मैथिली समाजका अध्यक्ष भगवान झासहितको टोली एमालेमा

काठमाडौं । धनुषालगायत मधेसका केही जिल्लाको राजनीतिमा निर्णायक प्रभाव राख्ने मैथिली ब्राह्मण समाजका अध्यक्ष भगवान झा नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर मङ्गलवार साँझ अध्यक्ष झा एमालेमा प्रवेश गर्नु भएको हो ।
उहाँसंगै प्रसन्न कुमार झा र प्राध्यापक डा. विजय झा पनि एमालेमा प्रवेश गर्नु भएको हो ।