एमालेको नयाँ केन्द्रीय कार्यालय उद्घाटन (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमका बिच पार्टी कार्यालय भवनको उद्घाटन गर्नुभएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो । शुभारम्भ गरेसँगै अब बल्खुमा नयाँ भवन नबनेसम्म सम्पुर्ण काम यसै भवनबाट हुने अध्यक्ष ओलीले बताउनुभयो ।
थापाथलीबाट पार्टी कार्यालय सरेको र अब च्यासलबाटै सञ्चालन हुने एमालेले जनाएको छ ।





