४ भाद्र २०७९, शनिबार

बागमती प्रदेश प्रचार डेस्क स्थापना

प्रकाशित मिति :  ८ बैशाख २०७९, बिहीबार १०:११


ललितपुर । नेकपा एमाले बागमती प्रदेश प्रचार विभाग र प्रेस चौतारी नेपालका बागमती, उपत्यका, एशोसियट र प्रतिष्ठान प्रदेशले संयुक्त रुपमा प्रचार डेस्क स्थापना गरेको छ ।
बैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर प्रचार डेस्क स्थापना गरिएको बागमती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिनुभयाे ।
डेस्क स्थापना गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले प्रचार डेस्कले प्रदेश भित्रका वडा वडा सम्मका पार्टी गतिविधिहरुलाई प्रचारमा ब्यवस्थित गरिने बताउनुभयाे ।
त्यस्तै, कार्यक्रममा नेकपा एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा एमालेको प्रचार शैली सभ्य, व्यवस्थित र आक्रामक हुने जानकारी दिनुभयाे ।
प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले सबै प्रदेशरुमा प्रेस चौतारीका कमिटीहरुले प्रचार डेस्क स्थापना गरिसकेका र अब पार्टीसँग मिलेर प्रचार गतिविधि अघि बढाइने जानकारी दिनुभयाे ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे, चौतारी बागमती प्रदेश कमिटी अध्यक्ष शरद सापकोटा, एशोसियट ईन्चार्ज समीर बलामी, प्रचार विभाग सदस्य ध्रुव घिमिरे लगायतको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..