१७ मंसिर २०७९, शनिबार

बाजागाजासहित उम्मेदवारी

प्रकाशित मिति :  १२ बैशाख २०७९, सोमबार १७:१९


इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का यामकुमार सुब्बा र उपप्रमुखमा संगीता चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
बाजागाजासहितको ¥याली निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गरिएको हो ।
यसैगरी वडाध्यक्षहरूमा वडा नम्वर १ मा विजय राई, वडा नम्वर २ मा माधव कोइराला, वडा नम्वर ३ मा उमेश सुवेदी, वडा नम्वर ४ मा भक्त लामाले मनोनयन दर्ता गर्नुभएको छ । वडा नम्वर ५ मा भिष्म घिमिरे, वडा नम्वर ६ मा उमेश पौडेल, वडा नम्वर ७ मा देवनारायण चौधरी, वडा नम्वर ८ मा अरुण चौधरी, वडा नम्वर ९ मा जितेन्द्र थापा, वडा नम्वर १० मा अवधेश चौधरी, वडा नम्वर ११ मा केशव प्रसाद कोइराला, वडा नम्वर १२ भुवनराज पोख्रेल, वडा नम्वर १३ मा शिवनारायण चौधरी, वडा नम्वर १४ मा दुखीलाल चौधरी, वडा नम्वर १५ मा जयनारायण चौधरीले उम्मेदवारी दिनुभएको छ ।
एमालेको तर्फबाट वडा नम्वर १६ मा तेजनारायण चौधरी, वडा नम्वर १७ मा प्रभात आचार्य, वडा नम्वर १८ मा रामकुमार चौधरी, वडा नम्वर १९ मा श्रीनारायण चौधरी र वडा नम्वर २० मा राजकुमार राईले उम्मेदवारी दिनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..