२९ श्रावण २०७९, आईतवार

घोराहीको गौरवपूर्ण पाँच बर्ष
ग्याँस उत्पादन देखि सबै बस्तीमा सडक

प्रकाशित मिति :  ९ बैशाख २०७९, शुक्रबार ०७:०५


घोराही उपमहानगरपालिकाले विगत पाँचबर्षको कार्यकालमा उल्लेख्य काम गरेको छ । पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वाताबरण, कानुन, महिला बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रमा उल्लेख्य काम भएको छ । २०७४ सालमा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछिको कार्यकाल सकिँदा गौरव गर्न लायक काम भएका छन् ।

फोहोरबाट ग्यास
घोराहीमा गल्ने फोहोरबाट ग्यास उत्पादन थालिएको छ । १६ नम्वर वडाको करौंतीडाँडामा करिब २४ लाख रुपैयाँको लगानीमा बायोग्यास प्लान्ट स्थापना भएर उत्पादन थालेको हो । त्यसको जिम्मा नेपाल उर्जा विकास प्रा.लि. ले लिएको छ । प्रा.लि. का प्लान्ट म्यानेजर हरिष श्रेष्ठका अनुसार दैनिक २५० घन मिटर ग्यास उत्पादनको काम भइराखेको छ । विशेष गरेर उपमहानगरको वडा नम्वर १० र १६ का ४५० घरधुरीमा यसै वैशाखभित्र ग्यास पु¥याउने योजना छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।
फोहोरबाट ग्यास उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिने छ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने सम्झौता छ । संरचना निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता छ । सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ ।
उपमहानगरपालिका क्षेत्रबाट संकलित कुहिने फोहरबाट दैनिक एक हजार तीनसय किलो ग्यास र छ टन जैविक मल उत्पादन गरिने छ । फोहरलाई मोहर बनाउने कामको थालनी भएको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । उपमहानगरपालिकाले हिजोआज घर–घरबाट फोहर खरिद गर्ने गरेको छ । फोहरबाट पैसा आउन थालेपछि स्थानीय समेत खुसी छन् । उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन कपडा सूर्तीजन्य प्लाष्टिकको फोहर कापीसहित वर्गीकरणअनुसार फोहरलाई किलोको दुई रुपैयाँदेखि २० रुपैयाँसम्ममा खरिद गर्ने गरेको छ ।

तालैतालको नगर
कुनै समय वर्षको अधिकांश महिना सुक्खा हुने घोराही उपमहानगरपालिकाका गाउँबस्तीका वडाहरु अहिले हराभरा हुन थालेका छन् । स्थानीय सरकारको प्रयासमा गरिएको असल अभ्यासले सुख्खा जमीन सिंचित हुँदै गएका छन् भने ताल तलैया, जलाशयमा पानी भरिन थालेका छन् । बितेको करीव पाँचवर्षको अवधिमा घोराहीका केही वडा बाहेक सबै वडामा गरी कुल ४३ वटा ताल तलैया, जलाशय निर्माण गरिएको छ । यी ताल तलैया र जलाशयले घोराहीको विकास र समृद्धिमा आमूूल परिवर्तन ल्याउन कोशेढुंगा सावित हुुँदै गएको छ ।
पर्यावरण जोगाउन, कृषि क्षेत्रबाट नै आर्थिक उन्नति हासिल गर्न सकिन्छ भन्ने उद्देश्यलाई सार्थक बनाउन, बाह्रै महिना खेतबारीमा सिंचाई सुविधा पु¥याउन, रोजगारी सिर्जना गर्न, पर्यटन प्रवद्र्धन गर्नलगायत बहुुउपयोगी कामका लागि घोराही उपमहानगरपालिकाले पालिका स्तर, वडा स्तर, प्रदेश र संघसँगको सहकार्यमा बजेट व्यवस्थापन गरी झण्डै चारदर्जन ताल तलैया, जलाशय निर्माण गरी प्रयोगमा समेत ल्याई सकेको छ ।
घोराही उपमहानगरमा रहेका सीमसार क्षेत्र जोगाउन, आकाशको पानी सञ्चित गर्न र सिंचाई सुुविधा पुु¥याउन अति आवश्यक रहेका स्थानमा खोलाबाट बगेर यत्तिकै खेर गएको पानीलाई ड्यामको रुपमा विकास गरी जलाशय निर्माण गरिएको छ ।
स्थानीय सरकारको संस्थापक जनप्रतिनिधिका रुपमा काम गर्न थालेयता घोराही उपमहानगरका जनप्रतिनिधिको सक्रियताले उपमहानगरका सबै वडामा गरी करीव ९० बिगाहा क्षेत्रफलमा जलाशय निर्माण गरिएको नगर प्रमुख चौधरीको भनाई छ । जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेपछि र गाउँलेहरुका लागि रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो ।

सबै ठाउँमा सडक सञ्जाल
घोराही उपमहानगरपालिकाले बितेको पाँच वर्षमा सडक पूर्वाधारमा फड्को मारेको छ । हिजोका गोरेटा बाटा मोटर बाटोमा परिणत भएका छन् भने हिजोका कच्ची मोटर बाटाहरु अहिले पक्की बनेका छन् । जसले गर्दा बजार र गाउँको दुरी घटेको छ । स्थानीय तहको निर्वाचनपश्चात् घोराही उपमहानगरपालिकाले सडक पूर्वाधारलाई पहिलो प्राथमिकता राख्यो । जसले गर्दा अहिले देखिने गरी परिवर्तन भएको छ । गाउँ गाउँमा पक्की सडक पुगेर गाउँकै मुहार परिवर्तन भएको छ । ‘हाम्रो गाउँमा कहिले पिच बाटो बन्ला र ? भन्ने लागेको थियो । तर, अहिले पिच बाटो आयो’, नन्नी विकले भन्नुभयो, ‘बाटो आयो । त्यसपछि भाइरल रोडको नाम पायो । हामीले पनि काम पायौं ।’
नन्नी विकले सडक भाइरल भएकै कारण मानिसहरु हेर्न आउन थालेपछि सडक किनारमा पसल थाप्नु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १०, ११ र १२ अन्तर्गत पर्ने नारायणपुर–नारेबाङको सडक नमुना बनेको छ । अर्काे सडक सर्रा–सौडियारको सडक पनि नमुना बनेको छ । सडक पूर्वाधार विकासमा उपमहानगरपालिकाको समन्वय र लगानीमा छोटो अवधिमा धेरै उपलब्धि भएको महसुस नगरबासीले गरेका छन् । पाँच वर्षको अवधिमा घोराहीभित्र १३९ दशमलव ८९ किलोमिटर सडक कालोपत्रे भएको छ । यो घोराही उपमहानगरपालिकाको स्रोतबाट बनेको सडक कालोपत्रेको तथ्यांक हो । स्थानीय नागरिकको मागको आधारमा नयाँ सडक निर्माण गरिएको छ । पाँच वर्षको अवधिमा १५२.३२ किलोमिटर सडक नयाँ बनाइएको छ । अब वडा नम्बर १ देखि १९ सम्म शहरदेखि गाउँबस्ती जोड्ने सडक सञ्जाल बनाइएको छ ।

१९ वटै वडामा आधारभूत स्वास्थ्य सेवा
घोराही उपमहागरपालिकामा ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीति अनुसार सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । घोराही उपमहानगरपालिकाले प्रथम नगरसभाबाट नै ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीति नै पारित गरेर प्रत्येक वडामा स्वस्थ्य सेवा पु¥याउने लक्ष्य लिएको थियो ।
सोही अनुसार उपमहानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा घोराहीका १९ वटै वडामा स्वास्थ्य सेवा पुगिसकेको छ । सबै स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले सेवा दिइरहेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । घोराहीमा १९ वटा वडा रहे पनि अहिले २३ वटा स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छन् । स्वास्थ्य शाखा प्रमुख घर्तीका अनुसार उपमहानगरका नागरिकको स्वास्थ्यका लागि छ वटा स्वास्थ्य चौकी, दुईवटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, १४ वटा सहरी स्वास्थ्य केन्द्र र एकवटा संस्थागत परिवार नियोजन क्लिनिक स्थापना गरिएको छ । उक्त २३ वटा स्वास्थ्य केन्द्रबाट अहिले घोराहीका नागरिकले स्वास्थ्य सेवा लिइरहेका छन् । जसले गर्दा नागरिक पनि खुशी छन् । गाउँगाउँका खुलेका स्वास्थ्य केन्द्रहरुको सेवाप्रवाहपछि नागरिकहरु खुसीमात्रै भएका छैनन्–स्वास्थ्य केन्द्रप्रति उनीहरुको विश्वास पनि बढेको छ ।
घोराही उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएका परिवारलाई राहत वितरण गरेको छ । कोभिडबाट मृत्यु भएका एक जनालाई ५० हजार रुपैयाँका दरले ८० जना भन्दा बढीलाई राहत स्वरुप ५०÷५० हजार रुपैयाँ दिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिकाले स्वास्थ्य केन्द्रको स्थापना मात्र नभई नागरिकको स्वास्थ्यका लागि अन्य थुप्रै कार्यक्रम गरेको छ । ७० वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँचसँगै उपचार गर्ने कार्यक्रम घोराहीले गर्दै आइरहेको छ । सुत्केरी आमा र नवजात शिशुलाई स्वस्थ बनाउन उपमहानगरपालिकाले उक्त कार्यक्रम लागू गरेको हो ।
सुत्केरी अवस्थामा पोसिलो खानेकुरा नपाउँदा आमा र शिशुको स्वास्थ्यमा समस्या उत्पन्न हुन नदिनका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके वचत कार्यक्रम ल्याइएको उपप्रमुख सीता सिग्देल न्यौपानेले बताउनुभयो ।
यस कार्यक्रमअन्तर्गत गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म चारपटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएको र सरकारी स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई उपमहानगरले दुई हजार ८०० रुपियाँ खुत्रुकेमा जम्मा गरिदिने गरेको छ । यस कार्यक्रमबाट धेरै आमाहरु लाभान्वित भएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिनुभयो ।
यस्तै उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा, सिकलसेल एनिमिया अभियान कार्यक्रम, भान्सा सुधार कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य जाँच कार्यक्रम, आयुर्वेद औषधि खरिद, नगरप्रमुख रक्त सञ्चारलगायत कार्यक्रम गर्दै आइरहेको छ ।

उपमहानगरपालिकाले अहिलेसम्म ६० बर्ष माथिका १५ हजार ३३ जना जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच, औषधी बितरण र परामर्श दिएको छ । त्यसैगरी, ७११ जनाको सिकलसेल एनिमियाको निःशुल्क जाँच गरेको छ भने १८९ जनाको मोतिया बिन्दुको निःशुल्क अप्रेशन गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सामुदायिक विद्यालय भरिभराउ

घोराही उपमहानगरपालिका नगरको शैक्षिक विकासका लागि योजनाबद्ध रुपमा लागेको छ । उपमहानगरपालिकामा जनप्रतिनिधि आएसँगै उनीहरुको ध्यान सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधारतर्फ गएपछि नगरमा देखिने गरी शैक्षिक सुधार भएको छ । सामुदायिक विद्यालयमा आएको शैक्षिक सुधारले अभिभावकहरु खुसी मात्र भएका छैनन्–निजी विद्यालयका अभिभावकहरुसमेत धमाधम सामुदायिक विद्यालयमा सन्तानलाई भर्ना गराइरहेका छन् ।
जनप्रतिनिधि आएपछि विद्यार्थी अनुपातमा शिक्षक दरवन्दी मिलान गरेर शिक्षालाई गुणस्तरीय बनाउने प्रक्रिया सुरु गरेको हो । घोराही उपमहानगरपालिकाले शिक्षक दरबन्दी मिलान गरेर सामुदायिक विद्यालयलाई व्यवस्थित गरेको छ । एक शिक्षक बराबर ४० विद्यार्थी हुनुपर्ने आधार बनाएर काम गरेको छ नगर प्रमुख नरुलाल चौधरीले भन्नुभयो, –‘हामी आउँदा शिक्षा अस्तव्यस्त भएको झैं लाग्यो र कारण खोज्दै जाँदा विद्यार्थी हुने ठाउँमा शिक्षक नहुने र शिक्षक हुने ठाउँमा विद्यार्थी हुने देखेपछि दरबन्दी मिलानको कार्य बिधि बनाएर जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने अबधारण लागु गर्यांै ।’
अहिले विद्यार्थीहरु सामुदायिक विद्यालयमा भरिभराउ भएका छन् । उपमहानगरले जहाँ विद्यार्थी त्यहाँ शिक्षकलाई पठाएर शिक्षण क्रियाकलाप अगाडि बढाएको महाशाखा प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । उपमहानगरपालिकाभित्रका कक्षा ६ देखि माथिका छात्रालाई महिनावारी भएको समयमा घरमा बस्न नपरोस् विद्यालयमै सहज तरिकाबाट प्याड प्रयोग गरेर अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विद्यालयमा प्याड वितरण सुरु गरेको छ ।
बालमैत्री उपमहानगर
बालबालिकाका अधिकार सुरक्षित गर्न घोराही उपमहानगरलाई बालमैत्री घोषणा गरिएको छ । बालमैत्री उपमहानगर घोषणा गर्ने तयारीका साथ विभिन्न अभियानहरु सञ्चालन गरिएको छ । बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहार, यातना जस्ता गलत अभ्यासहरुको अन्त्य गर्दै सबै बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईको पहुँचमा पु¥याउन बालमैत्री स्थानीय शासनले सहयोग पु¥याउँछ ।
बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई बालबालिका भनिन्छ । शारीरिक, मानसिक र संवेगात्मकरुपमा विकासवान् उमेर भएकाले बालबालिकालाई विशेष स्याहार र संरक्षणको आवश्यकता हुन्छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार “बालमैत्री शासन” विना भेदभाव, बालबालिकाको सर्बोत्तम हित, सर्वाङ्गीण विकास र सहभागिताको सिद्धान्तमा आधारित भै बालअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र परिपाटी हो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति हो । यसले स्थानीय तहलाई बालबालिकाको हीतमा योजना तर्जुमा, स्रोतको विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन जस्ता कार्य गर्न सघाउँछ । टोल विकास संस्था, बाल क्लव, आमा समूह, स्वयंसेविकाजस्ता समुदायमा क्रियाशील संयन्त्र पनि सक्रियतापूर्वक लागिपरेको घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख एवं बालमैत्री फोकल पर्सन मोती विश्वकर्माले बताउनुभयो ।

बलियो घर घोराहीको प्राथमिकतामा
घोराही उपमहानगरपालिका वडा नम्वर १३ स्थित नवराज बुढालाई भूकम्पको डर छैन, किनभने उहाँले भूकम्प प्रतिरोधी घर बनाउनुभएको छ । २०७४ सालमा उहाँले दुईतले घर बनाउनुभएको हो । २०७२ सालमा गएको भूकम्पका कारण नेपालमा भएको जनधनको क्षतिबाट तर्सेर नै उहाँको रोजाई भूकम्प प्रतिरोधी घर बनेको हो ।
‘घर बनाउने भन्ने कुरा जीवनमा पटक–पटक बनाउने भन्ने हुँदैन्, बलियो र सुरक्षित घरका लागि भूकम्प प्रतिरोधी नै बनाएको हो’, बुढाले भन्नुभयो, ‘अब प्राकृतिक प्रकोपसँग डराउनुपर्दैन ।’ सामान्य भन्दा भूकम्प प्रतिरोधी घर बनाउँदा केही बढी रकम लाग्ने भए पनि सुरक्षित महसुस हुने उहाँले बताउनुभयो ।
सोही ठाउँका डिल्लीबहादुर पुन पनि सुरक्षित घर बनाएर खुसी हुनुहुन्छ । गाउँका केही घरहरुमध्ये आफूले पनि भूकम्प प्रतिरोधी घर बनाएको बताउनुभयो । दुःख गरी कमाएको पैसाले बलियो काम गरौं भनेर घर बनाउँदा भूकम्प प्रतिरोधी घर बनाएको उहाँले बताउनुभयो । यसबाट आफूलाई सुरक्षित घर बनाएको छु भनेर ढुक्क महसुस भएको उहाँको भनाइ छ ।
१० वर्ष अगाडिसम्म फाटफुट मात्रामा भूकम्प प्रतिरोधी घर निर्माण हुने गरेको घोराही उपमहानगरपालिकाको तथ्याङ्कले पनि यही देखाउँछ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०६९÷२०७० मा १५ वटा मात्र भूकम्प प्रतिरोधी घरहरु बनेका छन् । त्यसयता भने भूकम्प प्रतिरोधी घरहरुको संख्या थपिएको छ । सरोकारवाला तथा स्थानीय सरकारको चासोको विषय बनेकाले पनि नागरिकहरु उत्साहित भएका हुन् । यसका लागि घोराही उपमहानगरपालिकाले बलियो घर बनाउने विषयमा नीति कार्यक्रममै समावेश गरेको थियो ।
आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा उपमहानगर क्षेत्रभित्र बलियो घर सुरक्षित घर निर्माण अभियान सञ्चालन गर्ने र नक्सापास नगरी घर बनाउनेलाई कारबाही गरिने नीति लिइने छ भन्ने बँुदा समेटिएको छ ।
आर्थिक अवस्था कमजोर भएका दुर्गम क्षेत्रका नागरिकहरुले भूकम्प प्रतिरोधी घर निर्माण गर्न चाहेमा निःशुल्क नक्सापासको व्यवस्था गरिएको छ । एनसेटसँगको सहकार्यमा डकर्मीलाई तालिम दिने गरिएको छ । ‘रेक्टोफिटमा निःशुल्क नक्सापास र घर बनाउँदा लाग्ने छडलगायतका सामग्रीका लागि छुटको आग्रह गरिदिने गर्दछांै’, नगरप्रमुख चौधरीले भन्नुभयो ।
घोराही उपमहानगरपालिकामा दुई हजार ५१९ वटा भूकम्प प्रतिरोधी घर छन् । प्रत्येक वर्ष भूकम्प प्रतिरोधी घर निर्माण गर्नेक्रम बढ्दो रहेको घोराही उपमहानगरपालिकाका प्रमुख इञ्जिनियर युवराज पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षमा २९६ वटा घरको जग खन्नका लागि सिफारिस दिइएको छ । तीमध्ये साउन महिनादेखि हाल यो समाचार तयार पार्दासम्म १९७ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् ।
सडक मानवमुक्त घोराही
सडक मावनको संख्या बढेपछि घोराही उपमहानगरपालिकाले यो विषयलाई गम्भीरताका साथ लियो । ‘घोराही उपमहानगरपालिकाभित्र यस्ता सडक मावन हुनुहुँदैन भन्ने हामी चाहन्थ्यौं’, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले भन्नुभयो, ‘घोराहीलाई सडक मावनमुक्त बनाउन अभियान चलाउनुपर्छ भन्ने सोच्यौं । विभिन्न सामाजिक संघसंस्थासँग सहयोग माग्यौं ।’ घोराही उपमहानगरपालिकाले सडक मावनमुक्त बनाउने योजना अघि बढाएपछि त्यस क्षेत्रमा काम गरिरहेका निलसागर सेवा आश्रम, मानव कल्याण समाज र पे्ररणाका लागि नेपाल जस्ता सामाजिक संघसंस्था हात बढाउन अघि सरे । २०७६ सालको पुस महिनादेखि निलसागर सेवा आश्रम नामक संस्थाले घोराहीमा पहिलो पटक मानवमुक्त गर्ने अभियानको थालनी गर्दै घोराहीमा सडक मावनहरुको उद्धार कार्य सुरु भयो । अन्ततः ०७६ सालको फागुन १६ गते घोराहीलाई सडक मावनमुक्त उपमहानगर घोषणा गरियो । यी संघसंस्थाबाट गरी घोराहीबाटमात्रै अहिलेसम्म १५० भन्दा बढी सडक मावन उद्धार भएका छन् ।
खेलकुदको विकासमा फड्को
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार घोराही–१६ करौंतीडाँडाको उत्तरतर्फ गत आर्थिक वर्षमा मात्रै तीन करोड भन्दा बढीको एक बिगाहा २८ कठ्ठा जग्गा रंगशाला निर्माणका लागि खरिद गरिएको छ । जहाँ पहिलै झन्डै साढे छ बिगाहा जति क्षेत्रफलको सार्वजनिक जग्गा थियो । अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि उक्त जग्गा मात्रै पर्याप्त नहुने भएपछि उपमहानगरपालिकाले थप डेढ बिगाहा जति जग्गा खरिद गरेपछि करिब आठ बिगाहा क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको ‘नेत्रलाल स्मृति’ रंगशाला निर्माणको योजना बनाइएको छ ।
गुरुयोजना अनुसार रंगशालाभित्र फुटबल मैदान, स्वीमिङ पुल, विभिन्न इन्डोर गेमहरु, खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचना निर्माण गर्नेगरी लुम्विनी प्रदेश विकास प्राधिकरणले डिपीआर तयार पारेको छ ।
प्रदेश सरकारले तत्कालका लागि तारबार तथा पर्खाल लगाउन टेन्डरगरी एक करोड रुपैयाँ बजेट समेत बिनियोजन गरिसकेको छ । अब थप विकासका लागि संघीय सरकालाई अनुरोध गर्ने योजना प्रदेश सरकारको रहेको छ । सम्बन्धित मन्त्रालयबाट स्वीकृति प्राप्त हुनासाथ रंगशाला निर्माणका लागि टेन्डर आह्वान हुने प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।
त्यस्तै घोराहीले वडा नं. १७ गुलरियामा पनि क्रिकेट मैदानका लागि एक करोड सात लाख रुपैयाँमा सात कठ्ठा जग्गा किनेको छ । गुलरियाको सार्वजनिक जग्गा रहेपनि नगरले थप जग्गा खरिद नगर्दासम्म क्रिकेट मैदान बनाउन समस्या हुने देखिएपछि स्थानीय सरकार आएपछि सात कठ्ठा जग्गा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिनुभयो । ११० मिटर लम्बाई र ८० मिटर चौडाइको खेल मैदानको वरिपरि तालजाली लगाइएको छ । उपमहानगरपालिकाले यो वर्ष उक्त मैदानको संरक्षण तथा विकासका लागि दश लाख रुपैया बजेट बिनियोजन गरेको छ । अघिल्ला वर्षहरुमा पनि नगरले बजेट छुट्याउँदै आएको केसीले जानकारी दिनुभयो ।
पछिल्लो समय स्थानीय पालिकाहरुले हरेक वडामा खेल मैदानको विकास गरेका छन् । ‘एक वडा, एक खेल मैदान’ को रणनीतिका साथ खेल मैदान निर्माण हुनुले पनि खेलकुद प्रतिको आकर्षण बढेको घोराहीका खेल संयोजक तथा वडा नं. १८ का वडाध्यक्ष भरत अर्यालले बताउनुभयो ।
घोराहीका १९ वडाहरुमध्ये सबैमा खेल मैदान तयार भइसकेको अर्यालले जानकारी दिनुभयो । पहाडी क्षेत्रका वडाहरुमा भलिवल मैदान र तराई क्षेत्रका अधिकांश वडाहरुमा फुटबल मैदान र केहीमा क्रिकेट मैदान पनि निर्माण गरिएको उहाँले बताउनुभयो ।

८३ वटा कानुन बने

घोराही उपमहानगरपालिका आफूलाई काननु निर्माणमा अब्बल सावित गरेको छ । संविधानले निर्देश गरेको अधिकार प्रयोग गरी समयमै कानुन निर्माण गरेर घोराही अब्बल सावित भएको हो ।
नीतिको अभावमा छताछुल्ल हुने प्रवृत्तिको अन्त्य गरेको मात्रै छैन, कानुन निर्माणका साथै कर्मचारी व्यवस्थापन गरी बेतिथिरहित उपमहानगरपालिकाका रुपमा आफ्नो परिचय बनाएको छ । करार र प्राविधिक कर्मचारी व्यवस्थापनका लागि ‘करार कर्मचारी व्यवस्थापन कार्यविधि–२०७५’ जारी गरेको छ । जुन कार्यविधि भन्दा बाहिर गएर आवश्यकता पुष्टि नभएको अवस्थामा थप व्ययभार व्यहोर्नेगरी कुनै पनि विभागमा कर्मचारी भर्ना नगरेको उपमहानगरपलिकाले जनाएको छ । यो कार्यविधिलाई सुशासनकै प्रकियाका रुपमा नगरबासीले हेरेका छन् ।
मुलतः स्थानीय तहका कानुन भन्नाले ऐन, नीति, नियमावली, कार्यविधि, मापदण्ड तथा निर्देशिकालाई बुझ्नु पर्नेछ । घोराही उपमहानगरपालिकाको दशौं नगरसभासम्म यस्ता स्थानीय तहका कानुन ८३ वटा निर्माण भइसकेका छन् । पहिलो स्थानीय कानुन भनेको घोराही उपमहानगरपालिका (कार्यसम्पादन) नियमावली तथा घोराही उपमहानगरपालिका कार्यपालिका बैठक सञ्चालन कार्यविधि—२०७४ हो ।
सामुदायिक पशुचौपायाको सफल व्यवस्थापन
घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा आएका गाईगोरुको उचित व्यवस्थापन गर्न सफल भएको छ । गाउँघरबाट छोडिएका गाईगोरु बजार आएपछि दुर्घटनाको जोखिमसँगै सुन्दरतामा समेत कुरुपता आएपछि उपमहानगरपालिकाले ति गाईगोरुलाई उचित व्यवस्थापन गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ चाक्लीघाटमा गोठ बनाएर ति गाईगोरुलाई व्यवस्थापन गरिएको छ । चाक्लीघाटकै स्थानियलाई रेखदेख गर्ने जिम्मेवारी उपमहानगरले दिएको छ । मासिक आर्थिक सुबिधा दिने गरी तीनजनालाई गाईगोरुको हेरालुकारुपमा राखिएको छ । ति हेरालुले हिजोआज झण्डै तीनसय गाईगोरुलाई चराउन जंगल लैजाने र ल्याउने गर्दै आएका छन् । बजार क्षेत्र घोराही, नारायणपुर, गोग्ली लगायतका क्षेत्रमा छोडिएका पशु चौपायाहरुलाई ट्रकमा राखेर बेलदमा सम्म पु¥याएर त्यहाँदेखि स्थानियले धपाउँदै चाक्लीघाटसम्म लग्ने गरेका छन् । गाउँघरमा गाईले दूध दिँदासम्म र गोरुले जोत्न सक्ने बेलासम्म पाल्ने त्यसपछि बजारमा ल्याएर छोड्ने प्रबृत्ति देखिएको छ । जनप्रतिनिधिहरु आएपछि ति सामुदायिक गाईगोरुको उचित व्यवस्थापनका लागि विभिन्न विकल्पहरु सोच्दै गर्दा चाक्लीघाटमा लगेर व्यवस्थापन गर्ने टुंगोमा पुगिएको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।
जेष्ठ नागरिक सम्मान
घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुको सम्मानका लागि सबै वडामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण थालेको छ ।
अहिले आधा दर्जन वडाहरुमा ति सेवा केन्द्रहरु बनिसकेका छन् । घोराही उपमहानगरलिका १५ उत्साह टोलमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्र जेष्ठ नागरिकको मन भुलाउने माध्यम बनेको छ ।
उनीहरू सामूहिक रूपमा बसेर आफ्ना सुख दुःखसमेत साट्ने गरेका छन् । जसले उनीहरूको पीडासमेत भुलाउने गरेको जेष्ठ नागरिकहरू बताउँछन् ।
६३ वर्षीया दुर्गा भण्डारीलाई छोरा जागिरे भएपछि घरमा एक्लै समय बिताउनुपर्ने भयो । दिनभर आफूसँगै भलाकुसारी गरिदिने कोही भएन । एक्लोपनले दिनभर सताउँथ्यो । दिनहरू निकै अत्यासलाग्दा थिए । ज्येष्ठ नागरिक दिवा केन्द्र स्थापना भएपछि भने उहाँ नियमित केन्द्रमा आउन थाल्नुभएको छ । त्यसैले घोराही–१५ स्थित ज्येष्ठ नागरिक दिवा केन्द्र अहिले ज्येष्ठ नागरिकका लागि साझा बन्न पुगेको छ ।
घोराही उपमहानगरपालिको पाँच लाख रुपैयाँमा निर्मित दिवा केन्द्रमा दैनिक ३५ देखि ७० जनासम्म ज्येष्ठ नागरिक भेला हुने गरेको दिवा सेवा केन्द्र सञ्चालक समितिले जनाएको छ ।
जेष्ठ नागरिकहरूले बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म दिवा केन्द्रमै बिताउने गरेका छन् । सेवा केन्द्रमा एक अर्कासँग भलाकुसारी कथा व्यथा सुनाउने, भजनकृतन गर्ने, नाच गान, धर्मग्रन्थ पढ्ने र बेलुकी घर फर्किने उनीहरूको दिनचर्या नै बन्न पुगेको छ ।
वडा नम्बर १५ मा मात्रै हैन अहिले वडा नम्बर १४ को सब्जीमण्डी र वडा नम्बर १७ मा यस्तै जेष्ठ नागरिक दिवा सेवा केन्द्र बनाइएको छ । बुवाआमाको सम्मान र उहाँहरुलाई दिन विताउन सहज होस भनेर यस्ता केन्द्रहरु निर्माण हुँदै गएको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले बताउनुभयो । यति मात्रै हैन, वडा कार्यालयहरुले बार्षिक रुपमा जेष्ठ नागरिकहरुलाई पौष्टिक तत्व सहितका खानेकुरा, न्यायो कपडा, छाता र लठ्ठीहरु प्रदान गर्दै सम्मान गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..