सोलुखुम्बुबाट सत्तागठबन्धनलाई अध्यक्ष ओलीले भन्नुभयो– चुनाव सार्ने चेष्टा नगर्नुहोस्

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीयतह निर्वाचन केन्द्रित बृहत् जनसभालाई सम्बोधन गर्न आज सोलुखुम्बु पुग्नुभएको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन चुनाव सार्ने षड्यन्त्रमा लागेको बताउनुभयो ।
‘एमाले विरुद्ध गठबन्धन दल बालुवाटारमा ओथारो बसिरहेका छन् रे तर फुल पार्न सकेका छैनन्,’ उहाँले भन्नुभयो,। ‘चुनाव टार्न कसैले सक्ने छैन । चुनाव हामी गराएरै छाड्छौं ।’
अध्यक्ष ओलीले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि पनि सम्झाएको स्मरण गराउँदै त्यस्तो षड्यन्त्रमा नलाग्न आग्रह गर्नुभयो । ‘प्रधानमन्त्रीलाई मैले यसअघि पनि भनिसकेको छु र आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस्,’ अध्यक्ष ओलीले भन्नुभयो । एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको अध्यक्ष ओलीको भनाई थियो ।