पोखरा : मेयरमा थापा र उपमेयरमा गुरूङको उम्मेदवारी

कास्की । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराउनु भएकाे छ ।
मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरूङले सोमबार मनोनयन दर्ता गराउनु भएकाे हाे ।
पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले आज बिहान राजीनामा दिनु भएकाे थियाे ।