२ भाद्र २०७९, बिहीबार

मनाङको नार्फाभूमीमा एमालेका उपाध्यक्ष र वडाध्यक्ष निर्विरोध

प्रकाशित मिति :  १३ बैशाख २०७९, मंगलवार १०:२३


चामे । मनाङमा नेकपा (एमाले) नार्फाभूमी गाउँपालिका उम्मेदवार मिङ्मा फुजुङ लामा निर्विरोध निर्वाचित हुनुभएको छ । गाउँपालिका उपाध्यक्ष पदमा एकल उम्मेदवारी परेपछि लामा निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यस्तै जिल्लाकै मनाङनिशान गाउँपालिका वडा नं. ३ मा वडाध्यक्ष कृष्ण लामालगायत सबै सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..