१७ मंसिर २०७९, शनिबार

खाता खाेल्याे एमालेले : से-फोक्सुन्डो गाउँपालिका लगायतमा एमाले उम्मेदवार निर्विरोध

प्रकाशित मिति :  १२ बैशाख २०७९, सोमबार १४:४५


काठमाडाै । डोल्पा जिल्लाको से-फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धावासम्डुक लामा,सोही गापाका वडानम्बर १, का वडाध्यक्ष जिक्मेछोइङ लामा,३ मा पेमागिर्मे गुरुङ, ५ मा कार्मातार्के गुरुङ, ६ मा रिग्जिन गुरुङ, ७ मा पेमाछिरिङ गुरुङ र ९ मा सार्के लामा सहित अन्य सस्दस्यहरु निर्बिरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी डोल्पाकै छार्काताङ्सोङ गाउँ पालिकाको उपाध्यक्षमा पनि एमाले उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ ओलाङचुङगोलामा एमालेका वडाध्यक्ष उम्मेदवार छेतेन शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..