३ भाद्र २०७९, शुक्रबार

पाल्पामा एमालेको दुई महिला उम्मेदवार निर्विरोध

प्रकाशित मिति :  १३ बैशाख २०७९, मंगलवार १०:४३


तानसेन । पाल्पामा नेकपा एमालेबाट दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुबै महिला निर्विरोध निर्वाचित हुनुभएको हो ।

पूर्वखोला गाउँपालिका–२ जाल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नम्बर ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित हुनुभएको पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..