४ भाद्र २०७९, शनिबार

नेकपा (एमाले) को सचिवालय बैठक साँझ ६ बजे, केन्द्रीय कार्यालयको बैठक पनि आजै

प्रकाशित मिति :  ५ बैशाख २०७९, सोमबार ०२:१५


काठमाडौँ । स्थानीयतह निर्वाचनको तयारीमा जुटिरहेको नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने छ ।
सचिवालय बैठक अघि आजै ११ बजे केन्द्रीय कार्यालयको बैठक पनि बस्ने तय भएको रिजालले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालयको पार्टी कार्यालयमा बस्नेछ । ‘आजको सचिवालय बैठकमा वैशाख ९ गते जारी गर्ने गरी घोषणपत्र मस्यौदा समितिले स्थानीयतह निर्वाचनका लागि तयार पारेको घोषणापत्रका बारेमा छलफल हुन्छ,’ रिजालले भन्नुभयो, ‘त्यसैगरी बैठकमा देशभरी नै उम्मेदवार छनोटका अवस्था कस्तो छ भन्ने विषयमा पनि छलफल हुने तयारी छ ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..