू के हुन्, हाम्रा आकाङ्क्षाहरू के हुन्, आम जनताका आकाङ्क्षा के हुन् र हामी त्यसलाई कुन बाटोबाट कसरी हासिल गर्न सक्छौ“, हामी विकासका अनेक क्षेत्रका हाम्रा दृष्टिकोण र ती दृष्टिकोण कार्यान्वयन गर्ने हाम्रा नीतिहरू कार्यान्वयन गर्ने कार्यक्रम र ती कार्यक्रमलाई कार्यान्वयन गर्ने विभिन्न रणनीति, विभिन्न योजना, लक्ष्यहरू र उपलक्ष्यहरू विभिन्न क्षेत्रमा तय गरेर अगाडि बढ्यौ“ र सफलताका साथ अगाडि बढ्यौ“ ।

महाधिवेशनबाट आएको र यी सबै काममा पार्टीको सफल नेतृत्व गरेर लगभग दुई तिहाइको हैसियतमा पु¥याएको नेतृत्वलाई एकीकरणका लागि थालिएको अभियान बीचमै परित्याग गरेर हटाउने र पार्टीमा खलबली गर्ने, अविश्वास, आशङ्का जस्ता अनेक चिज तय गर्नुपर्ने, सिर्जना गर्नुपर्ने त्यस्तो के आवश्यकता थियो ? त्यस्तो केही आवश्यककता थिएन । तर पनि त्यही धन्दामा लागियो, पार्टीभित्र खेल्ने कुरामा लागियो, पार्टीभित्र खेलेर एकीकरणका लागि थालिएको अभियानलाई विदु्रप बनाएर, कुरूप बनाएर र त्यस अभियानलाई तोडमोड गरेर त्यसभित्र अनेक समीकरणहरू, अनेक गठबन्धनहरू खोजेर (अहिले भन्ने गर्छन् नि गठबन्धनको संस्कृति विकास गर्ने भनेर ) पार्टीभित्र गठबन्धनको संस्कृति सिर्जना गर्न खोज्ने, गुटबन्दीको संस्कृति सुरु गर्न खोज्ने, त्यसमा गर्व गर्ने । त्यो सिलसिला हु“दै आएर पार्टीभित्रको अस्तव्यस्तता बढाउने गरेको मान्छेलाई थाहा छ । कात्तिक २८ गते जब १९ पृष्ठ लामो आरोपपत्र, जो अत्यन्त भद्दा छ, झुटा छ र निराधार छ, त्योे द्वेषपूर्ण छ, त्यस्तो ल्याएर, त्यसलाई यस ढङ्गले अगाडि नबढाउ“ भन्दा त्यसलाई किञ्चित नसुनेर खासमा पार्टी त त्यही“बाट विभाजन सुरु भएको थियो । हु“दै आएर जब पार्टीका सही पक्षलाई, पार्टीका निम्ति सकारात्मक ढङ्गले सोच्ने र पार्टीलाई अगाडि बढाउने पक्षलाई पार्टीबाट निष्कासन नै गर्ने, समाप्त पार्ने र पार्टी कब्जा गर्ने गलत उद्देश्यमा गएपछि पार्टी त्यहींबाट विभाजित भयो ।

हामीलाई थाहा छ, त्यसबेला पार्टीको बैठकमा उहा“हरू आउन छाड्नुभयो । उहा“हरूले सडकबाट आफै“ कारबाहीको घोषणा गर्न थाल्नुभयो । उहा“हरूले कुन पार्टीको कुन निर्णयका आधारमा अध्यक्षलाई थाहा नै नदिईकन पार्टीबाट निष्कासन गर्नुभयो ? दलको नेतालाई थाहै नदिई दलको नेता निष्कासन गर्ने काम गर्नुभयो ? निर्वाचित अध्यक्ष र मैले अघि भनेका सबै काम गरेर आएको अध्यक्षलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्नुभयो ? वास्तवमा पार्टी त्यहीं फुटिसकेको थियो । जब नेकपा एमाले जुरुक्क उठ्यो र न्यायको पक्षमा एमालेको पृष्ठभूमि पनि नभएका साथीहरू पनि जुरुक्क देशभरिबाट उठे, वास्तविक कम्युनिस्टहरू देशभरिबाट कम्युनिस्ट आन्दोलन जोगाउन उठे । त्यसो भएको हुनाले फागुन २३ गते त, त्यो विभाजित जुन भइसकेको थियो, त्यसलाई दर्ता बेठिक छ भन्ने फैसलामात्रै भएको हो । अर्काको पार्टीका नाममा दर्ता गर्नु त उहा“हरूको पुरानो चलन हो । अहिले पनि नेकपा एमाले दर्ता गर्न माधव नेपाल हिजो भदौ २ गते पुगेको देख्दा योभन्दा अर्को मजाक राजनीतिमा के हुन्छ ?

नेपालको राजनीतिमा, विशेषगरी कम्युनिस्ट आन्दोलनमा प्रचण्ड अवसरवाद, विभाजन र उपयोगितावादको एउटा पर्याय नै बन्नुभएको छ । कुनै बेला गिरिजाप्रसाद कोइरालालाई, कुनै बेला अरू साथीहरूलार्ई उपयोग गर्दै जानुभएको उहा“को उपयोगितावाद र अवसरवादको सिकार यहा“ अघिल्लो कार्यकालमा प्रधानमन्त्री हु“दा स्वयम् हुनुभएकोे थियो । यी सबै कुराका बाबजुद यहा“ले विश्वास गरेर पार्टी एकता ेगर्नुभयो । मूलतः पार्टी एकता छलफलका आधारमा भन्दा पनि अध्यक्षको एउटा दृष्टिकोण, रणनीतिक योजना र प्रस्तावमा भएको थियो । पछि फर्किएर हेर्दा यहा“लाई के लाग्छ, प्रचण्डलाई चिन्न वा प्रचण्डस“ग भरोसा गरेर पार्टी एकता गर्न नै गलत थियो वा एकतापछि जुन ढङ्गले पार्टीलाई अगाडि लैजान सकिन्थ्यो । हाम्रो यात्राचाहि“ अलिकति पछाडि बहकियो वा एकता स्वयम्मा केही समस्याहरू थिए ?


– तपाईंको प्रश्नमा के देखिन्छ भने कही“ न कही“ यो अध्यक्षले अलिकति गल्ती गरेको छ कि क्या हो † एकता गर्दा गल्ती गरिस् कि नटिकाएर गल्ती गरिस् ? कि एकता गर्दा गल्ती गरेको हुनुपर्छ, जो टिकेन । कि टुट्यो, भइसकेको एकता टुट्यो, त्यहा“ कमजोरी गरेको हुनुपर्छ भन्ने आशय देखिन्छ । मैले प्रचण्डजीलाई नचिनेको होइन । तर, शङ्काको लाभ पनि त दिनुपर्छ । मान्छे सपि“्रदै सपि“्रदैन भन्ने कुरा पनि होइन । यस्ता थुप्रै उदाहरण छन् । अलिक गैरजिम्मेवार खालको, नशामा लत बसेको मान्छे जस्तो युवा अवस्थाका चू तेह माओ र चाओको सङ्गतमा आएपछि कहिल्यै पराजित नहुने कमान्डर भनेर चिनिए र चीनको त्यत्रो ठूलो परिवर्तन सम्भव भयो । त्यो कसलाई मन पर्छ वा पर्दैन ? पर्नेका लागि पनि परिवर्तन हो, नपर्नेका लागि पनि परिवर्तन हो । जेसुकै भए पनि परिवर्तन त ठूलो हो । त्यो परिवर्तनमा असाध्यै महŒवपूर्ण भूमिका चू तेहको रह्यो । मान्छेहरू बदलिएका यस्ता थुप्रै उदाहरण छन् । अ“गुलीमाल आफै“ बुद्धका अनुयायी भएका जस्ता धेरै दृष्टान्तहरू छन् । त्यसकारण मैले पनि मान्छे त अ“गुलीमाल जस्तैजस्तै हुन्, तर पनि सच्याउन सकिन्छ कि भनेर उहा“प्रति विश्वास गरें । मैले आफ्नो क्षमतामा विश्वास गरें कि म बदल्न सक्छु । किनभने मैले कम्युनिस्ट आन्दोलन टुक्राटुक्रा भएको त्यस्तो परिस्थितिमा, कलिलो उमेरमा यस आन्दोलनलाई सही विचारले सङ्गठित गर्न, विस्तार गर्न र एकीकृत गर्दै लान सकिन्छ र देशको प्रमुख राजनीतिक शक्ति र विजयी शक्तिका रूपमा यसलाई स्थापित गर्न सकिन्छ भनेर एउटा अभियान थालेकोे थिए“ । त्यस अभियानले यति धेरै मान्छेलाई बदल्यो कि आज मेरै जीवनकालमा मैले नै देख्दादेख्दै दुईतीनपटक म आफैै“ प्रधानमन्त्री भइसके“ । अढाइपल्ट भए“ भने पनि हुन्छ । गिन्तीमा त तीन पटक भइसक्यो † मैले आफै“ले भोगे“ । यसैबीचमा म १४ वर्षजति जेल पनि बस्न भ्याए“ । ६ वर्षजति भूमिगत पनि बस्न भ्याए“ ।

बाहिर रहेर काम पनि गर्न भ्याए“ । जब यत्रो परिवर्तन हुन्छ भने मैले आफै“लाई विश्वास नगर्नुपर्ने कारण थिएन । केही गर्न सकि“दो रहेछ÷सकिन्छ भने एकता कहिल्यै पनि गलत हु“दैन, एकता गर्नु अनुचित हु“दै हु“दैन । हामीले सिद्धान्त छाडेर एकता गरेका होइनौ“ । सिद्धान्तनिष्ठ भएर, सिद्धान्तमा अडिएर गरेका थियौं । उद्देश्य छाडेर एकता त गरिएको होइन । एकताको नाममा विचारहरूको गोलमालका साथ होइन, गलत चिजलाई मानेर होइन र सही चिजलाई छाडेर पनि एकता गरिएको होइन । गलत चिजलाई नमानेर, सही चिजलाई अ“गालेर, सही चिजमा अडिएर एकता गरिएको हो सही उद्देश्यका लागि † सही बाटोमा हि“ड्ने तय गरेर एकता गरिएको थियो । एकतालाई कसरी हेर्नेभन्दा के आधारमा एकता गरियो ? केका लागि एकता गरियो ? त्यस कोणबाट एकतालाई हेर्नुपर्छ । एकता गलत होइन, विभाजन गलत हो । पहिलेका पनि विभाजन गलत थिए, एकता सही थिए । यसपटक पनि एकता सही थियो, विभाजन गलत हो । विभाजन कसले ग¥यो ? तपाईं हामी सबै साक्षी छौ“, दुनिया“ सबैले देखेको छ । प्रधानमन्त्रीको हिसाबमा मैले गल्ती गरे“ कि ? मेरो नेतृत्वमा बनेको नेकपाको सरकारले गल्ती ग¥यो कि ? नेकपा एमालेको सरकारले गल्ती ग¥यो कि अथवा ऐतिहासिक कामहरू ग¥यो भन्दा यसले ऐतिहासिक र सकारात्मक कामहरू अत्यन्तै सफलताका साथ र तीव्र गतिका साथ सम्पादन गरेको छ । विकाससम्बन्धी एउटा अवधारणालाई अघि सारेर नेपालमा परिवर्तन ल्याएको छ र सफलता प्राप्त गरेको छ । त्यसैले, त्यो विभाजन पनि गलत हो ।

फेरि पनि विभाजन जो अहिले उहा“हरूले गर्नुभयो, यो विभाजन गलत हो । विभाजनकारी तरिकाहरू गलत छन् । एकीकरणतिर नजानु गलत हो । एकीकरणलाई बीचमै अल्मल्याउनु गलत हो । एकीकरण छाडेर १९ पृष्ठतिर दाम्लो चु“डाएर कुद्न खोज्नु गलत हो र वितण्डा खडा गर्नु, अध्यक्षलाई निष्कासन गर्नु, दलको नेतालाई सडकबाट निष्कासन, त्यो पनि विधि प्रक्रिया भन्दै गर्नु गलत हो । अराजक ढङ्गले गर्ने चल्ने कुरा गलत हो र एकता तोड्नु गलत हो । हामीले गरेका दुईवटै कुरामा अहिले मैले फर्किएर हेर्दा अरू परिस्थितिमा मिलाउन सकिन्थ्यो । एमालेभित्र सधै“ गुटबन्दी गरी खेलेका, गुटबन्दी गर्न महारत हासिल गरेका गुटबाजहरूले जहिले पनि होडल्दै आए र होडल्ने राजनीति गरे वा राजनीति होडल्नुलार्ई नै राजनीति ठान्दै आएकाहरूको फ्युजन जो हो नि, त्यो अनुचित, अपवित्र ढङ्गको फ्युजन हो । समुद्रमा विष्णु सुत्नु गलत होइन । लामो समय सुतेपछि कमल पलाउनु पनि गलत होइन । कमल पलाएपछि ब्रह्माजीको सृष्टि हुनु पनि गलत होइन । लामो समय सुतेपछि विष्णुका कानको कानेगुजीबाट मधुकैटभ निस्कनु त एकखालको प्राकृतिक नियम हो । ब्रह्मा निस्कनु हुन्छ भने मधुकैटभ पनि निस्कनु हुन्छ । विष्णुको अङ्गबाट एकै खालको मात्रै पनि निस्क“दो रहेनछन् । विष्णुको अङ्गबाट बह्माजी पनि निस्कि“दा रहेछन्, कमलको फूल पनि निस्कि“दो रहेछ र मधुकैटभ पनि निस्कि“दो रहेछ । यहा“ पनि त्यही भयो । कम्युनिस्ट आन्दोलनबाट यत्रा नेताकार्यकर्ता संसार हल्लाउने र दुनिया“को इतिहासमा यसरी चुनावमा मतपत्रको माध्यमबाट कम्युनिस्ट पार्टीले यतिबेला लगभग दुई तिहाइको स्थिति बनाउनु भनेको यो असाधारण विश्व रेकर्ड हो । त्यतापट्टि नजाऔ“ । तर, हामीले यो विश्व रेकर्ड कायम गरेका छौ“ । यस आधारमा आधा गिनिज बुक त हाम्रै विजयमा लेखिनुपथ्र्याे ।

फागनु २३ पछि यहा“ले भन्नुभएको जस्तै, जब नेकपा (माओवादी केन्द्र) अलग भयो, त्यो फ्युजन डिफ्युज भएको थियो, त्यसपछि नेकपा एमालेलाई एकताबद्ध ढङ्गले अगाडि लैजान सकिने पर्याप्त आधारहरू थिए । काफी प्रयासहरू पनि त्यस बीचमा भएको देखिन्छ । तर, हिजो भदौ २ गते मात्रै माधवकुमार नेपाल यो आन्दोलनबाट बाहिरिनुभएको छ । माधवकुमार नेपालको यो बर्हिगमनलाई चाहि“ राजनीतिक र वैचारिक दृष्टिले कसरी मूल्याङ्कन गर्न सकिन्छ ?

– पहिलो कुरा फागुन २३ गते अदालतले पार्टी फोडिदियो भनेर एउटा भयङ्कर इल्यूजन मान्छेमा पैदा भयो÷गराइयो । अदालतले पार्टी फोडेको थिएन । कति मात्रै भनेको थियो भने अदालतले अर्को नाममा पार्टी दर्ता भएका कारण, दर्ता बदर भयो । अर्को नाम लिएर फेरि दर्ता गर्न समय दिनू भन्ने आदेशअनुरुप निर्वाचन आयोगले १५ दिनको समय दिएर अर्को नाम लिई दर्ता गर्न आऊ भनेकै थियो । हामीले प्रयास ग¥यौ“ । मैले प्रयास गरे“, तर त्यसलाई अरूका तर्फ (पुष्पकमल दाहालजी)बाट पूर्ण रूपमा अस्वीकार गरियो । त्यसपछि स्पष्ट भयो कि अब पहिलेको एमाले एमाले नै हुने भयो, पहिलेको माओवादी केन्द्र माओवादी केन्द्र नै रहने भयो । यो रोजाइ पुष्पकमल दाहालजीको हो । तपाईंले त्यहा“निर एउटा फ्युजन टुटेको थियो भन्नुभयो । आगो यही“ मात्र झोसिन्छ भन्ने छैन, डोरी पर राखेर डोरीको टुप्पामा आगो लगाएपछि त्यो पछि विस्फोट हुनेगरी आगो सल्काएको हुन्छ । त्यो सल्कि“दैसल्कि“दै आउ“छ र जहा“ विस्फोटक छ, त्यहा“ आइपुग्दा पड्किन्छ । यो कुरा फागुन २३ गतेपछि तपाईंहामीले लगनगा“ठो देखेका छौ“ । पा“च दलीय गठबन्धन हिजो मात्रै भएको हो र ? कहा“ थिए पा“च दल ? बलजफ्ती पा“च दल भनेर स्थापना गर्न खोजियो नि † माधव नेपालले कुनैै दलको प्रतिनिधित्व गरिरहनुभएको थियो र ? त्यो त थिएन ।

अदालतको फैसला मान्य भयो, जेठ २ मा पु¥याइएको हो भने त म अध्यक्ष थिए“ होला । पार्टी त त्यहा“ थियो होला । त्यो पार्टीमा आउनुपथ्र्याे, उहा“हरू त पेरिसडा“डा पुग्नुभयो त † यता पार्टीतिर त उहा“हरूले सम्पर्क गर्नै मान्नुभएन । उहा“हरू अर्याल होटलतिर जानुभयो । उहा“हरू वन पैदावार संस्थाको कार्यालयतिर जानुभयो त † उहा“हरू विभिन्न ठाउ“तिर जानुभयो, दौंडिनुभयो त । यसरी विधिवत् फ्युजन हटाइएको हो । देख्दा डोरीमात्र थियो तर त्यसमा परबाट आगो सल्काइएकै थियो ।

अघिको प्रश्नमा मैले एउटा कुरा भन्न छुटेको छ, त्योे कुनै छलफल गरेर, सामूहिक निर्णय गरेर गरिएको एकीकरण थिएन, अध्यक्षले आफै“ले गरेको एकता थियो । आफै“ले गर्न किन पथ्र्याे भने, एकीकरण गरेर त टिकाउन दि“दा रहेनछन्, टिक्न दिएनन् । यो टिक्न होइन कि धेरै छलफल गरेको भए हुनै दिने थिएनन् । हुनै नदिने शक्तिहरू थिए, जुन शक्तिले त्यसलाई पछि आएर तोडेरै छाडे । कहिलेकहिले कस्तो हुन्छ भने मान्छेले म कसरी प्रयोग भइराखेको छु भन्ने कुरा बुझ्दैन । कोबाट प्रयोग भइराखेको छु भन्ने कुरा बुझ्दैन र अक्सर मान्छेले जुन कुरालाई, जुन विचारलाई आफ्नो ठान्छ नि, त्यसपछि त्यसलाई आफ््नो ठान्यो । तपाईंले यदि माक्र्सवादलाई आफ्नो दर्शन ठान्नुभयो भने यो जर्मनीको, यहुदीले बनाएको भन्ने कुरा त भन्नुहुन्न, तपाईंले धर्मको कुरा गर्नुहुन्न, राष्ट्रिय सीमाको कुरा गर्नुहुन्न, पुरानो कुरा हो भनेर समयको कुरा गर्नुहुन्न । तपाईंले बुद्धका विचारहरूलाई मान्नुभयो भने २६ सय वर्षअगाडिको पुरानो कुरा हो भन्नुहुन्न । तपाईंले बुद्ध शाक्य खानदानका हुन्, मेरो जात मिल्दैन त भन्नुहुन्न । धेरै कुरा भन्नुहुन्न नि † त्यसकारण, त्यसलाई आफ्नो बनाउनुहुन्छ र त्यो आफ््नो भयो । कुनै मान्छेको विचार मौलिक नै हुन्छ भन्न सकि“दैन । तर, जब उसले अङ्गीकार गर्छ, त्यो उसको विचार हो । यस प्रसङ्गमा उद्देश्यमूलक ढङ्गले अगाडिदेखि नै यो व्यवहार भएको थियो, मौका मात्रै नमिलेको हो । नवा“ै महाधिवेशन गर्दा, आठौ“ महाधिवेशन गर्दा नै यसका बिउ पर्याप्त रोपिएका थिए । प्रयासहरू त्यहा“देखि नै जारी थिए । वैचारिक बखेडाहरू पनि जारी थिए, अरू कुराहरू पनि जारी थिए । नवा“ै महाधिवेशनपछि पनि जारी थिए । पार्टीमा गुटबन्दी निरन्तर जारी राखिएन र ? विचारमा मतभेद छ भने ती विचारको मतभेदको अन्त्यको थलो महाधिवेशन हुनुपर्दछ । महाधिवेशनले टुङ्गो लगाएपछि मान्नुपर्दछ र त्यसपछि अर्को महाधिवेशनमा एकैपटक उठाइन्छ ।

यदि सङ्गठनात्मक समस्या छ भने महाधिवेशनले त्यसको अन्त्य गर्छ । त्यसपछि अर्को महाधिवेशनमा उठाइन्छ । महाधिवेशनको फैसला मानिन्छ । यदि आपूmलाई कसैको इगो, अहङ्कार आफ्नो मूल्याङ्कनबारे भ्रम केही छन् भने महाधिवेशनले टुङ्गो गर्छ । त्यसपछि मानिन्छ । कुनै विधानगत समस्या छ भने महाधिवेशनले अन्त्य गर्छ । वैधानिक समस्याको पनि अर्को महाधिवेशनसम्मका लागि टुङ्गो लागेको मानिन्छ । तर, यहा“ त अन्त्य हुनुपर्ने नभएर झन् नया“ ढङ्गको, नया“ सिलसिलाको सुरुवातका रूपमा त्यसलाई प्रयोग गरिन्छ । महाधिवेशनलाई गुटबन्दीको अन्त्य होइन, गुटबन्दीको एउटा राम्रो अभ्यासको थलो, गुटबन्दीलाई मजबुत बनाउ“दै लैजान सकियोस् भनेर अभ्यास गरिन्छ । त्यो कुरा त छ“दै थियो र माधव नेपालजीका विचार, व्यवहार र प्रवृत्ति तपाईंहामीले देखेकै छौ“ । उहा““ले राजनीतिक विषय र राजनीतिक मतभेद कहिल्यै उठाउनुभएको छ ? छैन । राजनीतिक विचार पनि उहा“स“ग छैन । राष्ट्रनिर्माण कसरी गर्ने, विकास कसरी गर्ने भन्ने कुनै कुरामा उहा“स“ग मतभेद छ र ? केही पनि छैन । सङ्गठन कसरी बनाउने, सङ्गठन कसरी परिचालन गर्ने, सङ्गठनात्मक संरचना के गर्ने, त्यसको परिचालनको विधि के हुने, त्यसमा कहिल्यै मतभेद छ र ? त्यस्तोमा उहा“ले मतभेद राख्नुहुन्न । उहा“स“ग त्यस सम्बन्धमा कुनै सोंच छैन, केही पनि छैन । उहा“ले जानेको जम्मा ‘म’ मात्र हो । उहा“ले जानेको, ‘म देखाइदिन्छु ।’ उहा“ले अरू साथीहरूस“ग भन्ने– समस्या खडा गर्दिनुस्, मतिर लाग्नुस्, मलाई सघाउनुस्, फलानोलाई लखेट्न लाग्नुस्, समस्या खडा गर्नुस्, उहा“को पार्टीमा उहा“निकट भनिएका मान्छेहरूलाई निर्देशन यही हो । त्यसैले यो फागुन २३ गतेपछि पैदा भएको समस्या होइन ।

२३ गते नै समाधान दिन नसकेको अगाडिको समस्या हो । त्यो प्mयुजनबाट एउटा समस्याको समाधान त २३ गतेबाटै भयो । अर्को समाधान हुन भदौ २ गते पर्खिनुपर्ने रहेछ, अर्को गडबडीको अन्त्य हुन, त्यो चाहि“ भदौ २ मा आइपुग्दा देखियो । अस्ति कति जालझेलपूर्ण ढङ्गले, कति अलोकतान्त्रिक ढङ्गले र कति षड्यन्त्रपूर्वक ढङ्गले चालु अधिवेशन सात दिनपछि हाजिर गर्ने, रिपोर्ट पेश गर्ने भन्दै, त्यो भनिसकेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य भनिन्छ । कत्रो षड्यन्त्र ! दुई दिनअगाडि एक महिनाभित्र यो गर्छ अधिवेशनले, एक महिनाभित्र यो गर्छ अधिवेशनले, यति दिनभित्र योे गर्छ अधिवेशनले, यतिवटा विधेयक पारित गर्छ यो अधिवेशनले भनेको छ । अचानक राति १२ बजे केका लागि अन्त्य हुन्छ ? भोलि १० नबज्दै अध्यादेशको सिफारिस गरिन्छ । यस्तो छली काम, संसद् छल्ने काम यो भएको होइन ? अधिवेशन अन्त्य भएको, पहिले अधिवेशन अन्त्य भएर तत्काल नगरी नहुने काम, देश र जनताका लागि परेका काम तत्काल गर्न आवश्यक भए कानुनी व्यवस्था गर्न, नया“ कानुनी व्यवस्था तर्जुमा गर्न आवश्यक भए, देश र जनताका लागि तत्काल गरिहाल्नुपर्ने आवश्यकता भए, अधिवेशन नचलेका बखत भए, नचलेका बखत त होइन नि । अधिवेशनको ढोका त ड्याम्म भा“चिनेगरी बन्द गरेको छ र भोलिपल्ट बिहान अध्यादेशको सिफारिस भएको छ । कहिले बन्यो त अध्यादेश, त्यसमा मन्त्रालयको सहमति कहिले आयो ? अरू ठाउ“का सहमति कहिले आए भन्दा यो सबै प्रपञ्च गोप्य ढङ्गले तयार गरिएको छ । षड्यन्त्रपूर्वक ढङ्गले अधिवेशनको ढोका ड्याम्म बन्द गरेर अध्यादेश जारी गरिएको छ । तपाईंहामी सबैले सुनेका छौ“, ३५ गर्ने कि ३०, २५ गर्ने कि २० ? ‘र’ गर्ने कि ‘वा’ गर्ने, स्थिति पुग्छ कि पुग्दैन, कति जना भए गनेर भन्ने, ४ बजेसम्म मान्छे गनेर कतिबेला ‘र’ हटाएको भन्दा क्याबिनेटले पास गर्दा त ‘र’ थियो, राष्ट्रपतिकहा“ पुग्दा ‘वा’ भयो । किनभने ३ बजेसम्म मान्छे गन्ती गर्दा २० प्रतिशत ‘वा’ भनेर राख्नुपर्ने खण्ड देखियो भनेपछि त्यसै गरियो । यो एमालेविरुद्धको षड्यन्त्रस्वरूप यसरी जारी भएको हो । यसको सुरुवात फागुन २३ पछाडि भएको होइन, अगाडिदेखि नै चल्दै आएको सिलसिला थियो ।

यसबीचमा अध्यक्षज्यूले माधव नेपाललाई पार्टीमा टिकाइराख्न र एकता बचाइराख्न प्रयत्न गर्नुभएको देखियो । सिंहदरबारदेखि म्यारियट होटलसम्म, विभिन्न व्यवसायीका घरहरूदेखि लिएर टेलिफोन वार्ताहरूसम्म गर्नुभयो । अनेकौ“ चरणमा कुराकानी भएको देखियो । यहा“ले कार्यदल पनि बनाउनुभयो र कार्यदलले १० बु“दे सुझाव तयार ग¥यो । त्यो ग्रहण गर्ने, अनुमोदन गर्ने र कार्यान्वयन गर्ने निर्णय पनि गर्नुभयो । र, पनि माधव नेपाल अडिनुभएन । निर्णायक कारण के देखिन्छ, माधव नेपाल यस ढङ्गले, यी सारा प्रयासका बाबजुद आन्दोलनको यो मूलप्रवाहबाट उछिट्टिएर एउटा सानो समूहको नेतामा सीमित हुनुपर्ने, के कारण रहे ? यहा“को लामो सहकार्य र पछिल्लो दिनका सघन छलफलहरूबाट निकालिएका निष्कर्षहरू के हुन् ? यसरी हेर्दा नेपालको कम्युनिष्ट आन्दोलनमा माधव नेपाल प्रवृत्तिलाई कसरी बुझ्ने ? त्यसलाई प्रवृत्तिको चित्रण गर्दा कसरी बुझ्ने ?

माधव नेपालको विचार÷व्यवहारलाई प्रवृत्तिको दर्जा दिनु बढी हुन्छ । त्यो गलत प्रवृत्ति, प्रवृत्तिको दर्जाभन्दा पनि उहा“को जम्माजम्मी आपूm मात्रै हो । खासगरी २०५० सालमा उहा“ महासचिव भएको भए पनि पार्टी प्रमुख, अर्को नेता अध्यक्ष भए पनि, कार्यकारी प्रमुख महासचिव नै हुने अभ्यास हो । वैधानिक, व्यवहारिक दुईवटै हिसाबले पावर (शक्ति) सबै एकल रुपमा महासचिवकै थियो÷हुन्थ्यो । जब उहा“मा राजनीतिक शक्ति, यो यस्तो चिज हो, यदि जीवनलाई दार्शनिक हिसाबले ठिक ढङ्गले बुझ्यो भने एक दिन मरिन्छ र मर्नुपर्छ भन्ने ठान्यो भने सायद मान्छेले यही बिर्सिन्छ । यसैगरी यसले युधिष्ठिरलाई सोधिएको थियो, सबैभन्दा आश्चार्यलाग्दो कुरा दुनिया“मा के हो ? युधिष्ठिरले त्यसै गरेर घोरिएर विचार गरेर भनेका थिए, ‘मरिरहेको पनि देखिराखेकोे छु । अगाडिका कोही नबा“चेको पनि देखिराखेको छु, आफ्नै अगाडि मरेको देखिराखेको छु र आपूm मरिन्छ भन्ने वस्तुतः थाहा छ । तर पनि मान्छेले मर्छु भन्ने कुरा हेक्कै राख्दैन, सम्झि“दैन, सायद यही सबैभन्दा ठूलो आश्चर्यको कुरा होला ।’ युधिष्ठिरले त्यति भनेपछि यक्षले त्यसलाई मानेका थिए ।

जो मान्छेमा त्यस्तो प्रवृत्ति छ, मान्छेले मर्छु भन्ने पनि सम्झि“दैन, लोकतान्त्रिक विधि, प्रक्रिया पनि सम्झि“दैन, प्रकृतिको गतिशीलतालाई पनि बुझ्दैन र एकठाउ“मा एकपटक पुगेपछि त्यसबाट ओर्लनैहु“दैन भन्ने मात्र ठान्छ र कमसकेम अनन्तसम्म म नै भइरहनुपर्छ भन्ने बुझ्छ । समस्या त्यही“बाट पैदा हुन्छ । पार्टी प्र्रमुख भइसकेपछि माधव नेपालमा एउटा भयानक कन्ट्राडिक्सन, सेल्फ कन्ट्राडिक्सन भन्छ नि भयानक आन्तरिक द्वन्द्वको स्थिति पैदा भएको देखिन्छ । उहा“मा रहेको अयोग्यता व्यवहारमा त प्रकट भयो नै । त्यसैकारण, उहा“ प्रमुख छोड्नै नसक्ने, तर परिस्थितिले उहा“ले प्रमुख भई मुख देखाएर हि“ड्ने ठाउ“ भएन । म मुख देखाएर हि“ड्न सक्दिन“, पार्टी चलाउन सकिन“, मबाट पार्टी ओरालो लाग्यो, बिग्रियो, अत्यन्त असफल भयो, त्यसकारण यस्तो अवस्थामा यो असफलताको स्थितिमा मेरो नेतृत्व ठीक भएन, मैले बोल्ने स्थिति भएन, म अब राजीनामा गर्छु भन्नुभयो । मैले थाहा पाउ“दा महाधिवेशनसम्म पर्खनुस्, महाधिवेशनबाट छोड्नुहोला नि त भनेको नमानी राजीनामा गरेर हि“ड्नुभयो, आफ्नो अयोग्यताले नै त्यसो गर्नुभयो । उहा“भित्र अन्तरविरोध त्यो रहेको हो ।

महŒवाकाङ्क्षाले शीर्षस्थानमा बाहेक अन्यत्र बस्न नसक्ने, योग्यताले उहा“लाई शीर्षस्थानमा बस्न नदिने † उहा“लाई चुनाव हारेको मान्छेलाई लगेर प्रधानमन्त्री बनाइयो । प्रधानमन्त्री भएपछि बहुमत कायम छ, सङ्क्रमणकाल छ, अत्यन्तै जटिल परिस्थिति छ, सङ्क्रमणकालीन अवस्था छ, अत्यन्तै फ्रेजाइल भन्छन् नि, त्यस्तो अत्यन्तै संवेदनशील खालको, अवस्था छ… † त्यस्तो अवस्थामा बहुमत हु“दाह“ुदै उहा“को चरम अयोग्यता देखियो । पार्टी बदनाम भयो । अयोग्य, असक्षम र कामै गर्न नसक्ने भनेर पार्टी आलोचित भयो । ‘जेन्डर’ नछुट्टिएको स्थिति भयो भन्ने कुराहरू आए । पार्टीको नीति के हो, जनताको बहुदलीय जनवाद भनेका छौ“ हामीले । जनताको बहुदलीय जनवाद कस्तो हुन्छ ? त्यो व्यवहारमा प्रकट हुनुप¥यो नि † त्यो पार्टी सञ्चालनमा कसरी प्रकट हुने, कृषिमा कसरी प्रकट हुने, उद्योगमा कसरी प्रकट हुने, परिवर्तनमा कसरी, विकासमा कसरी, सुशासनमा कसरी, केमा कसरी ? प्रकट हुनैसकेन । जनताको बहुदलीय जनवाद भनेको एउटा मन्त्र त होइन । ॐकार ब्रह्माण्डबाट, ब्रह्माण्डको धुवा“बाटै सृष्टि भयो भनेको जस्तो, जनताको बहुदलीय जनवाद त हामी भन्दैनौ“ । यो त व्यवहारस“ग सम्बन्धित हुन्छ । भन्दा जनताकोे बहुदलीय जनवाद भन्ने गरेको कार्यकर्ता पङ्क्तिले, त्यसप्रतिको निष्ठा छ तर त्योचाहि“ व्यवहारमा कतै पनि छैन जस्तो स्थिति भयो । उहा“ले सरकार सञ्चालन गर्न सक्नुभएन । संविधान निर्माणको अभिभारा छ, कतातिर उहा“ अलपत्र हुनुभयो ? त्यतापट्टि केही गर्नै सक्नुभएन र संविधान निर्माणको प्रश्नमा जतिबेला जुन प्रश्न आउ“छ, जुन राजनीतिक शक्तिहरू त्यहा“ ल्याइएका थिए, ती शक्तिहरूलाई लिएर अगाडि बढ्नुपर्दथ्यो, त्यो उहा“ले गर्न सक्नुभएन । चारैतिर असफल भएपछि संविधानसभाको म्याद सकियो । त्यतिबेला उहा“ किंकर्तव्यविमूढ हुनुभयो, संविधानसभा समाप्त होस्, त्यो पनि भन्न सक्नुहुन्न । समाप्त होस् भन्ने चाहना पनि उहा“को छ । समाप्त भएपछि के गर्ने, त्यो पनि उहा“लाई थाहा छैन । त्यस्तो खालको स्थितिमा काङ्ग्रेसले समर्थन कायम नै राखेको थियो ।

तर काङ्ग्रेसलाई थाहा नै नदिई, हामीले बहुमतको समर्थन त जुटाएकै थियौ“, हामीलाई थाहै नदिई अचानक सुटुक्क बालुवाटारमा उहा“ले प्रेस बोलाएर राजीनामा गर्नुभयो । हामीले त्यो कुरा सुनेपछि पार्र्टी कमिटीको बैठक राख्यौ“, बैठकमा बोलायौ“ । उहा“ बैठकमा आउनुभयो । ‘भित्रभित्र राजीनामा गर्दिए हुन्थ्यो भन्ने, बाहिरबाहिर नगर भन्ने, मैले सबै बुझेको छु । मैले पत्रकार बोलाइसकेको छु । अब म फर्किन सक्दिन“, रोकिन सक्दिन“ । अब मैले सरकार चलाउन सक्ने स्थिति रहेन’ भन्दै राजीनामा गर्न उहा“ त्यहा“बाट निस्किएर जानुभयो । हामीले भन्यौ“, यो रोक्नुस्, ठीक होइन । ‘जस्तो खालको जटिल परिस्थिति छ, यसको सामना गर्न सक्दिन“,’ उहा“ले भन्नुभयो र हामीले छाडिदियौ“ । उहा“ पार्टी प्रमुखबाट असफल भएर आफैंले राजीनामा गरेको मान्छे हो । सरकार प्रमुखबाट पनि असफल भएर आफैंले राजीनामा गरेको मान्छे हो । किन हरेक समयमा उहा“ त्यसरी झोला फ्या“केर जिम्मेवारीबाट भाग्नुभएको हो ? अर्को कन्ट्राडिक्सन के छ भने म त प्रमुख भएर चलाइसकेको मान्छे । एकपटक मेरो मातहतमा यिनीहरू सबै बसेर काम गरेका थिए । मेरो मातहत बसिसकेका मान्छेलाई प्रमुख मान्दै म अरूभन्दा कसरी दोस्रो वरीयता, तेस्रो वरीयता भएर बस्ने ? यसले उहा“को एक खालको अहङ्कार देखाउ“छ ।

उहा“ भन्नुहुन्छ नि, ‘म माधव नेपाल’ ‘म माधव नेपाल नेता हो’ भनेर पटकपटक भन्नुहुन्छ, उहा“मा त्यो अहं भावना छ । अरू कसैले म फलानो, म फलानो भनेर पटकपटक त्यसरी त्यो अहम् प्रकट गरेको पाईंदैन । नेपालको राजनीतिमा र मैल अन्त कतै देखेको छैन । ‘म बाराक ओबामा’– भनेको मैले सुनेको छैन । ‘म मोदी…’ भनेको मैले सुनेको छैन । ‘म सी चिन फिङ..’ भनेको सुनेको छैन । ‘म जो बाइडेन’ भनेको सुनेको छैन । तर, मैले एउटै नेता देखेको छु, ‘म माधव नेपाल भन्ने †’ उहा“को योग्यता र ‘म माधव नेपाल’, यी दुईवटा बीचको कन्ट्राडिक्सनले नै उहा“लाई खाने चिज हो । पार्टीको कोही मान्छे, जसले १५ वर्ष पार्टीको शीर्षस्थानमा बसेर नेतृत्व गरेको त थिएन, वस्तुतः उहा“ शीर्षस्थानमा बस्नुभएको थियो । नेतृत्व गरेको भए त उहा“को कार्यकालमा पार्टी अगाडि बढ्थ्यो, उग्र्रवामपन्थलाई नियन्त्रण गरिन्थ्यो, त्यो त झन् असाधारण रुपमा विस्फोटक भएर गयो । दक्षिणपन्थलाई नियन्त्रण गरिन्थ्यो, त्यो त झन् विस्फोटक भएर गयो । उहा“ले नेतृत्व गर्न त सक्नुभएन । कहिलेकहिले त्यसो गर्न सकिएन भने पनि वैचारिक ढङ्गले यहा“निर यो दृष्टिकोण हो है भनेर स्पष्टता आउ“थ्यो नि † दृष्टिकोणमा पनि त्यो स्पष्टता आएन । तसर्थ, त्यो कन्ट्राडिक्सनले उहा“मा एउटा अनौठो मनोविज्ञान, जोे सम्हालि“दैन, त्यस्तो मनोविज्ञान, जसले निकास दि“दैन, त्यस्तो मनोविज्ञान उहा“भित्र पैदा भयो । तपाईंले जहिले पनि हेर्नुभयो भने अध्यक्ष निकाले“ भनेपछि उहा“ हतारहतार दोस्रो अध्यक्ष हुनुभयो, उहा“लाई दोस्रो अध्यक्ष भइहाल्नुप¥यो । अहिले पनि यो एकताको सिलसिलामा उहा“ले दोस्रो अध्यक्ष माग्नुभयो । मैले यो स्वस्थ तरिका होइन, यो तरिका उचित होइन, यसरी जानुहु“दैन भनेर सम्झाउन खोजे“ ।

विधि, प्रक्रिया आदि सङ्गठनात्मक कुराहरू सम्झाउन खोजे“ । केही भनेर नभएपछि मैले ल त्यही भए पनि हुन्छसम्म भनें । त्यसपछि उहा“लाई के लाग्यो भने दोस्रो अध्यक्ष भएर म कसरी बस्ने ? मेरो त दोस्रो हैसियत, फेरि ‘म माधव नेपाल †’ फलानाको मातहतमा बस्दिन“ भन्न थाल्नुभयो †’ फेरि सुरु भयो त्यस्तो कुरा । यो आन्तरिक कन्ट्राडिक्सन जटिल रूपमा उहा“भित्र विद्यमान छ । त्यसैले अहिले जति साथीहरू देखिएका छन्, उहा“स“ग रह“दैनन् । धेरै साथीले त साथ फिर्ता लिइसके । जतिले फिर्ता लिऊन्, चारपा“चजना त जसले पनि पाउला नि † ती चारपा“च जना मान्छे लिएर भए पनि उहा“ भदौ २ गते अध्यक्ष हुनुभएको छ नि । कसैले छानेको त होइन नि । उहा“ले आफ्नो नाम आफ्नै हातले शीर्षस्थानमा अध्यक्ष भनेर लेख्नुभयो नि † सन्तोषको कुरा त्यो छ ।

यति ह“ुदाहु“दै पनि विभाजनले आन्दोलनलाई केही न केही क्षति त पु¥याउला नै । यो क्षतिबाट आन्दोलनलाई जोगाउन यसको सङ्गठनात्मक मनोविज्ञान र राजनीतिक प्रभाव न्यून गर्न पार्टी अब कसरी प्रस्तुत हुनुपर्छ ? यससम्बन्धी यहा“को योजना र पार्टीपङ्क्तिप्रति यहा“को अपिल के छ ?

राजनीतिमा गणित महŒवपूर्ण हुन्छ, सङ्ख्या महŒवपूर्ण हुन्छ नै । तर, राजनीतिमा सधै“ सयमा दुई घटाउ“दा ९८ वा कहिलेकहिले ८० मा २ घटाउ“दा ७८ हु“दैन † राजनीतिमा ८० मा २ घटायो भने ८८ पनि हुन्छ भनिन्छ । कहिलेकहिले असाधारण विकृति पार्टीभित्र पैदा भयो भने त्यस्तो विकृतिको अवस्था हट्नु वा हटाइनुलाई शुद्धीकरण भनिन्छ । यो पार्टीभित्रै रहेर वैचारिक परिवर्तनद्वारा हुने शुद्धीकरण हुन्छ । अर्को शुद्धीकरण व्यक्तिलाई हटाएर हुन्छ । त्यस्तो व्यक्ति हटेपछि पार्टीमा रहेको गुटगत क्रियाकलाप, गतिलाई अवरोध गर्ने अब्स्ट्याकल्स (अप्ठ्यारा) हरू हट्छन् । त्यसपछि आन्दोलनले गति लिन्छ । वैचारिक स्पस्टता, वैचारिक धार, त्यस धारमा त्यो गतिका साथ अगाडि बढ्छ । त्यसो गर्दा अरूको विश्वासमा अब यो पार्टी गतिसाथ अगाडि बढ्छ, विचारमा अगाडि बढ्छ, अनुशासित ढङ्गले अगाडि बढ्छ भन्ने भएपछि अरूको आकर्षण बढ्छ र अरू धेरै समाहित हुन्छन् । अहिले स्थिति के थियो ? माधव नेपाल यो पार्टीमा रहन्छन् भने अब हामी रह“दैनौ“ भनेर हजारौं कार्यकर्ताले सदस्यता नवीकरण नगरी बसेका होइनन् ? स्थिति त त्यो हो नि † प्रश्न दुईचार नेताको गन्ती कि हजारौं कार्यकर्ताको गन्ती ? तिनीहरूको पनि योगदान छ, तिनीहरूको पनि भावना छ, तिनीहरूको पनि तर्क छ, तिनको पनि कुरा छन् नि त † यसो भएर सच्चिएको भए, उहा“ सच्चिएर रहनु आन्दोलनको हितमा हुन्थ्यो । गुटबन्दी छाडेर उहा“ रहनु आन्दोलनको हितमा हुन्थ्यो ।

गुटबन्दी नगरेर सही विचार अ“गालेर, गलत प्रवृत्ति परित्याग गरेर, राम्रो उद्देश्यका लागि समर्पित भएर उहा“ पार्टीमा रहनु हितकर हुन्थ्यो । पार्टीभित्र बसेर उही“ पुरानै समस्या पैदा गरिरहनु अथवा जे गरिरहनुभएको थियो, जस्तोकि, अहिले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मुख्य खलनायक उहा“ होइन र ? सङ्ख्या पुग्दैपुग्दैन भन्दा कम्तीमा म २१ जना दिन्छु किन तयार नहुने भन्ने उहा“ होइन र ? पुष्पकमल दाहाल ‘प्रचण्ड’लार्ई उचालेर एकीकरण भा“ड्ने, कस्तो नायकत्व भन्ने त्यसलाई, त्यस्तो नायकत्व उहा“ले लिएको होइन र ? त्यसपछि राष्ट्रपतिकहा“ १४९ जना लिएर जाने त्यस कामको कस्तो नायकत्व हो, उहा“ले गरेको होइन र ? त्यो उहा“कै नेतृत्वमा भएको होइन र ? सर्वोच्च अदालतमा १४६ जना उहा“को कोशिस र सामेली बिना त पुग्दैनथ्यो होला ? उहा“कै २३ जना ले पु¥याएको होइन र त्यहा“ पनि ? मैले विश्वासको मत माग्दा २८ जना बाहिर लिएर गई संसद्को भविष्य खतरामा पार्ने, बबन्डर खडा गर्ने, आफ्नो सरकार रहन नदिने र ढालेरै छाड्ने उहा“ले गरेको होइन ? किन त्यस्तो गरेको भन्दा कम्युनिस्ट सरकार हु“दा प्रतिगमन हुन्छ † अपवित्र गठबन्धनवाला, स्वार्थको गठबन्धनवाला, दक्षिणपन्थी सरकार बनाउ“दा क्रान्तिकारी हुन्छ भन्ने व्याख्या गरेर जाने मान्छे उहा“ होइन

र ? यी कामहरू जारी राख्दै उहा“ पार्टीभित्र बस्ने हो भने त पार्टी अघि बढ्न सम्भव थिएन । यसबीचमा उहा“ले के गर्नुभयो भने, फुट्नका लागि मान्छे तानेको तान्यै, त्यही होइन र उहा“ले अहिले गरेको व्यवसाय ? अहिले उहा“ले गरिरहेको उद्योग के थियो हिजोसम्म भने अहिले पनि त्यही छ । के उद्योेग गरिरहनुभएको छ भने एमाले कसरी सिध्याउन सकिन्छ र एमालेका मान्छे कसरी बिगार्न सकिन्छ ? कसरी तिनलाई भ्रमित गर्न सकिन्छ ? कसरी तिनलाई कुबाटोमा हि“डाउन सकिन्छ, त्यही चेष्टा गरेको होइन र ? त्यही चेष्टा गरिरहने हो भने हामीले जतिसुकै माया गरे पनि ‘१०८ आइ लभ यु’ जपे पनि हुन्थ्यो के ? पार्टी राम्रैस“ग अगाडि बढ्थ्यो ? त्यसकारण सच्चिएर यहा“ बस्नु क्षय हु“दैनथ्यो, झन् शक्तिवद्र्धक हुन्थ्यो । नसच्चीकन यहा“ बसिरहनु शक्तिलाई क्षय गर्ने कुरा, पार्टीलाई गतिहीन बनाउने कुरा, दिशाहीन बनाउने कुरा, यसैमा अल्झाउने र काम गर्न नदिने कुरा हुन्थ्यो । त्यस्तो अवस्थामा यो प्रवृत्ति अन्ततोगत्वा साथै रहने त लक्षणै थिएन । त्यसो भएपछि यो प्र्रवृत्ति एउटा निष्कर्षमा पुग्नु स्वाभाविकै थियो, आवश्यक पनि थियो । त्यसो भएर कार्यकर्ताहरू भन्दै थिए नि, ‘यो ल्याङल्याङ कति ?’ लेफ्ट जगत्मा आजकल ल्याङल्याङ भन्ने पदावली खुब चलेको छ । यो ल्याङल्याङ कति ? ल्याङल्याङको अन्त्य हुनैपर्दथ्यो । कि सकारात्मक ढङ्गले अन्त्य हुनुपर्दथ्यो कि यसैगरी । कि जेठ ३ गतेको तरिकाले ल्याङल्याङ अन्त्य गरिनुपर्दथ्यो कि भदौ २ गतेको तरिकाले अन्त्य हुनैपर्दथ्यो, तर ल्याङल्याङको अन्त्य हुनैपर्दथ्यो । माधव नेपालले भदौ २ गते छानेको बाटो हामीले हि“ड्ने बाटो होइन नि

अब के त्यसमा मुण्डन गरेर बस्ने ? आन्दोलन एउटा गतिको नाम हो । पार्टी एउटा गतिको नाम हो, यो अगाडि बढ्छ । तसर्थ, तपाईंले अलि गणितीय कुरा सोध्नुभयो । विषय गणितीय मात्रै होइन । गणित महŒवपूर्ण त हो नै, तर कस्तो गणित ? रथलाई आधा यता तान्ने, आधा उता तान्ने हो भने मच्छिन्द्रनाथ त त्यही“का त्यही“ हुन्छन् । आधाले यता तान्ने, आधाले उता तान्ने मच्छिन्द्रनाथको आशीर्वादले मात्र मेरो समयमा त्यहा“ पुग्नुपर्छ भनेर त हु“दैन नि † तान्ने कस्तो छ ? हामीले पनि देशको रथ तान्दा मच्छिन्द्रनाथको रथ देशको विकासको रथ तान्दा एकमना भएर अगाडि लग्यौ“ भने न विकासको गन्तव्यमा पुग्ला, समृृद्ध नेपाल, सुखी नेपालीमा पुग्ला । त्यो सोच्नै नसक्ने, पछाडिपट्टि तान्ने सङ्ख्या अलिकति भयो भने त्यसले गति धीमा गर्छ, जति बढी भयो, त्यसले बढी धीमा गर्छ । आधाआधा नै भयो भने त चल्दैन । तसर्थ, नचल्नु, गतिहीन हुनु त्यस्तो सङ्ख्या हो, जसले प्रतिगामी अर्थ राख्छ । त्यसले प्रतिगमन गर्दैन र ? यो बीचमा ‘श्री माधव नेपाल’, ‘म माधव नेपाल’ले नेकपा एमालेको ‘वरिष्ठ नेता’ भन्दै काम के गर्नुभयो त भन्दा नेकपा एमालेलाई सिध्याउने, दक्षिणपन्थी, उद्देश्यहीन, विचारहीन स्वार्थहरूको गठबन्धनलाई सरकार जिम्मा लगाउने, त्यही काम उहा“ले गर्नुभएन ? त्यो गणितले के फाइदा ग¥यो त पार्टीलाई ? सरकारबाट प्रतिपक्षमा झा¥यो । विभिन्न प्रदेशमा सरकार बन्न दिएन । विभिन्न प्रदेशका सरकार गिरायो । फाइदा त्यही भयो होइन र ? तसर्थः सबै ग्रह शुभशुभ हुन्छन् भन्ने होइन, कोहीकोही ग्रह टाढै भएको बेस भन्ने पनि हुन्छ नि †

अलिकति फरक सन्दर्भमा जाऔ“ । २०७४ सालमा यहा“ले सरकारको जिम्मा लिइरह“दा त्यसको सुरुवाती कालमा मुलुक झन्डै प्रतिपक्षविहीनजस्तो देखिन्थ्यो । यहा“लाई यो पनि एउटा ऐतिहासिक अवसर प्राप्त भयो, एउटा सौभाग्य नै भनौं कि, नीति तथा कार्यक्रममा प्रतिपक्षले समेत विरोध नगरीकन सर्वसम्मत ढङ्गले पास हुने, निर्विरोध ढङ्गले पास हुने स्थिति बन्यो । तर तीन वर्षपछि फर्किएर आउ“दाखेरि, घटनाक्रमहरू विकसित हु“दै जा“दा अहिले राष्ट्रिय राजनीतिमा नेकपा एमालेविरुद्ध चौतर्फी रूपमा एक खालको घेराबन्दी÷मोर्चाबन्दी भएको देखिन्छ र मान्छेहरूको मनमा कतै नेकपा एमाले एक्लि“दै गरेको र नेकपा एमालेलाई एक्ल्याउ“दै गरेको हो कि भन्ने चिन्ता पनि प्रकट भएको छ । यो मोर्चाबन्दीको अन्तर्य के हो ? यसलाई तोड््न सकि“दैनथ्यो ? यसमा हाम्रा केही कौशलहरूमा, हाम्रा अप्रोचहरूमा, मुख्य प्रतिद्वन्द्वीका विरुद्ध अन्य सहायक शक्तिहरूलाई साथ लिएर गोलबन्द गर्ने कुरामा चाहि“ ध्यान नपुगेको वा कही“ कमी रहेको जस्तो लाग्दैन यहा“लाई ?

तपाईंले मीर कासिम, मिसर जाफर घरभित्र पालेपछि शत्रुतिर मात्रै ध्यान दिएर के हुन्छ र ? शत्रुकोमा पहिल्यै सूचना पुगेको हुन्छ । मीर जाफरले भ्याइदिइसकेको हुन्छ । मीर कासिमले भ्याइदिइसकेको हुन्छ । विभीषण घरमा भएपछि मृत्यु कहा“निर छ भनेर विरोधीले मृत्यु १० ठाउ“मा खोज्नैपरेन नि † पहरामा छ कि, रूखको टुप्पामा छ कि, खोलाको गहिराइभित्र छ कि, तालभित्र लुकाएको छ कि, कहा“ छ भन्ने कुरा विभीषण घरमै भएपछि थाहा भइहाल्छ । त्यसकारण, तपाईं पहिले के कुरामा स्पष्ट हुनुपर्छ भने आफू कस्तो स्थितिमा हुनुहुन्छ । भन्न मिल्दैन, भन्नु पनि हु“दैन । तर, यथार्थ के हो भन्दा अहिले नेकपा एमालेलाई कमजोर पार्ने खेलको नायकत्व कसले लिएको छ ? यो नायकत्व शेरबहादुर देउवाजीले लिनुभएको छ र ? यो नायकत्व प्रचण्डले पनि लिनुभएको हो र ? सरकारमा श्री माधव नेपालजी हुनुहुन्न । तर, उहा“का मान्छेको नियुक्ति त आजै सुरु भयो नि † वाग्मती प्रदेशमा प्रदेश प्रमुखको नियुक्तिबाट त सुरु भयो नि † भीष्मलाई वाण चलाउने शिखण्डीले पनि चलायो होला तर शिखण्डीका वाणले के गर्दथ्यो र ? भीष्मको छाला पनि छेड्दैनथ्यो । भीष्मले भन्थे, ‘शिखण्डीले चलाएको देखिन्छ, तर यो चाहि“ पछाडिबाट अर्जुनले चलाएको वाण हो । जो अत्यन्त पीडादायक छ, जसले छाती छेड्छ, जसले जहा“ मर्म हो, त्यही हानेको छ ।’ त्यसकारण शिखण्डी को को थिए, कुन शिखण्डीलाई प्रमुख शत्रु बनाएर लड्नुपर्दथ्यो, शिखण्डी प्रमुख शत्रु हो कि अर्जुन ? शिखण्डी अगाडि नभएको भए त अर्जुन अगाडि परेर वाण नै हान्ने आ“ट गर्दैनथे होला । शिखण्डीलाई उसले बाण फर्काउ“दैन भनेपछि पछाडिपछाडि अर्जुन हुन्थे र वाण चलाउ“थे । शिखण्डी प्रमुख होइन भन्नेहरूले भने अगाडि उभिएको उही छ ।

उही नउभिएको भए त भीष्मले दिइहाल्थे अर्जुनलाई ड्यामड्याम् † त्यसकारण, अब प्रमुख शत्रु को हो ? बडो गोलमाल भयो नि † एमालेका विरुद्धको नायकत्व लिने कमरेड माधव नेपाल † कस्तूरी कुण्डल बसे मृग… कस्तुरी चाहि“ नाइटोमै छ तर मृग कहा“ छ भनेर खोज्छ भनेजस्तै, सर्प तपाईंको घरमा छ, काल कहा“ छ भनेर खोजेर तपाईं बाहिर हि“ड्नुहुन्छ † काल तपाईंलेहरू कसैले देख्नुभएको छ कतै ? काल छ कतै भनेर ? विषधर सर्प तपाईंले घरमा पाल्नुभएको छ भने यस्तो परिस्थितिमा यहा“निर चाहि“ सामान्य र सोझो वर्ग विश्लेषणले काम गर्दैन । सामान्य र सोझो राजनीतिक विश्लेषणले काम गर्दैन । तसर्थ, पहिलो कुराले घरभित्र सर्प छ भने तपाईं सुत्न नपाएको त धेरै भइसक्यो † किनभने घरमा सर्प छ नि † सुत्न नपाएपछि र निदाउन नपाएपछि तपाईंले विरोधीस“ग कसरी लड्नुहुन्छ ? तपाईंले अर्कोस“ग वादविवाद कसरी गर्नुहुन्छ ? तपाईं लडाइ“मा कसरी जानुहुन्छ ? आफै“स“ग तपाईंले बौलाहा कुकुर राख्नुभएको छ, प्वाकप्वाक गरेर टोकिरहन्छ । त्यस स्थितिमा अगाडि के लडाइ“ गर्नुहुन्छ ? यस्तो स्थितिचाहि“ बडो जटिल हुन्छ । सामान्य, सोझो विश्लेषण र सोझो तर्कले काम दि“दैन । यो जटिल अवस्था हो । तपाईंले एउटा गम्भीर ढङ्गले गम्भीर प्रश्न गर्नुभएको छ, यस्ता प्रश्नहरूको जवाफ लिडरसिपले भिन्न हिसाबले दिनुपर्छ । एउटा तर्क तथा तथ्यका हिसाबले, अर्को व्यावहारिक सफलता वा असफलताबाट यसको जवाफ आउ“छ । यदि तपाईंले भनेको २०७४ सालको लगभग प्रतिपक्षविहीन स्थिति, अरुले गरिदिएको कमाइमाथि, अरू कसैले निर्माण गरेर, त्यो विरासत अहिलेको लिडरसिपलाई सुम्पिएको र अहिलेको लिडरसिपले त्यसलाई नधानेको वा गुमाएको भए विश्लेषणको पाटो एउटा हुन्थ्यो । त्यो परिस्थिति पनि यही लिडरसिपले, यही नेतृत्वपङ्क्ति र यही टिमले नै निर्माण गरेको हो । अहिलेको स्थिति पनि, यही टिम हु“दाहु“दै, किन यसको असफलताबाट, यसले कामबाट सफलता प्राप्त गरेन ? यसको आलोचनाका पछाडि तथ्यसत्यहरू के छन् ? के १९ पृष्ठ लामो आरोपपत्रमा कुनै तथ्ययुक्त कुराहरू वा पार्टीलाई स्वच्छ बनाऔ“, आन्दोलनलाई स्वच्छ बनाऔ“ भन्ने कुनैै पवित्र भावनाहरू त्यसभित्र थिए र ? सम्पूर्ण अस्वस्थ, अनुचित, अवाञ्छित र अत्यन्तै गलत नियत र मनशायका साथ, गलत उद्देश्यका साथ आएका आरोपहरू मात्र थिए । तपाईंले भनेको कुरा ठीक हो ।

त्यसले के देखाउ“छ भने हाम्रो विजययात्रा चुनौतीहीन छैन र अकण्टक छैन, निष्कण्टक पनि छैन । यो यात्रा कण्टक नै कन्टकले भरिएको छ । तसर्थ, जब हाम्रो तागत देखिन्छ, फेरि उनीहरू एकपटक उठेर हमला गर्छन् । पाण्डवहरू बहादुर थिए, कौरवहरू पनि बहादुर थिए । बहादुर भए पनि उनीहरूले चारैतिरका आफ्नाआफ्ना सेना किन ल्याए ? हामीले धेरैतिरका सेना बोलाएनौ“ होला । अरूले धेरैतिरका सेना ल्याएका होलान् । तर प्रश्न के हो भने त्यति भएर पनि के भयो त ? अहिलेको परिवर्तनमा तपाईंले कुन हदसम्मको धक्काको महसुस गर्नुहुन्छ ? कुन हदसम्मकोे धक्का ? अहिले पनि नेकपा एमाले देशको प्रमुख राजनीतिक पार्टी हो । हामी फुटाइएका छौ“ अथवा हामीबाट केही सानो शक्ति गएको छ । त्यसलाई पार्टी फुटेकै भन्न त मिल्दैन । फुटाउन सक्ने भए त अस्ति नै फुटाइसक्थे । यो त अनेक बनावटी, कृत्रिम, षड्यन्त्रपूर्वक, जालझेलपूर्ण, कपटपूर्ण, कहिले परमादेशीय, कहिले अध्यादेशीय, यिनै बाटोबाट हामीमाथि प्रहार गरिएको होइन ? परमादेशीय बाटोबाट, अध्यादेशीय बाटोबाट, २० प्रतिशत त्यही पनि ‘वा’ सहितको २० प्रतिशत † यो हामीमाथिको हमला कति योजनाबद्ध, कति षड्यन्त्रपूर्वक छ ? यो आकस्मिक होइन । कति षड्यन्त्रपूर्वक, कति योजनाबद्ध छ ?

छिल्ला केही महिनादेखि राष्ट्रिय राजनीतिमा र विशेषगरी पार्टीहरूका आन्तरिक विवादहरूमा अदालत असाध्यै नराम्रोस“ग गिजोलिन र मुछिन आइपुगेको छ । यो प्रवृत्तिका दूरगामी असरहरू के देख्नुहुन्छ ? पार्टीहरूको हातबाट पार्टीभित्रकोे विवाद समाधान गर्ने पहल गुमेर अदालतको कोर्टमा पुग्यो । सरकार बन्ने वा गिराउने पहल अथवा त्यो अधिकार जनताको हातबाट खोसिएर अदालतको इजालसमा पुग्नु, मुलुकको भर्खर स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि यो कस्तो सङ्केत हो ?

– यो प्रश्नमा जानुभन्दा म अघिल्लै प्रश्नका बारेमा थप केही भन्न चाहन्छु । म भन्दै थिए“, अहिले हामीले खाएको धक्का के हो ? अहिले मौजुदा भनेको २०७४ को निर्वाचनको, चार वर्षअगाडिको निर्वाचनको परिणामको जोडघटाउ, खेल तमासाको कुरा मात्रै भइरहेको हो । यो जनमतको परिवर्तन होइन, जनभावनाको परिवर्तन होइन र जनादेशको परिवर्तन होइन । यो चार वर्षअगाडिको जनमतको, अमेरिकी प्रेसिडेन्सियल इलेक्सनको हिसाबले भन्ने हो भने अहिले त देश इलेक्सनको दौडमा हुन्थ्यो, त्यहा“ पुग्दाखेरि उतिबेलाकै जनादेशको हेड काउन्टिङमा यताबाट त्यता सार्ने, त्यताबाट यता सार्ने खेल हु“दैनथ्यो । अहिलेको परिवर्तन त्यति मात्रै हो । होला १ सय २१ मा दुईचार संख्या घटेको होला । १४ जना त हामीले निष्कासन ग¥यौ“ । १ सय २१ मा १४ निष्कासन गरेपछि स्वाभाविक रूपमा १ सय ७ मा झ¥यो । यस्तो नोक्सान केही भयो होला । तर, त्यो सङ्ख्या राख्दाचाहि“ के भयो त भन्दा भोट मागेका बेला बाहिर निस्किन्छ, भोट दि“दैन † अर्कालाई भोट दिन एमालेको सरकार ढाल्नुपर्छ भन्दै राष्ट्रपतिकहा“ कुदेर जान्छ । अदालतमा मुद्दामा जान्छ सोझै फलानोलाई प्रधानमन्त्री बनाइपाऊ“, एमालेको सरकार गिराइपाऊ“ भनेर भन्छ । त्यो सङ्ख्या रह“दा के फाइदा भयो ? त्यो सङ्ख्या रह“दा पनि फाइदा भएन ।

असाध्यै अनुशासनहीन, अराजक र पार्टीविरोधी, आन्दोलनविरोधी र देशको विकासको जुन अभियान सुरु भएको छ, त्यसलाई स्थगित गर्ने मनशायका साथ त्यो बडो योजनाबद्ध ढङ्गले विपक्षी शक्तिहरूस“ग मिलेर अगाडि बढेको देखियो । अहिले त्यसले पारेको असर के हो त भन्दा २०७४ को जनमतको गणितीय खेल मात्रै हो । अब हामी कुन स्थितिमा छौ“ भन्दा अझै पनि सांसदको सङ्ख्याको हिसाबले सयभन्दा माथिको स्थितिमा छौ“ । हामीभन्दा निकटको पार्टीको ६० को आसपास होला । अरूभन्दा डेढी त कमसेकम हामी छ“दैछौ“ । डेढको माथि त हामी यसै पनि छ“दैछौ“ नि † प्रदेशहरूमा के छ ? एकाध ठाउ“मा हाम्रो सरकार बन्न नदिइएको होला । सुदूरपश्चिममा ५२ मध्ये २५ त हामीस“गै छ भने सबै मिलाउ“दा २७ अरूस“ग होला । तर, त्यो २७ अर्कोतिर पनि छैन, त्यहा“ हाम्रैले हामीलार्ई सरकार बन्न नदिएर अर्काको सरकार बनाइदिएका हुन् । त्यो सङ्ख्या भएर हामीलाई के फाइदा भयो ? हुन्छ भने अब हेरौ“ला, अब होला । कर्णालीमा ४० मा २० हामीस“गै हो । हाम्रा विरुद्ध, फ्लोरक्रस गरेर अरूलाई साथ दिएका चार जनाको सभासद् पद गयो । तर, ५० प्रतिशत स्टे«न्थ हाम्रो हो नि † प्रदेश १ मा हामी एक्लै बहुमतमा छौ“ । हामी वाग्मती प्रदेशमा यसै बहुमतमा छौ“ ।

गण्डकीमा होला ६० मा २८÷२९ छौ“ । त्यहा“ एक वा दुईले पुग्दैन होला । त्यसमा कतिपय छुरा वामपन्थी भन्नेहरू अब ती काठका छेस्का जस्ता भए, छुरा भएनन् । गण्डकीमा कस्तो स्तरको किनबेच भयो ? कसरी मान्छेलाई राजीनामा गराइयो ? कसरी मान्छेलाई राजनीतिबाट स्खलित गराइयो ? त्यो प्रजातान्त्रिक अभ्यास हो र ? त्यो प्रजातान्त्रिक अभ्यास होइन । अत्यन्तै अनुचित र हानिकारक अभ्यास हो । स्थानीय तहमा हाम्रो स्थिति के छ त ? हामी कमजोर भएका हौ“ र ? त्यस्तो केही होइन । कार्यकर्ता पङ्क्तिमा के छ त ? के पार्टीको नीतिप्रतिको विश्वास घटेको हो ? पार्टीको भविष्यप्रतिको विश्वास घटेको हो ? पार्टीको क्षमताप्रतिको विश्वास घटेको हो ? जनतामा के प्रभाव छ ? एमालेचाहि“ काम नलाग्ने पार्टी, अरूचाहि“ गतिला पार्टी भन्ने जनतामा त्यस्तो परेको छ र ? देश बनाउने अरूका कुन नीति छन् त ? अरुको प्रिजेन्टेबल व्यवहार के छ ? त्यसकारण, हामीले यो पनि ठान्नुहुन्न कि हामीलाई गम्भीर धक्का भयो । राजनीतिमा यस्तो कहिलेकहिले हुन्छ । कहिलेकहिले केही समयका लागि यस्तो हुन्छ । तर, अन्ततोगत्वा हामी फेरि पनि अतुलनीय ढङ्गले प्रमुख राजनीतिक शक्ति हौ“, प्रमुख राजनीतिक पार्टी हौ“ । देशको वैचारिक नेता हौ“, साङ्गठनिक नेता हौ“, आन्दोलनका नेता हौ“ र विकासका नेता हौ“ । तसर्थ, अहिले सङ्गठनात्मक हिसाबले पनि हाम्रो हैसियत दोस्रो बनेको छैन । अतुलनीय हिसाबले हामी प्र्रथम छौ“ । वैचारिक हिसाबले अरूस“ग विचार नै छैन । त्यसो भएर हामीले एकदमै ठूलो धक्का खायौ“ भनेर आत्तिनुपर्ने खालको स्थिति होइन ।

अर्को तपाईंले सरकार गठनको समयको वा २०७४ को कुरा गर्नुभयो, त्यसबेलाको पीडा बिर्सनुहु“दैन भन्ने मलाई लाग्छ । मङ्सिर १० र २१ गते दुई चरणमा निर्वाचन सम्पन्न भयो । मंसिर २४ गतेसम्म त परिणाम आइसक्यो । जुन गठबन्धन पार्टी एकीकरणको समेत उद्देश्य राखेर वा चुनावको लगत्तै एकीकरण गर्छु भनेर बनाइएको थियो । त्यसको त ‘ल्यान्डस्लाइड भिक्ट्री’ भइसक्यो नि † गठबन्धन भनेको चुनावसम्मका लागि मात्रै हु“दैन, चुनावपछिलाई पनि हुन्छ । गठबन्धन त यहा“सम्मको थियो कि चुनावपछि सरकार मात्रै होइन, पार्टी मिलाएर एउटै बनाउने प्रतिबद्धताका साथ हामी चुनावमा गएका थियौ“, त्यही“ होइन र ? हाम्रो लिखितमै त्यही छैन र ? त्यो प्रतिबद्धताका साथ हामी गठबन्धनमा गयौ“ । निर्वाचन आयोगको दुरुपयोग गरेर, राष्ट्रिय सभाको निर्वाचन नै भएको छैन, निर्वाचनको कार्यक्रम नै छैन, राष्ट्रिय सभाको निर्वाचन भएको छैन भन्ने बहाना निकालेर के के गरियो ? जबकि राष्ट्रिय सभा नभएपछि राष्ट्रिय सभामा समानुपातिकको के स्थिति हुन्छ ? राष्ट्रिय सभाको समानुपातिक र प्रतिनिधिसभाको समानुपातिकको हिसाब कही मेल खान्छ र ? यति अपव्याख्या गरेर आज सर्वोच्च अदालतको भूमिकाबारे यहा“ले ध्यानाकर्षण गर्नुभयो नि † पाएका बेला सर्वोच्च अदालत मात्रै होइन नि, छिप्पिएको गोमनले मात्रै होइन, कलिलाकलिला गोमनले पनि सकेका बेला सकेका ठाउ“मा डसेकै हो नि † त्यतिबेला त्यो डसाइबाट पार पाउन हामीलाई फागुन ३ गतेसम्म सरकार बनाउन पर्खिनुपरेको होइन र ? स्याङ्जाका रामबहादुर थापा, जसको अपाङ्ग प्रमाणपत्र छ, सबै छ, पेस नगर्नु भनेका बेला पेस गरेको छैन,अपाङ्ग हु“ भनेको छ, पेस गर प्रमाणपत्र भनेका बेला पेस गरेको छ । पेस गरेपछि पनि यो मान्दिन“ भन्छ ।

किन मान्दिन“ भनेर कुनै आधार छैन । किनभने, काङ्ग्रेसको त्यहा“ नियुक्त गर्नु छ । एमालेलाई कमजोर पार्नु छ । यस्ता असंवैधानिक, गैरकानुनी र बलजफ्ती निर्वाचन आयोगलाई अगाडि सारेर गरिए । निर्वाचनमा प्रतिनिधिसभामा जितिसकेपछि राष्ट्रिय सभाको अत्तो थापेर तीन महिनासम्म सरकार हस्तान्तरण गरि“दैन ? त्यसबीचमा गरिएका स्वेच्छचारी निर्णयहरू हेर्नुस् त । मैले यतापट्टि किन ध्यानाकर्षण गर्न खोजेको हो भने हामीले त्यतिबेला अकण्टक स्थिति प्राप्त गरेका हौ“ र ? त्यो त बाध्यताले चुप लाग्नुपरेको स्थिति थियो । भित्रभित्रै श्री पुष्पकमल दाहालले काङ्ग्रेसस“ग सा“ठगा“ठ गरिरहनुभएको थिएन ? उहा“ले नै पटकपटक पा“च वर्षको प्रधानमन्त्री लेखेर दि“दा मैले त्याग गरेर हि“डेको भन्नुभएको होइन ? गर्नुहुन्थ्यो उहा“ले त्याग ? उपेन्द्र यादव, महन्थ ठाकुरले साथ नदिएपछि, उहा“स“ग सङ्ख्या नपुगेपछि ‘त्याग’ गर्नुपरेको थियो । त्यसो भएर हामी त्यसबेला पनि अकण्टक थिएनौ“ । त्यसबेला हामीलाई सरकारमा जान नदिन कत्रो कोसिस भएको थियो ? फागुन ३ गते कुनै बाटो नभएपछि हामीले सरकार बनाउने भयौ“ । २ गते बेलुका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू बसेर भोलि बिहान ९ बजे राष्ट्रपतिज्यूकोमा जाने र सरकार गठन गर्ने भन्ने सहमति भएको थियो । भोलिपल्ट बिहान ८ः३० मा मैले प्रचण्डलाई फोन गर्दा हामी त सरकारमा जान नसक्ने भयौ“, त्यसकारण म आइन“ भन्ने जवाफ पो पाए“ † अनि तपाईं सरकारलाई समर्थन गर्नुहुन्छ कि हुन्न ? के हो यो अचम्मको कुरा ? हिजो बेलुकासम्म ठीक छ, चुनाव लड्दासम्म ठीक छ, सबै प्रतिबद्धता ठीक छ ।

यत्रो समय तपाईंले अनेक खेल खेल्नुभयो, अब आज आएर तपाईं सरकार गठन गर्ने बेलामा राष्ट्रपतिकोमा जान्न भन्नुहुन्छ ? तर उहा“ले सरकारमा त हामी जान नसक्ने भयौ“ पो भन्नुभयो । उहा“ले अनेक कुराहरू गरेर केन्द्रीय कमिटी भा“डिसक्नुभयो अथवा उहा“हरूको लिडरसिपको सेन्टर जुन थियो, त्यसलाई भा“डिसक्नुभयो । र, काङ्ग्रेसस“ग मिलेर हामीलाई नेतृत्व दिन्छ, केपी ओलीले हामीलाई सरकारबाट अलग गरेर आफ्नो मात्र सरकार बनाउने कोसिस ग¥यो भन्ने बहाना बनाएर चलखेल गर्नुभयो । जबकि, हामी सरकारमा सहभागी हुने उहा“हरूको मान्छे माग्दै छौै“ † हिजो बेलुका निर्णय भएको छ, बिहान नहु“दै उल्टो कुरा गरेर उहा“ले भड्काउनुभयो, विश्वसनीय आधारले होइन । पछि पनि उहा“हरूले के गर्नुभएको थियो भने पार्टी एकीकरणका बेला उहा“हरूले एउटा कागज लिएर आउनुभयो । उहा“हरूको निर्णय के भयो भने यो निर्णय गर्ने, केपी ओलीले यो सुन्नै मान्दैन । त्यसो भएपछि एकीकरण हु“दैन, कुरै सिद्धियो । हामी सरकारबाट समर्थन फिर्ता लिऔ“ । अनि विश्वासको मत लिनुपर्छ । त्यसो भएपछि सरकार ढल्छ । उहा“हरूले त्यो निर्णय गरेर आउनुभयो । त्योे आधाआधा के जाति के जाति अनेक कुराहरू त्यसरी आएको हो । यो सबै उहा“हरूले त्यहा“बाट ल्याउनुभएको, ल्याएपछि मैले त्यसलाई पनि स्वीकार गरिदिए“ र ल ठिक छ पार्टी एकीकरण गर्ने भने । मैले पार्टीमा ल्याएपछि, पार्टीभित्र ल्याएपछि रूपान्तरण गर्न, छलफल गर्न पाइन्छ भनेर पनि त्यसो गरेको हु“ । अनि एकीकरण भयो । अब यी झमेला र यी षड्यन्त्रलाई हामीले त्यसबेला पनि चिर्दै आएका हौ“ र दुई वर्ष हामीले त्यस एकीकरणबाट सरकार चलाउने मौका पायौ“, देशमा राम्रा काम ग¥यौं । तथाकथित आलोचना गर्नु, १९ पृष्ठ लामो झुटा फेहरिस्त तयार गर्नु बेग्लै कुरा हो तर कसैले आलोचना गर्ने ठाउ“ रहेको होइन । जनताको बीचमा जा“दा सगौरव जाने र हामीले यो ग¥यौ“, बा“की यो छ र अब यो गर्छौं भनेर जाने आधार तयार गरेका छौ“ । त्यसकारण, यसबाट हामीलाई ठूलो घाटा भयो भन्ने कुरा होइन । यदि त्यो सबै गर्दनथ्यौ“, चुनावी तालमेल गर्दैनथ्यौ“ भने यो घेराबन्दी त्यसैबेला नै हुन्थ्यो । त्यो घेराबन्दी त हामीले तरिकास“ग तोडेका हौ“ ।

अहिलेको घेराबन्दी भनेको कोको मिल्दा घेराबन्दी हुने, कोको मिल्दाचाहि“ सबै एकातिर हुने ? संसद्मा भएका पार्टीहरूमध्ये राप्रपा त त्यो घेराबन्दीमा छैन । नेपाल मजदुर किसान पार्टी त यो घेराबन्दीमा छैन । एकछिनका लागि कोही गएको होला, सधै“का लागि अडिन सक्ने त्यसको स्थिति छैन । अर्को पार्टी फेरि भदौ २ गते निर्वाचन आयोगमा दर्ता हुन गएको होला । त्यो पनि छैन, त्यो पनि हिजो हामीस“गै थियो । अनि एकातिर काङ्ग्रेस, माओवादी, जसपाको एउटा पक्ष हाम्रा विरुद्धमा गयो । जसपाको एउटा पक्ष, राप्रपा, नेमकिपा त हामीस“गै थियो त † उनीहरू तीनवटा पार्टी भए । ल ठिकै छ, जनमोर्चालाई पनि गन्दिऔ“ । जनमोर्चा गन्दा उनीहरू चारवटा पार्टी भए, हामी चारवटा पार्टी भयौ“ । अनि माधव नेपाललाई गनेर पा“चवटा पार्टी ? कति कृत्रिम हल्ला छ यो ? त्यसकारण, यो केही बुद्धिका व्यापारीहरूको बौद्धिक खेल हो । यो केही मिडियाको प्रचारको खेल हो । अरू कुराले हामी त्यस्तो कमजोर भएका छैनौ“ ।

अब तपाईंले सोध्नुभएको प्रश्न जुन छ, यो धेरै जटिल हो । अहिले परमादेशबाट प्रधानमन्त्री अर्को तोकियो, हामी हा¥यौ“ । कसले जित्यो भन्ने धेरै महŒवको कुरा होइन । यो त डेढ वर्षका लागि हो । डेढ वर्षपछि चुनाव हुन्छ, चुनाव त परमादेश होइन नि † चुनावमा त फेरि जनादेशमा जान परिहाल्छ । यो हालका लागि धेरै ठूलो क्षति होइन । तर, यहा“ले जुन प्रश्न उठाउनुभयो, यो प्रश्न उठाएकोे जस्तै वास्तवमा राजनीतिको निर्णायक, राजनीतिको फैसला गर्ने वा राजनीति÷राज्य सञ्चालनको सबै कुराको अन्तिम टुङ्गो जहा“ हुन्छ, त्यहा“ सार्वभौमसत्ता छ भनेको त्यही हो । शक्तिका स्रोत त्यसैलाई भनिन्छ, जहा“बाट शक्ति उत्पन्न हुन्छ । जहा“बाट शक्ति उत्पन्न हुन्छ, अन्तिम निर्णय गर्छ । अन्तिम निर्णय त्यसको हुन्छ, त्यसैलाई शक्तिको स्रोत भनिन्छ । सार्वभौमसत्तासम्पन्न त्यसलाई भनिन्छ, जो वैयक्तिक रूपमा संविधान र कानुनको मातहतमा हुन्छ । सामूहिक रूपमा भन्दाखेरि ती कुराहरूको पनि निर्माता हुन्छ, जसलाई सार्वभौम भनिन्छ, त्यो जनता हो ।

राजनीतिको अन्तिम फैसला, त्यसमा जान पाएन, त्यसमा जानुलाई प्रतिगमन भन्न थालियोे र अदालतबाट परमादेश ठोक्न थालियो, राजनीतिको निर्णय त्यहा“बाट हुन थाल्यो । २०५९ सालमा आफ्नै फैसलामा यो राजनीतिक विषयमा अदालत प्रवेश गर्दैन भन्ने फैसला हुनु, त्यही कुराको समयसमयमा फैसला हुनु र जब कम्युनिस्ट सरकार हुन्छ, त्यसले राम्रो काम गरेर लोकप्रियता हासिल गर्छ, त्यतिबेला अदालतले गर्ने आदेश परमादेशबाट सरकार परिवर्तन गर्नु हुने गरेको छ । त्यो २०५२ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकार होस् कि २०७८ सालमा केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार होस्, दुवैपटक अदालत जानुपर्ने र अदालतले ती विघटन २०५२ सालमा होस् कि, २०७७ सालमा होस् कि २०७८ सालमा होस्, ती विघटन खारेज गर्नुपर्ने, काङ्ग्रेसले गरेको विघटन खारेज गर्नु नपर्ने ? काङ्ग्रेसको विघटन कहिल्यै खारेज नहुने, एमालेको विघटन सधै“ खारेज हुने ? काङ्ग्रेसले गरेको विघटन संविधानसम्मत र लोकतन्त्रका लागि हुने, एमालेले गरेको विघटनचाहि“ संविधानविरोधी हुने, संविधान विपरीत हुने, निरङ्कुश हुने र अनेक कुरा हुने ? २०५२ सालमा पनि झन्डैझन्डै परमादेशको शैलीमा फैसला गरियो, हुन त त्यतिबेला लगेर भोटिङचाहि“ संसद्मै गरिएको थियो । त्यसबेला शेरबहादुर देउवाजीलाई नै प्रधानमन्त्री बनाइयो क्यार † २०५२ सालमा पनि त्यही भयो । २६ वर्षपछि आएर फेरि अदालतले एमालेलाई हटाएर शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाइदियो । यसमा अदालतले राजनीति गरेन होला ? संविधानसम्मत नै फैसला ग¥यो होला ? तर काकताली कस्तो मिलेको !

यसको असरचाहि“ धेरै दूरगामी हुन्छ । यो धेरै गम्भीर कुरा हो । जनता र जननिर्वाचित प्रतिनिधिहरूका संस्थाहरूबाट राजनीति, यो अरूझ“ै देवानी मुद्दाको कुरा त होइन । यो संविधान कहा“ मिचियो कि मिचिएन भन्नेजस्तो होइन । संविधान मिचियो वा मिचिएन भन्ने नाममा जुन ढङ्गले यसमा व्यवहार गरियो, यो त दूरगामी अर्थको छ । आज एकछिन मान्छे खुसी होलान् । आपूmले जितियो भनेर खुसी होलान् । तर, उद्धृत गर्दाखेरि भुट्टोलाई फा“सी दिने जियाउल हकको प्रशंसा गर्ने, जियाउल हकलाई बढावा दिने, जियाउल हकको शासनवाला अदालतलाई बडो महŒवका साथ उद्द्यृत गरिएको छ । हाम्रो प्रजातान्त्रिक प्रणालीले सैनिक शासनअन्तर्गत राष्ट्रपतिको आदेशमा गरिएका फैसलाको आड लिएर राष्ट्रपतिमाथिको अधिकारमा धावा बोल्न, संविधानको अपव्याख्या गर्न मिल्ने कुरा त हु“दै होइन । यसको अत्यन्तै दूरगामी र खतरनाक प्रभाव छ र लोेकतन्त्रका लागि यो शुभलक्षण होइन । लोकतान्त्रिक मूल्य मान्यताको सम्बन्धमा विभिन्न अदालतका देखि लिएर अरू विश्लेषकहरू, संविधानविद् र कानुनविद्हरूले के भन्छन् ? अदालतको अतिरिक्त सक्रियता र राजनीतिमाथिको अदालतको हस्तक्षेपकारी भूमिका लोकतन्त्रका लागि खतरा हो ।

दुईवटा फरक सन्दर्भ सङ्क्षेपमा राखौ“ । पार्टीले विधान अधिवेशन गर्दै मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने गरीकन पार्टीको आन्तरिक जीवनलाई चलायमान बनाउन सुरु गरेको छ । नेकपा एमाले जनताको बहुदलीय जनवादमार्फत मुलुककोे लोकतान्त्रीकरणको पनि च्याम्पियन पार्टी हो र पार्टीको आन्तरिक जीवनको लोकतान्त्रीकरणको पनि अगुवा पार्टी हो । यहा“ले नै सातौ“ महाधिवेशनमा पार्टीको आन्तरिक जीवनको लोकतान्त्रिकरण सम्बन्धमा एउटा व्यवस्थित मार्गचित्रसहितको दृष्टिकोण अगाडि सार्नुभएको थियो र आठौ“ र नवौ“ महाधिवेशनले त्यसलाई संस्थागत गरेका थिए । तर, अहिले दसौ“ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा हुने विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको विधान संशोधनका केही ब“ुदालाई लिएर केही व्यक्तिले नेकपा एमालेले पार्टीको आन्तरिक जीवनको लोकतान्त्रीकरणलाई सङ्कुचन गर्न थालेको, अधिकार सबै अध्यक्षमा केन्द्रित गर्न चाहेको÷खोजेको ढङ्गले बुझ््न, टिप्पणी गर्न थालेका छन् । के सा“च्चै आन्तरिक जीवनको लोकतान्त्रीकरणको त्यो अग्रणी भूमिकालाई नेकपा (एमाले)ले अलिकति आफैै“ले सा“घु¥याउन चाहेको हो ?

बिल्कुल होइन । नेकपा एमाले व्यावहारिक रूपमा, वास्तविक अर्थमा सामाजिक जीवनपद्धति र समग्र सामाजिक जीवनपद्धतिको नायक हो । राजनीतिक क्षेत्रमा मात्रै होइन, लोकतन्त्रलाई एउटा परिपूर्ण लोकतन्त्रका रूपमा सामाजिक जीवनका सबै क्षेत्र, चाहे त्यो आर्थिक क्षेत्र होस्, आर्थिक क्षेत्रमा लोकतन्त्रको अभाव हुनुहु“दैन भनेर, विकास निर्माणका सबै क्षेत्र, चाहे त्यसको प्रतिफल अथवा सामाजिक न्याय, समानता अथवा मौलिक हक, वास्तविक मौलिक हक, तिनको सुरक्षाको प्रत्याभूतिको हिमायती रहेको छ । यी सबै कुराको नायकत्व लिने, लिएको पार्टी नेकपा एमाले हो । यसले डेमोक्रेसीलाई एउटा परिपूर्ण लोकतन्त्र
(कम्प्रिह्यान्सिभ डेमोक्रेसी)का रूपमा, समग्र सामाजिक जीवनलाई लोकतान्त्रिक पद्धति भनेको सामाजिक न्याय, समानतासहितको समृद्धिको पद्धति हो भनेर नेतृत्व गरेको छ । उत्पादन, उत्पादकत्व वृद्धिको मात्रै कुरा होइन । प्रतिफलको समुचित÷न्यायोचित वितरण समेतको कुरा गरेको छ र गरिबीको वितरण होइन, समृद्धि हासिल गर्ने र समृद्धिको वितरण न्यायोचित हुनुपर्छ भन्ने कुरा गर्दै आएको छ । यसो गर्ने पार्टीले आफ्नो आन्तरिक जीवनलाई समेत लोकतान्त्रिक बनाउनुपर्छ । यदि लोकतान्त्रिक समाज निर्माण गर्न चाहनुहुन्छ, सबैतिर तपाईं लोकतन्त्र भन्नुहुन्छ, परिपूर्ण लोकतन्त्र भन्नुहुन्छ भने आफ्नो जीवनमा चाहि“ र आपूmलाई सञ्चालन गर्ने पद्धतिमा चाहि“ अलोकतान्त्रिक गरेर अन्तअन्तचाहि“ तपाईं लोकतन्त्र कसरी खोज्नुहुन्छ ? अनि कसरी पाउनुहुन्छ अथवा कसरी लोकतन्त्रको अभ्यास गर्नुहुन्छ ? नेकपा एमालेले अलोकतान्त्रिक दिशातिर जाने भन्ने कुरा होइन कि हामी अझ बढी लोकतान्त्रिक, लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो भन्छौ“ । लोकतन्त्रको विकल्प अलोकतन्त्र होइन । अलोकतान्त्रिक विधि, प्रक्रिया, प्रणाली केही पनि होइन, लोकतन्त्र नै हो । अझै बढी लोकतन्त्र नै हो । अब केही मान्छेलाई पर्छ, हामीकहा“ पा“चवटा उपाध्यक्षको व्यवस्था गरेका छौ“ ।

पा“चवटा उपाध्यक्ष भएन र एउटा वा दुईवटा उपाध्यक्ष राखियो भने त लोकतन्त्र हु“दैन नि † लोकतन्त्रको परिभाषा यस्तो क्षणिक वा यस्तो पनि हुन्छ भन्ने प्रश्न उठ्छ । अहिले हामी पा“चजना उपाध्यक्ष छौ“ । महाधिवेशन पछि दुईजना राख्ने हो भने हामी कहा“ जाने भन्ने लोकतन्त्रको परिभाषा यस्तो हो र ? आवश्यकताअनुसार कतिजना उपाध्यक्ष हुन्छ भन्ने कुरा वा पहिले एउटा सचिव हुन्थ्यो । त्यसपछि पोलिटब्युरो हुन्थ्यो । एउटा महासचिव हुन्थ्यो, त्यसपछि पोलिटब्युरो हुन्थ्यो । हाम्रै पार्टीमा भएको हो नि त † त्यसबाट हामीले के भन्या“ै भने कार्यबोझ हल्का गर, व्यक्तिमा सबै केन्द्रित हुन नदेऊ, लिडरसिपको उत्थान नै रोक्नेगरी होइन, लिडरसिप तयार गर्दै जान, लिडरसिपको पङ्क्तिलाई नेतृत्वको अभ्यासबाट अभ्यस्त गराउ“दै लैजान यो बहुपदीय प्रणालीको व्यवस्था गर्नु कामको हिसाबले, नेतृत्वको विकेन्द्रीकरणको हिसाबले, अधिकार विकेन्द्रीकरणको हिसाबले, नेतृत्व निर्माणको हिसाबले, जिम्मेवारी बोधको हिसाबले, कार्य अभ्यासबाट नेतृत्व निर्माणको हिसाबले बहुपदीय अभ्यासमा जानु वाञ्छनीय भयो । त्यसो गर्दा हामीलाई उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, यो टिमवर्कबाट कमसेकम चार÷पा“चजना त पदाधिकारी नै भए नि † तीे पदाधिकारीबाट हामीले नेतृत्व विकास गर्न सक्छौ“ कि एकएकवटा कामको जस्तो कि कसैले सङ्गठनात्मक कामको राष्ट्रिय जिम्मेवारी लिएको छ, कसैले के कामको राष्ट्रिय जिम्मेवारी लिएको छ । त्यस हिसाबले नेतृत्वका रूपमा स्थापित हुने र व्यावहारिक हिसाबले पनि नेतृत्वको अभ्यास गर्ने कार्य सहज हुन्छ । त्यो कुरा पनि गरौ“ । अचानक हु“दा पनि अप्ठ्यारो हुन्छ । अर्को समकक्षी भन्दा त्यो अलिकति एकतह पहिले आएर अभ्यस्त हु“दै गरेको छ । स्वीकार्य हु“दै गएको स्थिति अनुकूल हुन्छ । यस्ता अनेक प्रयोजनका साथ हामीले त्यो कुरा भन्यौ“ र कार्य सहजताका लागि पनि भन्यौ“ । तर, कतिजना उपाध्यक्ष, कतिजना सचिव भन्ने कुरा यो विषय एक त छलफलकै क्रममा छ । त्यसमा थपघट गर्न नसकिने भन्ने होइन । अर्को कुरा के भने कुन पदमा कतिजना भन्ने कुराले लोकतन्त्रको व्यापकता कि सीमितता ? लोकतन्त्र व्यापकतातिर गयो कि सङ्कुचनतिर गयो भन्ने हु“दैन ।

अन्त्यमा, माधव नेपाललाई लामो समयदेखि साथ दिँदै आउनुभएका र विगत महाधिवेशनमा उहाँकै टिमबाट निर्वाचित पदाधिकारीसहितको ठूलो पङ्क्ति उहाँको विभाजनकारी योजनाप्रति असहमत भएर अलग भएको छ । उहाँहरू पार्टी एकताको पक्षमा उभिने उद्घोष गर्नुभएको छ । फेरि पनि उहाँहरू पूर्ण रूपले बैठकमा सहभागि हुने, एकताको यस प्रयासलाई सुदृढ गर्ने र पार्टी एकताका चुनौतीहरूलाई सामना गर्ने काममा फर्किसक्नुभएको अवस्था छैन । उहाँहरूलाई काममा फर्काउने सन्दर्भमा पार्टी अध्यक्षको हैसियतले यहाँको पहल के भइरहेको छ ? कसरी उहाँहरूलाई आश्वस्त तुल्याएर यो काममा समावेश गर्ने सोच बनाउनुभएको छ ?

– आश्वस्त बनाउने भनेको के हो ? प्रश्नहरू छन् भने गरे भयो नि † तपाईंहरूले यत्रोबिघ्न प्रश्न गर्नुभएको छ । अरूले पनि प्रश्न गरे भयो । कोस“ग गर्ने प्रश्न ? मस“ग गर्ने प्रश्न हो भने म अध्यक्षका हैसियतले उत्तर दिन्छु । कमिटीस“ग गर्ने होे भने कमिटीले जवाफ दिन्छ । पार्टीमा कुनै ज्यादती, अन्याय, अत्याचार र थिचोमिचो गरिएको छ ? जब कसैमाथि अन्याय, अत्याचार, थिचोमिचो गरिएको छैन भने कहा“बाट प्रश्न उठ्छ ? अब त स्पष्ट भइसके † तपाईंले उठाउनुभएको प्रश्न के हो भने तपाईंले पहिलो पाटोमा माधव नेपाललाई साथ दिएका साथीहरू भनेर भन्नुभयो † माधव नेपाललाई मैले जति साथ दिएको मान्छे यस पार्टीमा अरू कोही छैन । २०२९ साल चैतबाट मैले साथ दिएको हु“ । अर्को को छ त्यसबेलादेखि उहा“लाई साथ दिएको मान्छे ? महासचिव बनाउनेदेखि टिकाउने, सरकार कब्जा गर्छु÷हटाउ“छु भन्दाखेरि, रत्नपार्कमा झुन्ड्याउ“छु भन्दा, के गर्छु भन्दा, सडकमा लड््ने हामी हौ“ । महासचिवबाट हटाउन बहुमतसहित प्रस्ताव आउ“दा त्यस्तो बहुमतलाई अल्पमतमा झारेर टिकाउने हामी हौ“ । प्रधानमन्त्री बनाउने हामी हौ“ । लुकेर राजीनामा नदिएसम्म प्रधानमन्त्रीमा टिकाउने हामी हौ“ । लुकेर राजीनामा दिएपछि त कसको के लाग्यो र ? त्यसकारण, मैले जति साथ त अरु कसैले पनि दिएको छैन होला । तपाईंले भन्नुभयो नवा“ै महाधिवेशनमा साथ दिएका साथीहरू, नवा“ै महाधिवेशनमा कतिपयले साथ दिनुभएको होला, कतिपयले दिनु भएन पनि होला । महाधिवेशनलाई हतियार बनाएर उहा“ले गुटबन्दी गर्ने मौका पाउनुभयो । महाधिवेशन एउटा कुरा थियो । साथीहरूले अब स्पष्ट भएर उहा“लाई साथ दिनुभएन, पार्टीकोे पक्षमा रहनुभयो । साधारण हिसाबकिताब त्यत्ति होइन र ? अब फेरि तपाईंले अर्को हिसाबकिताब के खोज्नुभएको ? उहा“हरू माधव नेपालजीको दुष्कर्ममा सहयात्री हुन चाहनुभएन, त्यो गलत हो, त्यो पार्टी ध्वस्त पार्ने कुरा हो, त्यसमा सहभागी हुन सकि“दैन, त्यसरी जानुहु“दैन भनेर उहा“हरूले ठिक निर्णय गर्नुभएको छ । अर्थात्, पार्टी विभाजन भनेर केही मान्छेले फुट्ने बाटो जुन लिए, त्यो फुटको बाटोमा उहा“हरू जानुभएन । पार्टी परित्याग गर्ने बाटोमा उहा“हरू लाग्नुभयो । पार्टीमा बस्ने, पार्टीमै रहेर काम गर्ने बाटोमा उहा“हरु लाग्नुभयो । तपाईंलाई कुनै असुरक्षा महसुस भएको छ र ? अर्को कसैलाई असुरक्षा महसुस भएको छ र ? अनि जब त्यो कुरा छ“दैछैन, हु“दैहोइन, यहा“निर अरू प्रश्न चाहिएन । उहा“हरू त्यता जानुभएन, यता रहनुभयो । पार्टीमा हुनुहुन्छ, पार्टीमा काम गर्नुहुन्छ । उहा“हरू महŒवपूर्ण जिम्मेवारीमा हुनुुहुन्छ । पद र ओहदामा हुनुहुन्छ । ती पद र ओहदाका जिम्मेवारीमा फर्किएर काम गर्नुहुन्छ ।

बीचमा अलिकति केही कमी त्रुटी (स्ल्याकनेस) भयो होला, केही कुरा भयो होला । तर पार्टीमा फर्किसकेपछि ती कुरा त गौण हुन्छन् नि † ती कुरा त हराउ“छन् नि † त्यसभन्दा बढी के गर्नुपर्ने ? यो अनवरतको वार्ताको सिलसिला भन्न खोजेको हो कि के हो ? त्यस्तो स्थिति होइन । पार्टीमा एकजनाले निहु“ खोज्यो, तपाईंलाई भोलि रिस उठ्छ, म तपाईंस“ग वार्ता गरेर ६ महिना बिताऊ“ ? अब त्यस्तो हु“दैन । हामी सबैले आआफ्नो ठाउ“मा काम गर्ने हो÷काम गछौ“ । उहा“हरू उता जानुभएन, यता हुनुहुन्छ, सकियो नि ! फेरि के निकाल्न खोज्नुभएको ? त्यो निकाल्नु हु“दैन, निकाल्न जरुरी पनि छैन । निस्कि“दा पनि निस्कि“दैन । त्यस्तो हु“दा पनि होइन र छ“दा पनि छैन । उहा“हरूले आरामस“ग पार्टीमा काम गर्नुहुन्छ । सबैलाई एउटै वातावरण हो । घाम लाग्दा दिउ“सो सबैलाई गर्मीगर्मी हुन्छ, पानी प¥यो भने शीतलशीतल हुन्छ । वर्षायाम सिद्धिन लाग्यो, अहिले यही मौसम छ । पार्टी विभाजन गर्न खोज्नेहरूले गरे, सबैका लागि यही मौसम हो । अलिकति पीडा सबैका मनमा होला । उहा“हरूको मनमा पनि होला, हाम्रो मनमा पनि होला । त्यसैले, उहा“हरुको मनमा अतिरिक्त केही हुनुहु“दैन, छैन भन्ने मलाई लाग्छ ।

नवयुगका लागि मूल्यवान् समय दिनुभयो । यसका लागि धेरैधेरै धन्यवाद !

हस, धेरैधेरै धन्यवाद !



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..