नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ । बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदाको पहिलो चरणको छलफल चलिरहेको नेकपा (एमाले) महासचिव शंकर पोखरलेलले जानकारी दिनुभयो ।
‘निर्वाचन भन्ने वित्तिक्कै दुई ओटा विषय मुख्य विषयका रुपमा रहन्छन् । एउटा चुनावी घोषणापत्र र प्रतिवद्धतापत्रको तयारी अनि दास्रो उम्मेदवार चयनको सन्दर्भ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘यी दुबै काम हामी अहिले तिव्रताका साथ अघि बढाइरहेका छौँ ।’
उहाँले चुनावी घोषणापत्रका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कमिटी बनाएको भन्दै कमिटीले घोषणपत्र तयारीको कामलाई अघि बढाइरहेको जानकारी दिनुभयो । ‘आजको सचिवालय बैठकमा यहि विषयमा केन्द्रित भएर छलफल गर्दैछौँ,’ उहाँले भन्नुभयो, ‘हामी ९ गते केन्द्रीय घोषणापत्र केन्द्रबाट सार्वजनिक गर्छौ । त्यहि दिन प्रत्येक पालिकाबाट प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’
उहाँले स्थानीय पालिका र जिल्लाहरुले सिफारिस गर्ने आधारभूत काम सम्पन्न गरिसकेको भन्दै अब प्रदेश र केन्द्रीय कमिटीका माध्ययमबाट छिटो निर्णय गरी चुनावी अभियानमा जुट्ने जानकारी दिनुभयो । ‘पालिका प्रमुख–उपप्रमुखको हकमा प्रदेश र केन्द्रीयबाट निर्णय गर्छौ,’ उहाँले भन्नुभयो, ‘वडा तहको चाँहि हामीले जिल्लालाई जिम्मा दिएका छौँ ।’