३१ श्रावण २०७९, मंगलवार

खातामा यसरी जम्मा गर्न सकिन्छ सहयोग

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार १४:१२


काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि पार्टीले गरेको आव्हान अनुसार सङ्गठित सदस्य र शुभेच्छुकबाट रकम संकलनको क्रम जारी रहेको छ । एमालेले गत साता महाधिवेशनको लोगो सार्वजनिकसँगै सबै पार्टी संगठित सदस्यलाई बैंक खातामा न्यूनतम् रु १०० जम्मा गर्न आग्रह गरेको थियो ।
एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७००१००००११५९००१ नम्बरको चल्ती खातामा रु १०० जम्मा गर्न आग्रह गरेको हो । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले पार्टीको खातामा नम्बरमा पार्टी सबै सदस्यहरुले मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा रकम जम्मा गर्न अनुरोध गरेबमोजिम उत्साहजनकरुपमा संकलन भइरहेको जानकारी दिनुभयो ।
उहाँले पार्टीको महाधिवेशनमा कुनै चन्दा रसिद छापेर संकलन गर्र्नुका साटो आफ्नै सदस्यबाट स्वइच्छिकरुपमा रकम संकलन गर्नु उपयुक्त हुने लागेर अभियानका रुपमा यो काम शुरु गरिएको बताउनुभयो ।
पार्टीको उक्त खातामा नजिकै भएको जुनसुकै बैंकबाट पैसा जम्मा गर्न सकिन्छ । यही मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने पार्टीको १० औँ महाधिवेशन हुँदैछ । महाधिवेशनमा देशभरका १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।
एमालेमा आठ लाखभन्दा धेरै पार्टी सदस्य रहेका छन् । ती सदस्यहरुबाट रु १०० उठाउँदा पनि रु ७० लाख ३० हजार रकम उठ्नेछ ।ì



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..