२९ श्रावण २०७९, आईतवार

लक्की शेर्पा र धर्मदत्त देवकोटा लगायत माओवादी नेताहरू एमालेमा प्रवेश

प्रकाशित मिति :  ९ बैशाख २०७९, शुक्रबार १०:४७


काठमाडौं । नेकपाको स्थापना दिवसकै अवसर पारेर आज माओवादी केन्द्रीय सदस्य तथा सहकारी बिभाग प्रमुख धर्मदत्त देवकोटा, अष्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत तथा संबिधानसभा सदस्य लक्की शेर्पा सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ । उहाँहरु दुवै जना माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

यस्तै लेखनाथ नगरपालिकाका पूर्वमेयर सालिकराम पौडेलसहित सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीलगायतका चर्चित नेताहरु पनि एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित बिशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..