२३ मंसिर २०७९, शुक्रबार

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गराएरै छाड्छौँः अध्यक्ष ओली

प्रकाशित मिति :  ७ बैशाख २०७९, बुधबार १२:२५


ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देशलाई राम्रोसँग चिनेकोले नै सरकारको नेतृत्वमा रहँदा नेपालको वास्तविक नयाँ नक्सा छापेको र ती भूभागलाई फिर्ता गराएरै छाड्ने बताउनुभएको छ ।

उहाँले सरकारको नेतृत्वमा रहँदा संविधानको अनुसूचिमा राख्न संसद्बाट पारित गराएकाले नेपालको भूमि फिर्ता गर्नका लागि भारत सरकारलाई आफूले पत्र लेखेको र फिर्ता गरााएरै छाडिने बताउनुभयो ।

आफू प्रधानमन्त्री भएका बेला नेपाल विकास निर्माणमा हरेक दिन एक कदम अगाडि बढेको उहाँको भनाई रहेको थियो । उहाँले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आव्हान गर्नुभयो ।

उहाँले नेपाल विकसित नहुने कुनै कारण नरहेको जनाउँदै ब्रेन पावरमा नेपाल पूर्खाको पालादेखि नै अग्रणी रहेको बताउँदै विद्युत्को प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहको बताउनुभयो ।

उहाँले अझै नेपालका सडक बालबालिका रहेको त्यस्तो हुन नसक्ने बताउँदै एमालेले सरकारमा रहँदा कोही बालबालिका अभिभाकबिहीन भएर सडकमा बस्नु नपर्ने जनाउनुभयो ।

 अध्यक्ष ओलीले भन्नुभयो, “मैले मुलुकको नेतृत्व गर्दा नेपाली जनता र युवामा नयाँ अनुभूति पाएको थिएँ । चीनसँग पारवहन सम्झौता गरिसकेको छांै । हामी सानो देश बेरिएका छौँ । दुवै देशबाट नाका खुलाएका छाँै । हामीले नेपालको विकासमा फरक ढंगले लैजान सक्नछौँ ।”

अब देशको तीव्र विकास संख्यात्मक नभई गुणात्मक तरिकाले गर्नुपर्ने उहाँको थियो । अध्यक्ष ओलीले शिक्षा प्रणालीमा केही समस्या रहेको र जिवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..