२७ श्रावण २०७९, शुक्रबार

हुम्ला पुगेर अध्यक्ष ओलीले भन्नुभयो–नेकपा (एमाले) र गठबन्धन पार्टीबीचको चुनावी प्रतिस्पर्धामा हामी बहुमत ल्याउँछौँ

प्रकाशित मिति :  ४ बैशाख २०७९, आईतवार १३:३८


सिमकोट । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने बताउनु भएको छ । आज नेकपा (एमाले) हुम्लाले हुम्लामै आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
‘चुनावपछि एमाले बहुमतसहित विजयी हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्नेछ ।’
उहाँले जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको प्रष्ट उल्लेख गर्नुभयो ।

उहाँले एमाले सरकारले कुरा नभई काम गरेर देखाउने पनि उल्लेख गर्नुभयो । ‘एमाले नेतृत्वको सरकारका पालामा तराई, पहाड, हिमाल सबैतिर देशको विकासको लहर छाएको थियो,’ उहाँले भन्नुभयो, ‘एमाले सरकारमा आउँदा विकासको लहर चल्छ, तर अन्य पार्टी सरकारमा हुँदा देशको अर्थतन्त्र खुम्चिने गरेको छ । त्यसैले अबको निर्वाचनमा जनताले फेरि विकासका लागि एमालेलाई विजयी गराउँने छन् ।’

अध्यक्ष ओलीले आफुँ प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास विरोधी अत्तालिएर सरकार ढालेको उहाँले आरोप लगाउनुभयो । ‘मेरो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरु सरकार ढाल्न विकास विरोधीले अदालतको साहरा लिए,’ उहाँले भन्नुभयो, ‘जनताबाट होइन अदातलबाट सरकार ढाल्ने काम भयो । जनताले एमालेलाई माया गरेका छन् तर दुँनियामा कहीँ नभएको काम नेपालमा भैरहेको छ ।’ उहाँले नेपालमा एमाले बाहेक अन्य पार्टी नरहेको भन्दै गठबन्धनको अर्थ नरहेको बताउनुभयो ।

आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको आरोप थियो । अहिलेको गठनबन्धको सरकारले काम गर्न नसकेको अध्यक्ष ओलीको आरोप थियो । निर्वाचनमा संयुक्त उम्मेदवारी दिएर एउटै चुनाव चिन्ह लिएर गठबन्धन निर्वाचनमा गएपनि एमालेलाई कुनै असर नपर्ने उहाँको भनाई थियो । नेपालमा गठनबन्ध पार्टी र एमाले दुई पार्टीको प्रतिस्पर्धा हुने अध्यक्ष ओलीको भनाई थियो ।

उहाँले नेपाली कांग्रेस समेत बैशाखी टेकेर हिड्ने अवस्थामा पुगेको बताउनुभयो । ‘कांग्रेसको अहिलेको अवस्था देखेर माया लागेर आउँछ,’ उहाँले भन्नुभयो, ‘२०१५ सालमा कांग्रेस दुई–तिहाइमा थियो २०४८ सालमा बहुमतमा आयो, अलि पछि आएर आफै हिड्न मुस्किल भएर लौरो टेक्ने हातलमा पुग्यो, अहिले लौरो टेक्ने होइन् माओवादी केन्द्र र माकुने गुटको बैशाखी टेक्ने अवस्था आएको छ ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..