१७ आश्विन २०७९, सोमबार

नेकपा (एमाले)को निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

प्रकाशित मिति :  ९ बैशाख २०७९, शुक्रबार ०९:४६


काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमामा आयोजित कार्यक्रमका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

नेकपा एमालेले तयार गरेको घोषणापत्रले सुशासन, विकास र समृद्धि समाजवादको आधारलाई प्राथमिकतामा राखेको छ । घोषणा पत्रमा अघिल्लो स्थानीय निर्वाचनदेखि हालसम्मको राजनीतिक विष्लेषण गरिएको छ ।

घोषणा पत्रमा माओवादीसँगको एकता र भंग हुनुका कारण केलाउनुको साथै अबको कार्यदिशा पनि तय गरिएको छ । दोस्रो खण्डमा केपी शर्मा ओलीको सरकारले सुरु गरेको र सम्पन्न गरेका विकास र समृद्धिका विभिन्न आयोजनाहरुको संक्षिप्त विवरण उल्लेख गरिएको छ ।

तेस्रो खण्डमा उमालेले जितेका स्थानीय तहहरुले गरेका राम्रा कामहरुकोे बुँदागत रुपमा चर्चा गरिएको छ । अन्तिम खण्डमा आगामी कार्यकालमा गरिने कामका प्रतिवद्धताहरु २२ वटा बुँदामा समेटिएको छ । पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..