२० मंसिर २०७९, मंगलवार

सचिवालय बैठक : पार्टी स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय, महानगर र उपमहानगरका प्रमुख—उपप्रमुखका उम्मेदवारको छनोट बैशाख १० गते

प्रकाशित मिति :  ८ बैशाख २०७९, बिहीबार १४:००



काठमाडौ । नेकपा (एमाले)को बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकमा पार्टीको ७४ औं स्थापना दिवस भब्य रुपमा मनाउने तयारीदेखि महानगर र उपमहानगरपालिकाका प्रमुख—उपप्रमुखका उम्मेद्वार छनोट सम्वन्धमा छलफल भएको थियो ।
पार्टी उपमहासचिव प्रदीप कुमार ज्ञवालीका अनुसार बैठकले शुक्रबार पार्टीको ७४ औं स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय गरेको छ । त्यस्तै बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेद्वारहरुको छनौटबारे छलफल शुरु भएको छ ।
जसअनुसार महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट बैशाख १० गते हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेद्वार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल भएको थियो ।
बैठकले सामान्यतया बिशेष अवस्था र सम्भावनालाई ख्याल गर्दै गण्डकी र लुम्बिनी प्रदेश सांसद्हरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो ।
सचिबालयको अर्को बैठक बैशाख १० गते बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..