२२ मंसिर २०७९, बिहीबार

समृद्ध नेपाल बनाउने अभिभारा युवाको काँधमा : अध्यक्ष ओली

प्रकाशित मिति :  ७ बैशाख २०७९, बुधबार ०८:५६


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल बनाउने अभियानमा लाग्न सवै युवालाई आग्रह गर्नु भएको छ ।
ललितपुरको गोदावारीस्थित सूर्योदय सभाहलमा आयोजित युवासंग म नामक विशेष अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभिभारा युवाको काँधमा आएको बताउनुभयो ।
भर्खरै शुरु भएको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, “युवाका मनोभावना, आकांक्षा बुझी हामीले चाहेको नेपाल समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा कसरी साकार पार्ने अन्तरक्रिया गर्ने छौ ।”
कार्यक्रममा पार्टी अध्यक्ष ओलीले युवाले राखेका जिज्ञासा, अपेक्षा सुन्नुहुने छ र त्यसपछि आफ्नो दृष्टिकोष प्रस्तुत गर्नेछु ।
अन्तरक्रिया उहाँले हरेक बैशाख ७ गते युवा उत्सवको रुपमा मनाउन आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा युवा, विद्यार्थी, संघसंगठनका साथै उद्यमी, पर्यटन, कलाकार, खेलाडी विभिन्न क्षेत्रका युवाहरुको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..