२० मंसिर २०७९, मंगलवार

महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवार बनाउने निर्णय

प्रकाशित मिति :  ११ बैशाख २०७९, आईतवार ०४:०६


काठमाडौं । अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले आसन्न स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकमा उम्मेद्वारको निर्णय गरेको छ।

पार्टीका तर्फबाट निम्नानुसार कमरेडहरुलाई प्रमुख र उपप्रमुखका उम्मेदवार बनाएको छ ।

जस अनुसार काठमाडौँ महानगरपालिकामा प्रमुख– केशव स्थापित उपप्रमुख– सुनिता डंगोल ललितपुर महानगरपालिकामा प्रमुख– हरिकृष्ण व्यञ्जनकार उपप्रमुख– मञ्जली शाक्य बज्राचार्य पोखरा महानगरपालिकामा प्रमुख– दीपक पौडेल उपप्रमुख– मञ्जु देवी गुरुङ भरतपुर महानगरपालिकामा प्रमुख– विजय सुवेदी वीरगञ्ज महानगरपालिकामा प्रमुख– विजय सरावगी उम्मेदवार बन्नु भएको छ ।

त्यस्तै इटहरी उपमहानगरपालिकामा प्रमुख– यमकुमार सुब्बा र उपप्रमुख– संगीता चौधरी धरान उपमहानगरपालिकामा प्रमुख– मञ्जु भण्डारी र उपप्रमुख पदम लिम्बु हेटौंडा उपमहानगरपालिकामा प्रमुख– अनन्त पौडेल र उपप्रमुख सुमित्रा काफ्ले कलैया उपमहानगरपालिकामा प्रमुख विनोद साह बुटवल उपमहानगरपालिकामा प्रमुख बाबुराम भट्टराई र उपप्रमुख सावित्रादेवी अर्याल तुल्सीपुर उपमहानगरपालिकामाप्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी घोराही उपमहानगरपालिकामा प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमा डीसी नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पशुपतिदयाल मिश्र र उपप्रमुख शान्तिदेवी ढकाल धनगढी उपमहानगरपालिकामा प्रमुख रणबहादुर चन्द र उपप्रमुख चन्द्रकला राना थारु उम्मेदवार बन्नु भएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..