४ जेष्ठ २०७९, बुधबार

सल्लाहकार परिषद्को बैठक : हाम्रो उद्देश्य देश बनाएरै छाड्ने हो : अध्यक्ष ओली

प्रकाशित मिति :  ८ बैशाख २०७९, बिहीबार १०:३६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा  ओलीले नेपाल गरीब हुनै नसक्ने देश भएको बताउनु भएको छ ।

पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको उद्देश्य देश बनाएरै छाड्ने बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘हाम्रो उद्देश्य यो देश बनाएर छाड्ने हो । यो देश गरीब हुन सक्ने देश होइन्। गरीब हुनै नसक्ने देश हो यो । हाम्रा पुर्खाहरुको हिसाबले यो पछाडि पर्नसक्ने देश होइन। यस्तो उर्वर, जिउँदो माटो, जिउँदो हावा भएको देश हो।’

माटो मृत भयो भने केही नहुने भन्दै बिरामी भएको माटोलाई उपचार गर्नुपर्ने अध्यक्ष ओलीको भनाई छ।

उहाँले भन्नुभयो ‘माटो मृत भयो भने त्यसमा केही हुँदैन। हाम्रो माटो जिउँदो माटो हो। माटो बिमारी होला त्यसको उपचार हुन्छ। आम रुपमा माटो स्वस्थ छ, त्यसको उपचार हुन्छ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..