माओवादी अछामका नेता साउद एमाले प्रवेश

अछाम । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अछाम जिल्लाका सहइन्चार्ज लोकबहादुर साउद नेकपा (एमाले) प्रवेश गर्नुभएको छ ।
साउद अछामको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ । बान्नीगढी जयगढ गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी साउद सहितका स्थानीय नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।
उहाँहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बहादुर बोहोराले पार्टीमा स्वागत गर्नुभएको थियो ।