१४ मंसिर २०७९, बुधबार

जनसंगठनहरुको मधेश प्रदेश स्तरीय संयुक्त भेला सर्लाहीमा सम्पन्न

प्रकाशित मिति :  ८ बैशाख २०७९, बिहीबार ०५:१५



सर्लाही । नेकपा (एमाले) का सम्पूर्ण जनसंगठनहरुको मधेश प्रदेश स्तरीय संयुक्त भेला सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेश स्तरीय भेला सम्पन्न भएको हो । मधेस प्रदेशका नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं मधेस प्रदेशका सह–इञ्चार्ज प्रभु साहले भेलालाई सम्वोधन गर्दै स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशका सम्पूर्ण पालिकामा नेकपा (एमाले) लाई विजयी गराउन आ–आफ्नो ठाउँबाट सक्रिय रुपमा जुट्न २२ वटै जनसंगठनलाई निर्देशन दिनुभयो ।

‘पाँच दलको अपवित्र गठबन्धनले फैलाएको राजनीतिक गन्धबाट देशलाई मुक्त गर्न आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) लाई मतदान गर्न २२ वटै जनसंगठनले आम जनसमुदायलाई अपिल गर्न घरदैलोमा पुग्ने अठोट लिनुपर्छ,’ उहाँले भन्नुभयो । जन संगठनका अगुवाहरुले मधेश प्रदेशमा जनसंगठनहरुको अवस्था र जनसंगठनको चुनावी अभियानको रणनितीको बारेमा रिपोर्टिङ गरेका छन ।

सो कार्यक्रम गोडैता नगरपालिकाको नेपाली कांग्रेसका प्रभावशाली नेता श्यामबाबू साहको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ताले एमाले प्रवेश गरेका छन । नवप्रवेशीलाई नेता प्रभु साहले पार्टीमा स्वागत गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..