१४ मंसिर २०७९, बुधबार

कनकाईलाई उत्कृष्ट बनाउने पोखरेल

प्रकाशित मिति :  १३ बैशाख २०७९, मंगलवार ०८:४१


सुरुङ्गा कहिल्यै बन्द हुदैन भन्ने उपनामबाट सुपरिचित कनकाई नगरपालिकाको सामाजिक सद्भाव र एकता जसरी देशभरि नै उदाहरणीय बनेको छ त्यसरी नै यो नगरपालिकाले साच्चैकै उदाहरणीय नगरप्रमुख पनि पायाे ।
जनताका दुःख नै आफ्ना दुःख रहेको अनुभूति गर्ने नगरप्रमुख राजेन्द्र पोखरेलको जन्म खोटाडको खार्पामा पिता गणेश पोखरेल र माता देवीमाया पोखरेलको जेठो छोराको रुपमा वि.सं. २०२१ साल मंसिर १५ गते भएको थियो । जामुनवारी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएका पोखरेलले कनकाई मा.वि., सुरुडाबाट २०३६ सालमा एस. एल.सी. उत्तीर्ण गर्नुभएको थियो । वि.सं. २०३८ सालमा त्रिचन्द्र क्याम्पसमा स्व.वि.यू.सदस्यको रुपमा निर्वाचित भएर राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलले विभिन्न भातृसंगठन र पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आफ्नो राजनैतिक यात्रालाई निरन्तरता दिईरहनु भएको छ ।
विज्ञान विषयमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका पोखरेलले वर्षौदेखि राजनैतिक र सामाजिक क्षेत्रको प्रतिनिधित्व गरी समाजको शैक्षिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रको सकारात्मक परिवर्तन र विकासमा अनवरत योगदान र नेतृत्व प्रदान गरेको कुलीन परिवारमा जन्मिएका पोखरेलले पनि आफ्नो जीवनको उर्वर समय सामाजिक विकास र राजनैतिक परिवर्तनमा खर्चिरहनु भएको छ ।
उहाँले कनकाई नगरपालिकाको नगरप्रमुख भएर जिम्मेवारी सम्हालेपछि यस नगरलाई नेपालकै उत्कृष्ट नगरको रुपमा परिणत गर्न निम्न कार्यहरु गर्नुभएको छ ः
पहिलो विद्युत चुहावट नियन्त्रण नगरको रुपमा घोषणा ।
सामाजिक सद्भाव र सामाजिक एकताका प्रतिक पृथ्वीनारायण शाहको शालिक निर्माण ।
कोभिडको समयमा आफू आमाको आसोज बारेर बसेका समयमा पनि दिनभरि पानी पनि नखाई कोभिडका बिरामीका घर घरमा डाक्टर, औषधी, अक्सिजन प्लान्ट र पौष्टिक आहार सहितको टोली लिएर गई सेवा प्रदान गरेको ।
जिल्लामै पहिलो पटक युरोपियन स्तरको अक्सिजन प्लान्टको उत्पादनको लागि उद्योग स्थापना भएको ।
मजदुरलाई मालिक बनाउन श्रमिक स्वावलम्वन कंक्रिट उद्योगको स्थापना गर्नुको साथै मजदुर सहकारीको स्थापना गरी नगरभित्रका हरेक क्षेत्रका मजदुर सहकारीको सदस्य बन्न पाउने व्यवस्था गरी उनीहरु विरामी वा अंगभंग भएमा उपचार, क्षतिपूर्ति र बीमाको व्यवस्था गरिएको ।
नदी नियन्त्रण तटबन्धन तथा प्राकृतिक विपत्तिको समयमा घाम, पानी, झरी वा वर्षा केही नभनी मजदुर सँगसँगै वा विपद् व्यवस्थापन समिति सँगसँगै मिलेर काम गरेको ।
सरकारले जनता आवास कार्यक्रमको अवधारणा ल्याउनु र लागू गर्नु अघि नै कनकाई नगरपालिकामा मेयर आवास योजनाको अवधारणा ल्याई विभिन्न सहयोगी संस्थाहरुसँगको समन्वयमा हालसम्म ३६५ वटा घर निर्माण भईसकेको र ९५ वटा निर्माणको क्रममा रहेको ।
आफ्नो पारिश्रमिकको एकवर्षको तलबले ज्येष्ठ नागरिकको भवन निर्माणमा सहयोग गरेको, अर्को एकवर्षको तलब मजदुर हितकोषमा खर्च गरेको र बाँकी तीन वर्षको तलब अक्सिजन प्लाट निर्माणमा खर्च गरेर उदाहरणीय कार्य गरेको ।
नगरपालिकामा ठूलो रकम खर्च गरेर नयाँ साधन खरिद नगरी पुरानै साधनबाट काम चलाएर नगरलाई मितव्ययी बनाउन प्रयास गरेको ।
कनकाई नगरको नेतृत्वमा अन्य दुईबटा पालिकासँग समन्वय गरेर खेर गईरहेको र वातावरण प्रदुषित गर्ने फोहोरलाई व्यवस्थित र प्रशोधन गरी जैविक मल र वायो ग्यास उत्पादनको अन्तिम चरणमा पुगेको ।
कनकाईको शान बन्द निषेधित क्षेत्र झल्कने स्मारक निर्माण गरेको ।
शिक्षामा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनको तहमा गएको ।
कनकाई नगरपालिकाका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म पढ्ने सबै विद्यार्थीलाई हाउस डेसको व्यवस्था गर्नुका साथै कक्षा १ मा पढ्ने सबै विद्यार्थीलाई झोलाको समेत व्यवस्था मिलाईएको ।
वन मन्त्रालयसँग भोगाधिकार प्राप्त गरी करिब डेढ विगाह क्षेत्रफलमा कृषि बजार सञ्चालन र व्यवस्थित गर्ने कार्यप्रक्रिया अघि सरेको ।
सेवा प्रवाहमा शुन्य सहनशिलताको नीति अवलम्बन गरी सोही अनुसार सेवा प्रवाह गरिँदै आएको कारण कसैको गुनासो वा उजुरी सुन्नु नपरेको ।
उपभोक्ताबाट सम्पन्न गरिने योजना तथा कार्यक्रमको सम्झौता वडामा नै गरिने व्यवस्था मिलाइएको ।
नगरपालिकाको कार्यसम्पादन चुस्त दुरुस्त बनाउन संविधानले दिएको अधिकार प्रयोग गरी पाँचवर्षको कार्यकालमा ११ वटा ऐन, २७ वटा कार्यविधि, तीनवटा निर्देशिका, दुईवटा नियमावली र एक एकवटा कार्यदिशा र आचारसंहिता गरी जम्मा ४५ वटा ऐन, कार्यविधि, निर्देशिका तथा नियमहरु बनाईएको ।
नगरपालिका क्षेत्रभित्र ३९.५ कि.मी. सडकको मापदण्डसहित कालोपत्रे बनाएको, १० कि.मी. सडकमा व्लक विछ्याउने काम भएको र नगरपालिका क्षेत्रभित्रका अधिकांश सडकमा उच्चस्तरीय ग्रावेल गरी हिले सडकलाई विस्थापित गरेको ।
नगरक्षेत्र भित्रका सुकुम्वारी तथा अव्यवस्थित वसोबासको व्यवस्थापन गर्न तथ्याडक संकलन गरी नाम नक्सा सहित अन्तिम चरणमा पुगेको ।
कोभिडबाट मृत्यु भएका ४४ परिवारलाई जनही २० हजार रुपियाँका दरले राहत उपलब्ध गराइएको ।
नगरपालिकाको अगुवाईमा विभिन्न संस्था र व्यक्तिहरुको सहकार्यमा कनकाई नगरमा पिसिआर ल्यावको स्थापना लगायत थुप्रै उल्लेखनीय काम कनकाई नगरपालिकामा ५ वर्षको कार्यकालमा सम्पन्न भएका छन् ।
यसका अतिरिक्त सबैभन्दा महत्वपूर्ण पक्ष कनकाई नगरपालिकाका कुनै पनि जनप्रतिनिधिले बेरुजु फर्यौट गर्नु नपरेको र आर्थिक अपारदर्शिताको आक्षेपको सामना गर्नु नपरेकाले आर्थिक रूपमा पनि नगरपालिकाको नेतृत्व र नगरप्रमुखको स्वच्छताको उचाई बढेको सर्वसाधारणको भनाई रहेको छ ।
उत्कृष्ट नगर घोषणा
नगरप्रमुखको नेतृत्वमा भएका यिनै महत्वपूर्ण कामको मूल्याडकन गर्दै नेपाल सरकार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना तथा प्रविधिको माध्यमबाट सेवा प्रवाह गर्ने प्रदेश १ को पहिलो पालिका र ७५३ पालिकामध्ये सातौं स्थान प्राप्त गर्ने नगरपालिकाको रुपमा घोषणा तथा सम्मान गरेको छ ।्
यसैगरी नेपाल नगरपालिका महासंघको मूल्याड्कनका आधारमा गत वर्ष यस नगरपालिकालाई वित्तीय अनुशासन, राजस्व परिचालन र पूर्वाधार विकासतर्फ तीनवटा विधामा उत्कृष्ट नगरपालिका सहित सम्मान गरेको थियो ।
यसैगरी स्थानीय तह कार्यसम्पादन मूल्याड्कनको आधारमा गत आ.ब. मा ७७.७५ प्रतिशत अंक प्राप्त गरी झापा जिल्लाको उत्कृष्ट नगरको रुपमा घोषणा भएको थियो भने आ.व. २०७६र०७७ मा ६९.२५ प्रतिशत अंक प्राप्त गरी जिल्लाको उत्कृष्ट दोस्रो स्थान प्राप्त गरेको थियो ।

-साबित्रा दहाल, झापा



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..