१५ मंसिर २०७९, बिहीबार

एमालेबाट काठमाडौंमा उम्मेदवारी दर्ता, दोब्बर मत ल्याएर जित्छु : स्थापित

प्रकाशित मिति :  १२ बैशाख २०७९, सोमबार ०८:३५


काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराएको छ ।

पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सभासद् तथा पूर्व मेयर केशव स्थापितले उमेदवारी दर्ता गराउनुभएको छ । यस्तै उपमेयरमा सुनिता डंगोलले उमेदवारी दर्ता गराउनुभएको छ । उहाँ पूर्व मिस नेवा हुनुहुन्छ ।

काठमाडौं महानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचन एमालेले अत्यधिक मतका साथ जितेको थियाे । एमालेबाट विद्यासुन्दर शाक्य मेयर बन्नुभएको थियो ।

आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारबाट मनोनयन दर्ता जारी छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय निर्वाचन आयोगले दलहरुलाई उपलव्ध गराएको छ ।

दोब्बर मत ल्याएर जित्छु : केशव स्थापित

यसैबीच नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने बताउनु भएकाे छ ।

उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले आफ्नो उम्मेदवारी दर्तासँगै गठबन्धनको गेम ओभर भएको बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..