मुस्ताङमा चार वडाध्यक्षसहित एमालेका आठ जना उम्मेदवार निर्विरोध निर्वाचित

मुस्ताङ । मुस्ताङमा नेकपा एमालेले स्थानीय निर्वाचनमा खाता खोलेकाे छ । घोक्कर गाउँपालिका वडा १ मा अध्यक्ष पदमा टाँसी डेन्डुक ठकुरी, वडा ३ मा झ्याङ तेन्जिङ गुरुङ र वडा ४ मा झ्याङ दाङ खोताङ गुरुङ निर्विरोध निर्वाचित भएसँगै मुस्ताङमा एमालेले खाता खाेलेकाे हाे ।
निर्वाचन कार्यालयका अनुसार धरप गाउँपालिका वडा ५ मा प्रदीप थकाली र वडा सदस्य आईतबहादुर थकाली निर्विरोध निर्वाचित हुनुभएको छ । सोही गाउँपालिकामा वडा १ मा वडा सदस्य मनि विक, वडा २ मा अनिता घतानी र बुद्ध ज्वाप्चङ निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।