२७ श्रावण २०७९, शुक्रबार

एमाले नेतृत्वको सरकार बनेको सात महिनापछि विकासले पुनः फड्को मार्नेछः अध्यक्ष ओली

प्रकाशित मिति :  ४ बैशाख २०७९, आईतवार १४:००


सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटको आमसभालाई सम्बोधन गर्न सिमकोट आइपुग्नु भएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हूम्लाबासीलाई एमाले नेतृत्वको सरकार आउँदा सात महिनापछि विकास निर्माणले तीब्रता पाउने बताउनुभएको छ । ‘चुनाव जितेर हाम्रो नेतृत्वको सरकार बनेको सात महिनापछि विकासले पुनः फड्को मार्ने मार्नेछ,’ उहाँले भन्नुभयो, ‘हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगार लगायत छिमेकी देशसँग जोडिएको सिमानाका खुल्ला नहुँदा यहाँका नागरिकले भोग्नु परेको पीडाबारे म जानकार छु ।’

उहाँले जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित जिल्लाका अन्य पालिकाका अधिकांश वडाहरुमा टेलिफोनले राम्रोसँग काम नगरेको अवस्थालाई राम्ररी बुझेको पनि उहाँले बताउनुभयो । ‘नाम्खाका नागरिक हिल्सा नाका नखुल्दा चीनमा रोकिएको विषयमा मैले कुरा उठाएको थिएँ,’ उहाँले भन्नुभयो, ‘हिल्सा नाका नखुल्दा यहाँका नागरिक झण्डै दुई वर्ष अघिदेखि चीनमा रोकिएका छन् ।’

उहाँले कर्णाली करिडोरको स्तर उन्नति गर्नुका साथै हिल्सासम्म जोड्नका लागि पनि छलफल अघि बढेको स्मरण गराउनु भयो । ‘हुम्लाको प्रमुख समस्या खाद्यन्न हो, यसको समाधानका लागि जिल्लामै उत्पादन हुने बालीलाई प्राथामिकता दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘हुम्ला पर्यटक सम्भावना बोकेको जिल्ला हो, यातायातको सुविधालाई पहिलो प्रथामिकता दिनुपर्छ । म तीन वर्ष बढी प्रधानमन्त्री हुँदा दुर्गम ठाउँलाई सुगम बनाउने, तराई, पहाड र हिमालको विकास गर्ने जस्ता कुरामा जोड दिएको थिएँ ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..