१५ मंसिर २०७९, बिहीबार

प्रचार प्रसारलाई व्यवस्थित ढङ्गले लैजाने योजना

प्रकाशित मिति :  १० बैशाख २०७९, शनिबार १४:२९


भैरहवा । आसन्न स्थानिय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन नेकपा एमालेले प्रचार प्रसारलाई व्यवस्थित ढङ्गले लैजाने योजना बनाएको छ ।
प्रचार प्रसारलाई प्रभावकारी रुपले व्यवस्थापन गर्न, गराउन सके जनताले मतदान गर्दा सहजता हुने निश्कर्ष निकाल्दै बुटवलमा शनिबार सम्पन्न प्रचार विभागको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बुटवलमा प्रदेश र जिल्ला प्रचार डेस्क स्थापना पछि बैठक बसेको हो ।
बैठकमा प्रचार विभागका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिदैं एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले एक पालिका एक प्रचार डेस्क गराउने र आसन्न निर्वाचनमा एमालेका उम्मेदवारलाई निर्वाचनमा जित प्राप्त गर्न सघाउने गरी काममा खटिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य शेर बहादुर के.सी, रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थी,प्रेस चौतारीका केन्द्रिय सचिव प्रदीप आचर्य, चौतारीका पुर्व केन्द्रिय सचिव भरत के.सी, जिल्ला प्रचार विभागका उपप्रमुख तथा चौतारीका केन्द्रिय सदस्य अमृत गिरी लगायतले बोल्दै प्रचारलाई अति ब्यवस्थित बनाउने बताउनुभयो ।
बैठकमा प्रचार विभाग प्रदेश सदस्य दिनेश पाण्डे, चौतारीका केन्द्रिय सदस्य मिलन गाहा , चौतारीका प्रदेश महासचिव निरु गौतम, चौतारी जिल्ला अध्यक्ष लक्ष्मण पौडेल लगायतले प्रचार विभागको कामलाई निर्वाचनको समयमा प्रभावकारी ढंगले व्यवस्थापन गर्नुपर्ने बताएका बताउनुभयो ।
जिल्ला प्रचार बिभाग सचिब नरेश केसीका अनुसार बैठकले प्रेस चौतारी रुपन्देही जिल्ला कमिटीले हरेक पालिकामा खटाएका सदस्यहरुलाई समन्वय गर्नेगरी हरेक पालिकामा प्रचार विभागले पालिका स्तरीय प्रचार डेस्क संयोजक चयन गर्ने र सोहि संयोजकले जिल्ला प्रचार डेस्कमा हरेक दिनको गतिविधी अपडेट गराउनेगरी निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..