२६ श्रावण २०७९, बिहीबार

रूपन्देहीका सबै पालिकामा उल्लासमय मनोनयन

प्रकाशित मिति :  १२ बैशाख २०७९, सोमबार १८:१५


बुटवल । स्थानीय निर्वाचनका लागि एमालेले देशैभरि उम्मेदवारी दर्ता गराएको छ । कतिपय ठाउँमा एमालेका उम्मेदवार निर्विरोध समेत भएका छन् ।
नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै र हरेक पालिका र वडामा गरेका कामको सूचि र अब गर्ने कामको प्रतिवद्धता लिएर एमाले उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।
विगतमा निर्वाचित स्थानीय सरकारहरूले अति आवश्यक भौतिक पूर्वाधारको काम सम्पन्न गरेका छन्, समृद्धिको आधारशीला खडा गरेका छन् र केही नौला प्रयासको थालनी गरेका छन् । अब नेकपा एमालेको आर्थिक विकासको एजेन्डालाई प्रमुख रूपमा अघि बढाउँदै आत्मनिर्भर अर्थतन्त्र विकास गरी सामाजिक न्याय सहितको विकास मार्फत जनतालाई सेवा सुविधा प्रदान गर्ने विषयमा ध्यान केन्द्रित गर्दै एमालेका उम्मेदवारहरू चुनावमा प्रस्तुत हुनुभएको छ ।
स्थानीय तह विकास र समृद्धिको आधार भूमि हो । यो क्षेत्र नेपालको आर्थिक विकासका लागि ठूुलो क्षेत्र हो । नेकपा एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई साकार पार्नका लागि एमालेकै निरन्तरताको खाँचो छ ।


यही लक्ष्यका साथ रूपन्देहीमा एमालेका उम्मेदवारहरूले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन् । रुपन्देहीमा रहेका बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका सहित अन्य १० वटा गाउँपालिकामा एमालेले मनोनयन दर्ता गराएको छ ।
एमालेकै निरन्तरता
देशकै प्रमुख चासोको केन्द्र रहेको बुटवलमा एमालेबाट प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । हालका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, कार्यपालिका सदस्यहरूसहित हजारौं कार्यकर्ताको मनोबल अझ उँचो बनाउन मनोनयन दर्ता गराउने क्रममा उम्मेदवारको साथ एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका केन्द्रीय नेताहरू समेत सहभागी हुनुहुन्थ्यो ।
बुटवलमा उम्मेदवारी दर्ताका लागि राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री, लुम्बिनी प्रदेशका सहइन्चार्ज लिला गिरी, बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं रुपन्देहीका सहइन्चार्ज शिवराज सुवेदी, संविधासभा सदस्य तथा नेकपा एमालेका अनुशासन आयोग उपाध्यक्ष नेत्र पन्थीलगायतका नेताहरू निर्वाचन कार्यालयमा पुग्नुभएको थियो ।
यस्तै एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरका उपप्रमुख तथा एमाले रुपन्देहीका सहइन्चार्ज गुमादेवी आचार्य, एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष तेजेन्द्र केसीलगायतका नेताहरू हजाारौं समर्थक कार्यकर्तासहित निर्वाचन कार्यालय परिसरमा पुगेर उम्मेदवारहरूलाई शुभकामना दिनुभयो ।
बुटवलमा अहिले समृद्धिका आधार तयार पार्ने, सहरी विकास गुरुयोजनासहितको आवधिक र दीर्घकालीन योजना तयार पार्ने, नगर शिक्षा योजना बनाउने र शैक्षिक गुाण्स्तर विकासका लागि महत्वपूर्ण योजना तयार पारेर कार्यान्वयन भइरहेका छन् ।
सूचि प्रवाह जरूरी
पलिकाहरूमा उम्मेदवारी दर्ताका लागि उम्मेदवारसंगै पुगेका केन्द्रीय नेताहरूले एमालेको नेतृत्वमा भएका रुपान्तरणका कामको सूचि बनाएर जनतामा जान आग्रह गरेका छन् ।
रुपन्देहीसहित यसक्षेत्रका सबै पालिकामा एमालेको अगुवाईमा भएका सफल प्रयास र नौला कामको सूचि बनाउने र नयाँ कामको प्रतिवद्धता लिएर मतदातामा सहज र पारदर्शी तरिकाले प्रस्तुत हुन आग्रह गरिएको छ ।
‘अरुले जस्तो कुनै भ्रम, बनावटी कुरा र जालझेलको सहारा एमालेलाई जरूरी छैन, एमालेको अगुवाईमा मुलुकमा भएका कामको सूचि लिएर मतदातामा जानुस् र नम्र भएर प्रस्तुत हुनुस्’ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेलले एमालेका उम्मेदवारहरूलाई भन्नुभयो–एमाले जनताको मन मनमा छ, त्यो मतमा प्रकट गराउने काम गर्नुस् ।’
बुटवलमा प्रमुख, उपप्रमुख सहित १९ वटा वडामा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ता गराएको एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी दिनुभयो ।
‘अहिलेका जनप्रतिनिधिले अगाडि सारेको सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासी बनाउने लक्ष्य र आधारलाई निरन्तरता दिंदा नै बृहत र भव्य बुटवल बन्न सक्ने छ’ अध्यक्ष ज्ञवालीले भन्नुभयो ।
निरन्तरता र प्रभावकारिता
उम्मेदवारी दर्ताका लागि एमालेका उम्मेदवारहरूका पक्षमा सबै वडाबाट जुटेका समर्थकहरू र केन्द्रीय नेताहरू सामू बुटवलमा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराउनुभएका नेता बाबुराम भट्टराईले बुटवलको समृद्धिका लागि तय भएका आधारहरूलाई साकार पार्ने र नौला प्रयासको निरन्तरता र प्रभावकारितासंगै केही नवीन कामको थालनी गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बुटवलको पहिचान बढाउँदै समृद्ध बुटवल, खुशी बुटवलबासीको लक्ष्य हासिल गर्न सबैलाई समेटेर योजना तय गर्ने र कार्यान्वयनका लागि पनि उपयुक्त कार्यक्रम बनाउने एमालेका उम्मेदवारहरूको साझा प्रतिवद्धता छ ।
शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका माध्यमबाट बुटवलको विकास गर्न सकिने प्रशस्त आधार रहेको र तिनै आधारलाई साकार पार्नेगरी कार्यक्रम बनाएर अगाडि बढ्ने प्रमुखका उम्मेदवार भट्टराईको भनाइ छ ।
उपप्रमुखमा उम्मेदवारी दर्ता गराउँदै महिला अगुवा तथा एमाले केन्द्रीय सदस्य सावित्रा अर्यालले स्थानीय पालिकामा प्राप्त संवैधानिक अधिकारको कार्यान्वयन गर्दै मुलुककै सभ्य र समुन्नत बुटवल बनाउने काममा केन्द्रित रहने प्रतिवद्धता जनाउनुभयो ।
सैनामैनाको जग बसाल्नेको निरन्तरता
सैनामैनामा प्रमुखका लागि चित्रबहादुर कार्की र उपप्रमुखका लागि बिना रानाले उम्मेदवारी दर्ता गराउनुभयो ।
समृद्ध सैनामैनाको जग बसाल्ने सफल जनप्रतिनिधिका रूपमा कार्की स्थापित हुनुहुन्छ ।
सबै वडाबाट कार्यकर्ताहरूको समर्थनको ¥यालीसहित एमालेका नेताहरू उम्मेदवारी दर्ताका लागि कार्यालयमा पुग्नुभएको थियो ।
त्यसक्रममा नेताहरूले समृद्ध सैनामैनाको जग बसालेको भन्दै कार्की र रानाको नेतृत्वमा चलिरहेका योजना साकार पार्न सकिने बताउनुभएको थियो । ११ वटा वडा रहेको सैनामैनामा एमालेले यसअघि दुईवटा बाहेक सबै वडामा जितेको थियो ।
एमालेको अगुवाईमा समृद्ध सैनामैनाको आधार तयार भएको छ । भूउपयोग योजना बनाउने, सहरी विकासको खाका बनाउने, कृषि क्षेत्रको सबलीकरण गर्ने दीर्घकालीन सोंचसहितको कामको थालनी एमालेबाटै भएको एमाले सैनामैनाका अध्यक्ष चेतनारायण न्यौपानेले बताउनुभयो ।
सत्तारुढ दल होऊन वा अरु कोही जतिसुकै गठबन्धन गरेर आएपनि जनतामा जाने प्रष्ट नारा, भिजन र उपयुक्त नेतृत्व केबल एमालेमा मात्रै रहेको उल्लेख गर्दै नेता न्यौपानेले मुलुकको मुहार फेर्ने भनेकै एमालेले हो भन्ने कुरा जनताले प्रष्ट बुझेको दाबी गर्नुभयो ।
जोश र उत्साह
यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेबाट मोहन चापागाईंले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमाले प्रदेश कमिटी सदस्य र सफल पत्रकारसमेत रहुनुभएका युवा नेता चापागाइँलाई विकासको प्रष्ट भिजन भएको नेताका रूपमा लिइन्छ ।
तिलोत्तमा नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउँदै युवा नेता चापागाइँले तिलोत्तमाको पहिचान बढाउने र अझ नयाँ नयाँ कार्यक्रमका योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
यसैगरी उपप्रमुखका उम्मेदवार जगेश्वरदेवी चौधरीले तिलोत्तमाको शानलाई अझ माथि उठाउने प्रतिवद्धता जनाउँदै एक सुन्दर सहरका रूपमा विकास गरिने बताउनुभयो ।
तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी ८७ जनाको उम्मेदवारी दर्ता गरिएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिनुभयो ।

सिद्धार्थनगरमा पाका र युवा जोशको संयोजन
सिद्धार्थनगरमा एमालेबाट प्रमुखमा डा.रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
डा.बस्याल समाजसेवी तथा पाका राजनीतिज्ञ मानिनुहुन्छ । उहाँको पाकोपना र अधिकारीको युवा जोशको संयोजन गर्दै एमालेले यसपाली सिद्धार्थनगरको कायापलट गर्ने सोंच बनाएको नगर कमिटी अध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो ।
सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउँदै डा बस्यालले सिद्धार्थनगरको मुहार फेर्ने जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
डा.बस्याल एमाले सिद्धार्थनगरका पूर्व सहसचिव र पाका तथा सादगी नेता हुनुहुन्छ । अधिकारी महिला अगुवा, सफल नेता र एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर सहइञ्चार्ज हुनुहुन्छ । एमालेले १३ वटै वडाध्यक्ष र सदस्यहरूमा पनि उम्मेदवारी दिएको छ ।
देवदहको मुहार फेर्ने क्षमतासहितको उम्मेदवारी
देवदह नगरपालिकामा एमालेका तर्फबाट मेयरमा ध्रूबराज खरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
शएमालेका पाका, अनुभवी र शालिन नेताका रूपमा रहनुभएका नेता खरेललाई विकासको प्रष्ट भिजन भएको नेताका रूपमा लिइन्छ ।
उहाँले देवदहको मुहार फेर्नेगरी योजनाबद्ध कामको थालनी गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
‘देवदहको प्रमुखकका रूपमा जिम्मेवारी बहन गर्न पाउँदा यहाँका जनताले धेरै नै रुपान्तरणको अनुभूति गर्नुहुनेछ’ प्रमुखका उम्मेदवार खरेलले भन्नुभयो–देवदहको मुहार फेर्ने जिम्मेवारी हामीले पूरा गर्नेछौं ।’
देवदहमा यसअघि उपप्रमुखको सफल कार्यकाल निर्वाह गर्नुभएकी युवा नेतृ तथा अनुभवी महिला अगुवा विद्यालक्ष्मी गुरुङले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । देवदहको मुहार फेर्नेगरी उम्मेदवार तय गरेर सबै वडाहरूमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएको एमालेका नेता प्रकाश अर्यालले जानकारी दिनुभयो ।

प्रस्तुती : अमृत गिरी



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..